Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

सहकारीका अध्यक्षसहित पच्चिस जनाविरुद्ध १३ करोड रुपैयाँको बिगो दाबी

खबरडबली संवाददाता

म्याग्दी । कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना आरोपमा अध्यक्ष यामबहादुर रोकासहित २५ जनाविरुद्ध एक अर्ब १३ करोड रुपैयाँ बिगो दाबी गर्दै जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत म्याग्दीमा अभियोजन बुझाएको छ ।

सहकारी रजिस्ट्रार कार्यालय पोखराको चलानी नं.४१२ मिति २०८१ माघ १८ गतेको पत्रका आधारमा प्रहरीले थालेको अनुसन्धानपछि बिहीबार म्याग्दी जिल्ला अदालतमा सरकारी वकिल कार्यालयले अभियोगपत्र बुझाएको जिल्ला सरकारी वकिल कार्यालय म्याग्दीका जिल्ला न्यायाधिवक्ता गोविन्द उपाध्यायले जानकारी दिए । 

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम दर्ता भएको अभियोगपत्रका विषयमा आइतबारदेखि थुनछेक बहस सुरु हुने जिल्ला अदालत म्याग्दीका सूचना अधिकारी डिल्लीराम पौडेलले जानकारी दिए । बिहीबार अबेर अदालतमा अभियोगपत्र दर्ता मात्र भएकाले आउने आइतबारदेखि थुनछेक बहस सुरु हुने उनको भनाइ छ ।

अभियोगपत्रमा कुमारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका वर्तमान र पूर्वसञ्चालक समितिका पदाधिकारी, सदस्य, लेखा र ऋण समितिका संयोजक तथा सदस्यलाई विपक्षी बनाइएको छ । २०८१ माघ १८ गते सहकारी रजिस्ट्रार कार्यालयको पत्रानुसार २०८१ माघ २० गते बेनी नगरपालिका–१ का ३६ वर्षीय राजकुमार थापासहित पाँच जनालाई प्रहरीले गिरफ्तार गरेको थियो भने फागुन ७ गते थप एक जनालाई प्रहरीले गिरफ्तार गरेको थियो । मङ्गला गाउँपालिका–३ का वडाध्यक्ष एवं सहकारीका वर्तमान अध्यक्ष यामबहादुर रोकासहित १९ जना फरार रहेको प्रहरीले स्रोतले जनाएको छ । अनुसन्धान प्रभावित हुने भनेर फरार रहेकाको नाम सार्वजनिक नगरिएको जिल्ला न्यायाधिवक्ता उपाध्यायले जानकारी दिए ।

बेनी नगरपालिका–१ का थापाले सहकारीको १७ करोड ५८ लाख ६३ हजार ४२६ रुपियाँ हिनामिना गरेको प्रहरी अनुसन्धानको दाबी छ । त्यसै गरी सहकारीका पूर्वप्रबन्धक जलजला गाउँपालिका–३ का ५३ वर्षीय रुद्र गुरुङले १३ करोड ५९ लाख ४८ हजार छ सय नौ रुपियाँ अपचलन गरेको प्रहरी अनुसन्धानको दाबी छ । प्रहरीले गरेको अनुसन्धान अनुसार बेनी नगरपालिका–१ की ४९ वर्षीय देवीकुमारी थापाले तीन करोड ७१ लाख चार हजार छ सय एकतिस रुपियाँ र रघुगङ्गा गाउँपालिका–५ का ६७ वर्षीय मनप्रसाद थजालीले पाँच करोड ८२ लाख ६६ हजार सात रुपियाँ हिनामिना गरेको उल्लेख छ । अन्नपूर्ण गाउँपालिका–७ का ६६ वर्षीय थमबहादुर गर्बुजाविरुद्ध चार करोड ५५ लाख ९४ हजार २२७ र बेनी नगरपालिका–४ का ३७ वर्षीय लोकबहादुर पुनले दुई करोड १० लाख ४६ हजार ४४ हिनामिना गरेका छन् । 

प्रहरीले छ जनालाई गिरफ्तार गरिसकेको छ भने १९ जना फरारको सूचीमा रहेका छन् । फरार रहेकाले पनि ५२ लाख ९३ हजारदेखि सात करोड ४४ लाख रुपियाँसम्म अपचलन गरेको प्रहरीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

प्रहरी अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा दर्ता गरेको अभियोजनमा सहकारीका सञ्चालक समिति तथा अन्य उपसमितिमासमेत दबाब दिई समितिका पदाधिकारीलाई बाध्यात्मक स्थिति सिर्जना गराएर सहकारी संस्थालाई नियन्त्रणमा राखि गलत लेखा परीक्षण गराई झुठा प्रतिवेदन सार्वजनिक गर्ने गरेको उल्लेख छ । अनधिकृत रूपमा कारोबार सञ्चालन गर्ने, सहकारीको रकम अपचलन गरी आफ्नो नाममा निजी सम्पत्ति खरिदबिक्री गरी गैरकानुनी लाभ लिएको अनुसन्धानबाट खुलेको उल्लेख गरिएको छ ।

चार हजारभन्दा बढी सदस्यको कारोबार गराई सीमित व्यक्तिहरूलाई मात्र सेयर सदस्य प्रदान गरी सहकारीको रकमबाट लाभ लिन जीवन बिमा गराई सहकारीको रकम हिनामिना गर्ने जस्ता कार्य गरेको उल्लेख छ । त्यस्तै आफूहरूको ऋणको दायित्व भुक्तानी नगरी आम्दानी हिनामिना गराउने, ब्याज छुट खर्च लेखी रकम हिनामिना गर्ने जस्ता कर्य गरेको अभियोजनमा उल्लेख भएको जिल्ला अदालतले जनाएको छ ।

सहकारी ऐन–२०७४ तथा सहकारी नियमावली–२०७५ र संस्थाको विनियमविपरीत कार्य गरेको तथा सङ्गठित रूपमा सहकारीमा निक्षेप रहेको सेयर तथा बचत रकम नेपाल सरकारको राजस्व आपराधिक लाभ उठाएको दाबी गरिएको छ । सहकारी संस्थाका वर्तमान अध्यक्ष तथा मङ्गला गाउँपालिका–३ का वडाध्यक्ष यामबहादुर रोकालगायत २५ जनाले एक अर्ब १३ करोड ३३ लाख ९९ हजार ३० रुपियाँ पूर्ण रूपमा हिनामिना एवं अपचलन गरेको अभियोगपत्रमा उल्लेख गरिएको छ । 

सुरुमा सहकारीमा रकम अपचलन भएकाले छानबिन गर्न भन्दै अध्यक्ष रोका आफैँले सहकारी रजिस्ट्रार कार्यालयमा उजुरी दिएको जानकारी प्राप्त भएको छ तर उहाँ आफैँ पनि अपचलनमा संलग्न रहेकाले पछिल्लो २५ दिनदेखि वडामा सदस्यलाई कार्यवाहक दिएर सम्पर्कविहीन हुनुभएको छ । गाउँपालिकाको सम्पर्कमा वडाध्यक्ष नरहेको र कार्यवाहक दिएको व्यक्तिसँग पनि सम्पर्कमा नरहेको पालिकाले जनाएको छ ।   

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

पिकअपभ्यानसहित १७६ किलो गाँजा बरामद, चालक पक्राउ

पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...

एमालेमा कुनै पक्ष–विपक्ष छैन, जित–हार पार्टीकै हुन्छ: श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...

सर्लाहीको उखुबारी आगलागी पीडित किसानलाई तत्काल राहत माग

सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...

‘पेलेको युग सकियो, एमालेमा अब मेस्सी जन्मिँदैछन्’ : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...

एमाले तोड्ने चाहना कहिल्यै सफल हुँदैन : बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...

मतदानस्थलमै प्यानल बाँडफाँड, एमाले महाधिवेशनमा तीव्र प्रचार

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending