तानसेन । तानसेनको शित्तलपाटीमा रहेको ऐतिहासिक मूलढोकाको निर्माण कार्य रोकिएको छ । बजेटको कारण देखाउँदै ऐतिहासिक एवं पर्यटकीय स्थल पाल्पा दरबार परिसरको मूल ढोकाको निर्माण कार्य रोखिएको हो ।
पुरातत्व विभागले मूल ढोका जीर्ण भएको भन्दै दुई वर्षअघि निर्माणको काम सुरु गरेको थियो । विभागले जीर्ण मूल ढोकाको पुनर्निर्माण गर्न एनपिएस कन्ट्रक्सन भक्तपुरसँग ८१ लाख ९५ हजार रुपियाँमा ठेक्का सम्झौता गरेको थियो । उक्त सम्झौतामा उल्लेख भएअनुसार ठेकेदारले काम सकेको जनाएको छ । तर मूल ढोकाको निर्माण भने पूरा नभई रोखिएको हो । हाल मूल ढोका निर्माण गर्न वजेट नहुँदा काम अगाडि बढ्न नसकेको विभागको भनाइ छ ।
ठेकेदारले हालसम्म ४६ लाख रुपियाँ मात्र भुक्तानी पाएको र अझै ३५ लाख भुक्तानी पाउन बाँकी रहेको पुरातत्व विभागका सम्पदा शाखाका प्रमुख रमेशराज पौडेलले जानकारी दिए। विभागसँग वजेट नहुँदा मूल ढोकाको निर्माण कार्य अबरुद्ध भएको उनले बताए । दुई वर्षअघिको काम सकिएको र पूरै काम गर्न वजेट नहुँदा समस्या भएको उनले बताए। अब अर्को वर्ष मूल ढोकाको सबै काम गर्ने गरी वजेटको व्यवस्था गरिने शाखा प्रमुख पौडेलले बताए ।
मूल ढोकाको जग उठाएर ढोकाको दुई भागको पर्खाल उठाइसकिएको छ । अब छाना छाउन, ढोका राख्न र श्रृङ्गारको काम बाँकी रहेको पुरातत्व विभागले जनाएको छ । मूल ढोकाको बाँकी काम गर्न थप ५० लाख बढी वजेटको व्यवस्था गर्नुपर्ने छ ।
मूल ढोका समयमै सम्पन्न नहुँदा यसबारे नकारात्मक सन्देश फैलिएको स्थानीय बासिन्दा बताउँछन् । पाल्पाको ऐतिहासिक मूल ढोका समयमै सम्पन्न नगरी त्यसै छाड्दा मूल ढोकाको अवलोकनका लागि पाल्पा आएका स्वदेशी तथा विदेशी पर्यटकमा नकारात्मक सन्देश प्रवाह भएको स्थानीय बासिन्दा बालमप्रसाद बैँजुले बताए । मूल ढोका बनाउने काम सुरु गरेपछि समयमै सम्पन्न गर्नमा सम्बन्धित निकायले ध्यान दिन नसकेको उनले बताए।
तत्कालिन प्रधानमन्त्री जङ्बहादुर राणाका भाइ बद्रीनरसिंह कुँवर तानसेनमा तैनाथ रहँदा वि।स। १९११ देखि १९३० मा मूल ढोका निर्माण गर्न लगाएका थिए । सोही बेला बनेको ऐतिहासिक पाल्पा दरबार परिसरको जीर्ण मूल ढोका बनाउने कार्य भएपनि हाल निर्माणमा अबरोध आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २४ गते, २०८२ - १५:३१
बर्दीबास। महोत्तरी क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दीपककुमार साहले 'ह्याभी वेट' नेता शरदसिंह भण्डारीलाई भारी मतान्तरल...
फाल्गुन २४ गते, २०८२ - १५:२०
काठमाडौँ। देशको विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज बागमती प्रदेशका केही स्थानमा हल्का वर्षाको स...
फाल्गुन २४ गते, २०८२ - १५:१७
कैलाली। प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नं.४ मा १३ जना उम्मेदवारको धरौटी जफत भएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ क...
फाल्गुन २४ गते, २०८२ - १५:०३
कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) का २६ वर्षीय केपी खनाल कैलाली–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनले यहाँ १९,५७० मत प्राप्...
फाल्गुन २४ गते, २०८२ - १४:५१
जनकपुरधाम। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धनुषा क्षेत्र नं.४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजकिशोर महतो प्रतिद्वन्द्वीभन्दा दोब्बरभ...
फाल्गुन २४ गते, २०८२ - १४:३४
स्याङ्जा। स्याङ्जाको निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का झविलाल डुम्रे विजयी भएको छन्। फागुन १ गते सम्पन्न प्रतिनिधिस...
फाल्गुन २४ गते, २०८२ - १४:२२
काठमाडौं। जनमत पार्टीका अध्यक्ष सीके राउत संसदीय राजनीतिमा आएको छोटो समयमै रोकिन पुगेका छन्। राउतलाई रोक्दै रास्वपाका रामजी यादव सप्तरी–२ बाट निर्वाचि...
फाल्गुन २४ गते, २०८२ - १४:०८
इलाम। इलाम निर्वाचन क्षेत्र – १ मा जारी मतगणनामा नेकपा एमालेका काजीमान कागतेले अग्रता बढाउँदै गएको छन् । अहिले सम्मको मत परिणाममा इलाम–१ मा एमालेक...
फाल्गुन २४ गते, २०८२ - १४:०१
धरान। सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) फराकिलो मतान्तरले विजयी भएको छन्। राईले ३५ हजार ७ सय ...
फाल्गुन २४ गते, २०८२ - १३:५५
काठमाडौँ। काठमाडौँ उपत्यकाको वायु प्रदूषण बढ्न थालेको छ ।पछिल्ला केही दिनयता मौसम धुम्मिदै जाँदा वायु प्रदूषण पनि बढ्न थालको हो । वातावरण विभागका म...



प्रतिकृया लेख्नुहोस्: