Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

मुख्यमन्त्री अनुगमनमा जाँदा अवैध अस्पताल सञ्चालक फरार

खबरडबली संवाददाता

सर्लाही । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह अनुुगमनमा जाँदा सर्लाहीको नवलपुर बजारमा सञ्चालित अवैध अस्पतालका सञ्चालकहरु फरार भएका छन् ।

मुख्यमन्त्री सिंह पूर्व पश्चिम राजमार्गमा पर्ने रौतहटको चन्द्रनिगाहपुर र सर्लाहीको हरिवनका विभिन्न अस्पतालको अनुुगमन गरी शनिबार राति ९ बजेपछि लालबन्दी नगरपालिका–१, नवलपुर बजारक्षेत्रमा पुगेका थिए । मुख्यमन्त्री सिंह अस्पताल अनुुगमनमा आएको सुुइँको पाउनासाथ नवलपुरमा अवैध स्वास्थ्य संस्था सञ्चालन गरेर सर्वसाधारणको स्वास्थ्यमा गम्भीर खेलवाड गरिरहेका सञ्चालक अस्पतालको सटर बन्द गरेर भागेका हुन् ।

मुख्यमन्त्री सिंह नवलपुर पुुग्दा भानु अन्जली अस्पताल मात्रै खुलेको थियो । मापदण्डविपरीत सञ्चालित उक्त अस्पताललाई तत्कालै बन्द गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिएका छन् ।

मुख्यमन्त्री आएको सूचना पाएपछि नवलपुरमा रहेका रक्षा हेल्थकेयर, जय भवानी हेल्थकेयरलगायत अन्य केही अस्पतालका सटर बन्द गरेर सञ्चालक फरार भइसकेको पाइएको छ । सटर बन्द भएका अस्पताल तथा क्लिनिकमा अनुुगमन हुन पाएन ।

सर्लाहीको नवलपुर बजार पछिल्लो समय अवैध स्वास्थ्य संस्था सञ्चालन गर्ने थलो बन्दै गएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाही र लालबन्दी नगरपालिकाले बारम्बार अनुुगमन गरी नवलपुर बजारमा खुलेका एक दर्जन बढी अवैध अस्पताल र क्लिनिक बन्द गर्न निर्देशन दिएपनि निर्देशनको पालना हुन सकेको छैन ।

प्रदेश प्रदेशका मुख्यमन्त्री सिंहले नवलपुरका अस्पतालअघि हरिवनमा सञ्चालित अस्पतालको अनुुगमन गर्नुभएको थियो । हरिवनमा मापदण्ड पूरा गरेर सञ्चालन गरिएको स्वाभिमान अस्पतालबाहेक अन्य चारवटा अस्पताल तत्काल बन्द गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिएका छन् ।

अनुुमति नलिएको तथा मापदण्ड पूरा नगरेका हरिवन बजारमा सञ्चालित दयन्ती अस्पताल, सर्लाही जीवन हेल्य केयर, लीलावती अस्पताल र सरस्वती अस्पताल तत्काल बन्द गर्न निर्देशन दिइएको मुख्यमन्त्री सिंहको सचिवालयले जनाएको छ । मुख्यमन्त्री सिंहसहित मधेश सरकारका स्वास्थ्य मन्त्री शत्रुुधनप्रसाद सिंह, निमित्त स्वास्थ्य सचिव राजेशकुमार मिश्रलगायत भएर हरिवन र नवलपुरका स्वास्थ्य संस्थाको शनिबार राति अबेर आएर अनुुगमन गरेका हुन् ।

मुख्यमन्त्री सिंहले स्वास्थ्य क्षेत्रमा सुधारको अभियानअन्तर्गत विभिन्न जिल्लामा पुुगेर यसैगरी अस्पताल तथा स्वास्थ्य संस्थाको अनुुगमन जारी राखेका छन्  ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पम्फा भुसालको रणनीतिक निर्णय: युवा नेतृत्वलाई मौका दिन चुनावमा नउठ्ने

ललितपुर  । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...

जनयुद्ध, गणतन्त्र र जेन जेड: इतिहास, जिम्मेवारी र भविष्य

इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे

सुनको मुल्यले आजपनि बनायो कीर्तिमान, तोलामै २ लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा  दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...

प्रतिनिधिसभा निर्वाचनमा १ करोड ८९ लाखभन्दा बढी मतदाता, आयोगले अन्तिम नामावली सार्वजनिक गर्‍यो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...

बस्नेतको बाह्रबिसे कदम टिकट सुरक्षित गर्ने रणनीति कि दबाबको राजनीति ?

सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...

नेपाललाई भूराजनीतिक द्वन्द्वमा फसाउने दोस्रो चरणको तयारी हुँदैछः एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...

समानुपातिकतर्फको बन्द सूची आजदेखि पेस हुँदै, आयोगको तयारी पूरा

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...

आगोको रापबाट व्यवसायतर्फ : आरानमै जीवन बिताएका ताराबहादुरको संघर्ष कथा

गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...

अकबरे खुर्सानी कालीमाटीमै ४०० रुपैयाँ केजी, अन्य तरकारी–फलफूलको थोक मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...

को–को हुन् प्रतिनिधिसभा निर्वाचनका लागि अस्थायी मतदाता ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending