Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

मुख्यमन्त्री अनुगमनमा जाँदा अवैध अस्पताल सञ्चालक फरार

खबरडबली संवाददाता

सर्लाही । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह अनुुगमनमा जाँदा सर्लाहीको नवलपुर बजारमा सञ्चालित अवैध अस्पतालका सञ्चालकहरु फरार भएका छन् ।

मुख्यमन्त्री सिंह पूर्व पश्चिम राजमार्गमा पर्ने रौतहटको चन्द्रनिगाहपुर र सर्लाहीको हरिवनका विभिन्न अस्पतालको अनुुगमन गरी शनिबार राति ९ बजेपछि लालबन्दी नगरपालिका–१, नवलपुर बजारक्षेत्रमा पुगेका थिए । मुख्यमन्त्री सिंह अस्पताल अनुुगमनमा आएको सुुइँको पाउनासाथ नवलपुरमा अवैध स्वास्थ्य संस्था सञ्चालन गरेर सर्वसाधारणको स्वास्थ्यमा गम्भीर खेलवाड गरिरहेका सञ्चालक अस्पतालको सटर बन्द गरेर भागेका हुन् ।

मुख्यमन्त्री सिंह नवलपुर पुुग्दा भानु अन्जली अस्पताल मात्रै खुलेको थियो । मापदण्डविपरीत सञ्चालित उक्त अस्पताललाई तत्कालै बन्द गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिएका छन् ।

मुख्यमन्त्री आएको सूचना पाएपछि नवलपुरमा रहेका रक्षा हेल्थकेयर, जय भवानी हेल्थकेयरलगायत अन्य केही अस्पतालका सटर बन्द गरेर सञ्चालक फरार भइसकेको पाइएको छ । सटर बन्द भएका अस्पताल तथा क्लिनिकमा अनुुगमन हुन पाएन ।

सर्लाहीको नवलपुर बजार पछिल्लो समय अवैध स्वास्थ्य संस्था सञ्चालन गर्ने थलो बन्दै गएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाही र लालबन्दी नगरपालिकाले बारम्बार अनुुगमन गरी नवलपुर बजारमा खुलेका एक दर्जन बढी अवैध अस्पताल र क्लिनिक बन्द गर्न निर्देशन दिएपनि निर्देशनको पालना हुन सकेको छैन ।

प्रदेश प्रदेशका मुख्यमन्त्री सिंहले नवलपुरका अस्पतालअघि हरिवनमा सञ्चालित अस्पतालको अनुुगमन गर्नुभएको थियो । हरिवनमा मापदण्ड पूरा गरेर सञ्चालन गरिएको स्वाभिमान अस्पतालबाहेक अन्य चारवटा अस्पताल तत्काल बन्द गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिएका छन् ।

अनुुमति नलिएको तथा मापदण्ड पूरा नगरेका हरिवन बजारमा सञ्चालित दयन्ती अस्पताल, सर्लाही जीवन हेल्य केयर, लीलावती अस्पताल र सरस्वती अस्पताल तत्काल बन्द गर्न निर्देशन दिइएको मुख्यमन्त्री सिंहको सचिवालयले जनाएको छ । मुख्यमन्त्री सिंहसहित मधेश सरकारका स्वास्थ्य मन्त्री शत्रुुधनप्रसाद सिंह, निमित्त स्वास्थ्य सचिव राजेशकुमार मिश्रलगायत भएर हरिवन र नवलपुरका स्वास्थ्य संस्थाको शनिबार राति अबेर आएर अनुुगमन गरेका हुन् ।

मुख्यमन्त्री सिंहले स्वास्थ्य क्षेत्रमा सुधारको अभियानअन्तर्गत विभिन्न जिल्लामा पुुगेर यसैगरी अस्पताल तथा स्वास्थ्य संस्थाको अनुुगमन जारी राखेका छन्  ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आन्तरिक पर्यटकको रोजाइमा भोजपुर–बेहेर नागबेली सडक

भोजपुर । सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । हरिय...

आफैँले काटेको रुखले लागेर १ जनाको मृत्यु, २ जना घाइते

नुवाकोट । आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ । आफैँले काटेको रुखले लागेर सोही स्थानका ३५ वर्षीय प्रेम त...

जीवनमा मूल्य र महत्त्वको फरक छुटाउन सक्नुपर्छः हर्क साम्पाङ

ललितपुर। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीको सदस्यता शुल्क एक सय रुपैयाँ भएको बताएका छन्।ललितपुरमा आयोजित पार्टीको भेलालाई सम...

तनहुँको गाछेपानीमा गाडीको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा...

बाँकेमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । ...

स्वास्थ्य क्षेत्रमा आमूल सुधारको प्रस्ताव

निजी अस्पतालको शुल्क नियन्त्रण गर्न स्तरीकरणको व्यवस्था

सम्पत्ति छानबिनका लागि तयार छु, सरकारले काम गरेको देखेन: वामदेव गाैतम

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले पूर्वप्रधानमन्त्री लगायत उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग गर्दै आफू त्यसक...

विभिन्न स्थानबाट लागू‌औषधसहित १७ जना पक्राउ

काठमाडौं । देशका विभिन्न स्थानबाट लागू‌औषधसहित प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ। नवलपरासी पश्‍चिम, सुनवल नगरपालिका-२ मुखिया टोलबाट अवैध लागूऔ...

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रुपन्देहीलाई

दाङ । यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि रुपन्देहीले हात पारेको छ। आज सम्पन्न फाइनल खेलमा पाल्प...

लुम्बिनीका विद्युतीय बसमा स्वार्थको छायाँ

प्रधानमन्त्रीको निर्देशनमा दुई दिन चले, फेरि विमानस्थलतिर मोडिए

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending