सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ घर भएकी पाँच वर्षीय बालिका छिमेकीबाटै बलात्कृत भएकी छन् । नातेदारकहाँ पुर्याइदिन्छु भन्दै छिमेकीले मोटरसाइकलमा लगेर बालिकालाई बिचबाटोमा एकान्तस्थलमा बलात्कार गरेको उनको परिवारले आरोप लगाएका छन् ।
पीडित बालिकाको गुप्ताङ्गबाट अत्यधिक रक्तस्राव भइरहेको अवस्थामा आफन्तले उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पतालमा पुर्याएर तीन दिनदेखि उपचार भइरहेको छ । बालिकाको स्वास्थ्य परीक्षण र बयान सकेर रगतलगायत थप प्रमाण परीक्षणका लागि केन्द्रीय प्रयोगशाला काठमाडौँ पठाइएको केन्द्रका स्वास्थ्यकर्मी मनिष सिम्खडाले जानकारी दिए ।
अत्यधिक रक्तस्रावका कारण सुरुमा बालिकाको स्वास्थ्य अवस्था जटिल भए पनि अहिले भने सुधार हुँदै गएको उनको भनाइ छ । गत फागुन १४ गते सीमावर्ती भारतीय क्षेत्रमा रहेका नातेदार बिरामी पर्दा छिमेकी १९ वर्षीय कुदुसलाई त्यहाँसम्म पुर्याइदिन आग्रह गरेको र दिउँसो मोटरसाइकलमा छोरीलाई लिएर गएका कुदुसले साँझपख भने बेहोस अवस्थामा ल्याएर घरमा छाडिदिएको पीडितकी आमाले बताईन् ।
पीडित बालिकाकी आमाले शुक्रबार सञ्चारकर्मीसित कुरा गर्दै बाटोमा बिरामी भएर ढिलो भयो भन्दै छोरीलाई छाडेर गएका कुदुस त्यसपछि गाउँबाट फरार भएको जानकारी दिइन् । उनले छोरीको गुप्ताङ्गबाट लगातार रक्तस्राव हुने क्रम बढ्दै गएपछि उपचारका लागि अस्पताल ल्याएको बताइन् ।
छोरा जस्तो मान्दै आएको व्यक्तिबाट यस्तो घृणित काम भएको भन्दै उनलाई अविलम्ब पक्राउ गरी कारबाहीको मागसहित जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरीसमेत दिएकी छन् । पीडित पक्षबाट जाहेरी आएको सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए । उनले घटनाबारे अनुसन्धान थालिएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २८ गते, २०८२ - २१:५३
भोजपुर । सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । हरिय...
चैत्र २८ गते, २०८२ - २१:४५
नुवाकोट । आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ । आफैँले काटेको रुखले लागेर सोही स्थानका ३५ वर्षीय प्रेम त...
चैत्र २८ गते, २०८२ - २१:४२
ललितपुर। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीको सदस्यता शुल्क एक सय रुपैयाँ भएको बताएका छन्।ललितपुरमा आयोजित पार्टीको भेलालाई सम...
चैत्र २८ गते, २०८२ - २१:३१
दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा...
चैत्र २८ गते, २०८२ - २१:२९
नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । ...
चैत्र २८ गते, २०८२ - २०:०६
निजी अस्पतालको शुल्क नियन्त्रण गर्न स्तरीकरणको व्यवस्था
चैत्र २८ गते, २०८२ - १९:५७
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले पूर्वप्रधानमन्त्री लगायत उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग गर्दै आफू त्यसक...
चैत्र २८ गते, २०८२ - १९:५५
काठमाडौं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ। नवलपरासी पश्चिम, सुनवल नगरपालिका-२ मुखिया टोलबाट अवैध लागूऔ...
चैत्र २८ गते, २०८२ - १९:५१
दाङ । यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि रुपन्देहीले हात पारेको छ। आज सम्पन्न फाइनल खेलमा पाल्प...
चैत्र २८ गते, २०८२ - १९:४५
प्रधानमन्त्रीको निर्देशनमा दुई दिन चले, फेरि विमानस्थलतिर मोडिए


प्रतिकृया लेख्नुहोस्: