Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

सहकारीका अध्यक्षसहित पच्चिस जनाविरुद्ध १३ करोड रुपैयाँको बिगो दाबी

खबरडबली संवाददाता

म्याग्दी । कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना आरोपमा अध्यक्ष यामबहादुर रोकासहित २५ जनाविरुद्ध एक अर्ब १३ करोड रुपैयाँ बिगो दाबी गर्दै जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत म्याग्दीमा अभियोजन बुझाएको छ ।

सहकारी रजिस्ट्रार कार्यालय पोखराको चलानी नं.४१२ मिति २०८१ माघ १८ गतेको पत्रका आधारमा प्रहरीले थालेको अनुसन्धानपछि बिहीबार म्याग्दी जिल्ला अदालतमा सरकारी वकिल कार्यालयले अभियोगपत्र बुझाएको जिल्ला सरकारी वकिल कार्यालय म्याग्दीका जिल्ला न्यायाधिवक्ता गोविन्द उपाध्यायले जानकारी दिए । 

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम दर्ता भएको अभियोगपत्रका विषयमा आइतबारदेखि थुनछेक बहस सुरु हुने जिल्ला अदालत म्याग्दीका सूचना अधिकारी डिल्लीराम पौडेलले जानकारी दिए । बिहीबार अबेर अदालतमा अभियोगपत्र दर्ता मात्र भएकाले आउने आइतबारदेखि थुनछेक बहस सुरु हुने उनको भनाइ छ ।

अभियोगपत्रमा कुमारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका वर्तमान र पूर्वसञ्चालक समितिका पदाधिकारी, सदस्य, लेखा र ऋण समितिका संयोजक तथा सदस्यलाई विपक्षी बनाइएको छ । २०८१ माघ १८ गते सहकारी रजिस्ट्रार कार्यालयको पत्रानुसार २०८१ माघ २० गते बेनी नगरपालिका–१ का ३६ वर्षीय राजकुमार थापासहित पाँच जनालाई प्रहरीले गिरफ्तार गरेको थियो भने फागुन ७ गते थप एक जनालाई प्रहरीले गिरफ्तार गरेको थियो । मङ्गला गाउँपालिका–३ का वडाध्यक्ष एवं सहकारीका वर्तमान अध्यक्ष यामबहादुर रोकासहित १९ जना फरार रहेको प्रहरीले स्रोतले जनाएको छ । अनुसन्धान प्रभावित हुने भनेर फरार रहेकाको नाम सार्वजनिक नगरिएको जिल्ला न्यायाधिवक्ता उपाध्यायले जानकारी दिए ।

बेनी नगरपालिका–१ का थापाले सहकारीको १७ करोड ५८ लाख ६३ हजार ४२६ रुपियाँ हिनामिना गरेको प्रहरी अनुसन्धानको दाबी छ । त्यसै गरी सहकारीका पूर्वप्रबन्धक जलजला गाउँपालिका–३ का ५३ वर्षीय रुद्र गुरुङले १३ करोड ५९ लाख ४८ हजार छ सय नौ रुपियाँ अपचलन गरेको प्रहरी अनुसन्धानको दाबी छ । प्रहरीले गरेको अनुसन्धान अनुसार बेनी नगरपालिका–१ की ४९ वर्षीय देवीकुमारी थापाले तीन करोड ७१ लाख चार हजार छ सय एकतिस रुपियाँ र रघुगङ्गा गाउँपालिका–५ का ६७ वर्षीय मनप्रसाद थजालीले पाँच करोड ८२ लाख ६६ हजार सात रुपियाँ हिनामिना गरेको उल्लेख छ । अन्नपूर्ण गाउँपालिका–७ का ६६ वर्षीय थमबहादुर गर्बुजाविरुद्ध चार करोड ५५ लाख ९४ हजार २२७ र बेनी नगरपालिका–४ का ३७ वर्षीय लोकबहादुर पुनले दुई करोड १० लाख ४६ हजार ४४ हिनामिना गरेका छन् । 

प्रहरीले छ जनालाई गिरफ्तार गरिसकेको छ भने १९ जना फरारको सूचीमा रहेका छन् । फरार रहेकाले पनि ५२ लाख ९३ हजारदेखि सात करोड ४४ लाख रुपियाँसम्म अपचलन गरेको प्रहरीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

प्रहरी अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा दर्ता गरेको अभियोजनमा सहकारीका सञ्चालक समिति तथा अन्य उपसमितिमासमेत दबाब दिई समितिका पदाधिकारीलाई बाध्यात्मक स्थिति सिर्जना गराएर सहकारी संस्थालाई नियन्त्रणमा राखि गलत लेखा परीक्षण गराई झुठा प्रतिवेदन सार्वजनिक गर्ने गरेको उल्लेख छ । अनधिकृत रूपमा कारोबार सञ्चालन गर्ने, सहकारीको रकम अपचलन गरी आफ्नो नाममा निजी सम्पत्ति खरिदबिक्री गरी गैरकानुनी लाभ लिएको अनुसन्धानबाट खुलेको उल्लेख गरिएको छ ।

चार हजारभन्दा बढी सदस्यको कारोबार गराई सीमित व्यक्तिहरूलाई मात्र सेयर सदस्य प्रदान गरी सहकारीको रकमबाट लाभ लिन जीवन बिमा गराई सहकारीको रकम हिनामिना गर्ने जस्ता कार्य गरेको उल्लेख छ । त्यस्तै आफूहरूको ऋणको दायित्व भुक्तानी नगरी आम्दानी हिनामिना गराउने, ब्याज छुट खर्च लेखी रकम हिनामिना गर्ने जस्ता कर्य गरेको अभियोजनमा उल्लेख भएको जिल्ला अदालतले जनाएको छ ।

सहकारी ऐन–२०७४ तथा सहकारी नियमावली–२०७५ र संस्थाको विनियमविपरीत कार्य गरेको तथा सङ्गठित रूपमा सहकारीमा निक्षेप रहेको सेयर तथा बचत रकम नेपाल सरकारको राजस्व आपराधिक लाभ उठाएको दाबी गरिएको छ । सहकारी संस्थाका वर्तमान अध्यक्ष तथा मङ्गला गाउँपालिका–३ का वडाध्यक्ष यामबहादुर रोकालगायत २५ जनाले एक अर्ब १३ करोड ३३ लाख ९९ हजार ३० रुपियाँ पूर्ण रूपमा हिनामिना एवं अपचलन गरेको अभियोगपत्रमा उल्लेख गरिएको छ । 

सुरुमा सहकारीमा रकम अपचलन भएकाले छानबिन गर्न भन्दै अध्यक्ष रोका आफैँले सहकारी रजिस्ट्रार कार्यालयमा उजुरी दिएको जानकारी प्राप्त भएको छ तर उहाँ आफैँ पनि अपचलनमा संलग्न रहेकाले पछिल्लो २५ दिनदेखि वडामा सदस्यलाई कार्यवाहक दिएर सम्पर्कविहीन हुनुभएको छ । गाउँपालिकाको सम्पर्कमा वडाध्यक्ष नरहेको र कार्यवाहक दिएको व्यक्तिसँग पनि सम्पर्कमा नरहेको पालिकाले जनाएको छ ।   

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आन्तरिक पर्यटकको रोजाइमा भोजपुर–बेहेर नागबेली सडक

भोजपुर । सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । हरिय...

आफैँले काटेको रुखले लागेर १ जनाको मृत्यु, २ जना घाइते

नुवाकोट । आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ । आफैँले काटेको रुखले लागेर सोही स्थानका ३५ वर्षीय प्रेम त...

जीवनमा मूल्य र महत्त्वको फरक छुटाउन सक्नुपर्छः हर्क साम्पाङ

ललितपुर। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीको सदस्यता शुल्क एक सय रुपैयाँ भएको बताएका छन्।ललितपुरमा आयोजित पार्टीको भेलालाई सम...

तनहुँको गाछेपानीमा गाडीको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा...

बाँकेमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । ...

स्वास्थ्य क्षेत्रमा आमूल सुधारको प्रस्ताव

निजी अस्पतालको शुल्क नियन्त्रण गर्न स्तरीकरणको व्यवस्था

सम्पत्ति छानबिनका लागि तयार छु, सरकारले काम गरेको देखेन: वामदेव गाैतम

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले पूर्वप्रधानमन्त्री लगायत उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग गर्दै आफू त्यसक...

विभिन्न स्थानबाट लागू‌औषधसहित १७ जना पक्राउ

काठमाडौं । देशका विभिन्न स्थानबाट लागू‌औषधसहित प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ। नवलपरासी पश्‍चिम, सुनवल नगरपालिका-२ मुखिया टोलबाट अवैध लागूऔ...

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रुपन्देहीलाई

दाङ । यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि रुपन्देहीले हात पारेको छ। आज सम्पन्न फाइनल खेलमा पाल्प...

लुम्बिनीका विद्युतीय बसमा स्वार्थको छायाँ

प्रधानमन्त्रीको निर्देशनमा दुई दिन चले, फेरि विमानस्थलतिर मोडिए

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending