सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ घर भएकी पाँच वर्षीय बालिका छिमेकीबाटै बलात्कृत भएकी छन् । नातेदारकहाँ पुर्याइदिन्छु भन्दै छिमेकीले मोटरसाइकलमा लगेर बालिकालाई बिचबाटोमा एकान्तस्थलमा बलात्कार गरेको उनको परिवारले आरोप लगाएका छन् ।
पीडित बालिकाको गुप्ताङ्गबाट अत्यधिक रक्तस्राव भइरहेको अवस्थामा आफन्तले उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पतालमा पुर्याएर तीन दिनदेखि उपचार भइरहेको छ । बालिकाको स्वास्थ्य परीक्षण र बयान सकेर रगतलगायत थप प्रमाण परीक्षणका लागि केन्द्रीय प्रयोगशाला काठमाडौँ पठाइएको केन्द्रका स्वास्थ्यकर्मी मनिष सिम्खडाले जानकारी दिए ।
अत्यधिक रक्तस्रावका कारण सुरुमा बालिकाको स्वास्थ्य अवस्था जटिल भए पनि अहिले भने सुधार हुँदै गएको उनको भनाइ छ । गत फागुन १४ गते सीमावर्ती भारतीय क्षेत्रमा रहेका नातेदार बिरामी पर्दा छिमेकी १९ वर्षीय कुदुसलाई त्यहाँसम्म पुर्याइदिन आग्रह गरेको र दिउँसो मोटरसाइकलमा छोरीलाई लिएर गएका कुदुसले साँझपख भने बेहोस अवस्थामा ल्याएर घरमा छाडिदिएको पीडितकी आमाले बताईन् ।
पीडित बालिकाकी आमाले शुक्रबार सञ्चारकर्मीसित कुरा गर्दै बाटोमा बिरामी भएर ढिलो भयो भन्दै छोरीलाई छाडेर गएका कुदुस त्यसपछि गाउँबाट फरार भएको जानकारी दिइन् । उनले छोरीको गुप्ताङ्गबाट लगातार रक्तस्राव हुने क्रम बढ्दै गएपछि उपचारका लागि अस्पताल ल्याएको बताइन् ।
छोरा जस्तो मान्दै आएको व्यक्तिबाट यस्तो घृणित काम भएको भन्दै उनलाई अविलम्ब पक्राउ गरी कारबाहीको मागसहित जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरीसमेत दिएकी छन् । पीडित पक्षबाट जाहेरी आएको सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए । उनले घटनाबारे अनुसन्धान थालिएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - १७:०९
ललितपुर । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...
पौष १३ गते, २०८२ - १७:०१
इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...
पौष १३ गते, २०८२ - १०:३८
सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...
पौष १३ गते, २०८२ - १०:३२
गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...




प्रतिकृया लेख्नुहोस्: