काठमाडौँ । राष्ट्रियसभाका सांसद नारायणदत्त मिश्रले मुलुकका विभिन्न ठाउँमा विभिन्न कारणले आगलागीका घटना बढ्नसक्ने उल्लेख गर्दै सम्बन्धित विषयमा पूर्वतयारीबारे सरकारको ध्यानाकर्षण गराएको छ ।
उनले भने, “यसपटक पानी कम परेको छ, आगलागीका घटना बढ्नसक्छन, सरकारले स्थानीय तहमै आगलागी नियन्त्रण समिति अहिले नै गठन गर्नुपर्छ, स्थानीयलाई नै जिम्मेवार बनाउनुपर्छ, उनीहरुलाई उचित तालिमको साथै तराईमा एक घण्टा र पहाडमा २० मिनेटमा पुग्ने गरी वारुणयन्त्रको व्यवस्था गर्नुपर्छ ।” आगलागी नियन्त्रणका लागि सामुदायिक वन समितिको सक्रियतामा प्रहरी र नेपाली सेनालाई समेत तयारीका साथ राख्नुपर्ने उनको भनाइ छ ।
सांसद मिश्रले पछिल्लो पटक काठमाडौँस्थित बबरमहलमा मेलम्चीको पानीको पाइप फुटेर स्थानीयलाई समस्या भएको घटना उल्लेख गर्दै सो घटनालाई समेत मध्यनजर राखेर सहरमा सडक, खानेपानी, ढल र विद्युत् आदिको व्यवस्थापनको निम्ति समन्वय समिति बनाउनुपर्ने माग गरे । उनले भने, “विपत् व्यवस्थापन गर्नका लागि सरकार बेलैमा सचेत रहनुपर्छ, होइन भने एकातिर सधैँ सडकको दूरदशा, अर्कोतिर खर्च बढी हुने र दुर्घटनाको पनि जोखिम बढ्छ ।”
सांसद भुवनबहादुर सुनारले खन÷जोत गर्दै आएका किसानलाई जग्गाको धनी बनाएर लालपूर्जा दिनुपर्ने माग गरे। “मालमोल र नापी कार्यालयले जग्गाहरु टुक्र्याउने मात्रै हो कि ? जग्गाको व्यवस्थापन पनि गर्ने हो, यी कार्यालयले भूमिसम्वन्धी खासै चासो राखेको देखिँदैन, यी दुई कार्यालयको पनि पुनःसंरचना गर्नुपर्ने आवश्यक छ”, उनले भने, “अहिले पनि उनीहरुले सङ्घीयताको अभ्यास गरेजस्तो देखिँदैन, त्यसैले पुस्तौँदेखि खन÷जोत गर्दै आएका किसानलाई नै जग्गाको धनी बनाएर लालपुर्जा उपलब्ध गराउनुपर्छ ।”
सांसद मदनकुमारी शाहले भारतको उडिसा राज्यको केआइआइटीमा अध्ययनरत नेपाली छात्राको मृत्यु पश्चात नेपाल फर्किएका विद्यार्थीको अवस्थाबारे सरकारले संसदलाई जनाकारी गराउनुपर्ने माग गरिन ।
उनले भनिन, “नेपाली विद्यार्थीमाथि विश्वविद्यालय प्रशासनले गरेको अत्याचारको विरुद्धमा साथ दिने भारतीय जनता, नेपाल सरकार र नेपाली मिडियालाई धन्यवाद दिन चाहन्छु, तर घटना भएपछि नेपाल फर्किएका नेपालीको बारेमा सरकारसँग के जानकारी छ, उनीहरुको भविष्यबारेमा सरकारको योजना के छ, त्यसबारेमा जान्न चाहन्छु ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २४ गते, २०८२ - १४:२२
काठमाडौं। जनमत पार्टीका अध्यक्ष सीके राउत संसदीय राजनीतिमा आएको छोटो समयमै रोकिन पुगेका छन्। राउतलाई रोक्दै रास्वपाका रामजी यादव सप्तरी–२ बाट निर्वाचि...
फाल्गुन २४ गते, २०८२ - १४:०८
इलाम। इलाम निर्वाचन क्षेत्र – १ मा जारी मतगणनामा नेकपा एमालेका काजीमान कागतेले अग्रता बढाउँदै गएको छन् । अहिले सम्मको मत परिणाममा इलाम–१ मा एमालेक...
फाल्गुन २४ गते, २०८२ - १४:०१
धरान। सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) फराकिलो मतान्तरले विजयी भएको छन्। राईले ३५ हजार ७ सय ...
फाल्गुन २४ गते, २०८२ - १३:५५
काठमाडौँ। काठमाडौँ उपत्यकाको वायु प्रदूषण बढ्न थालेको छ ।पछिल्ला केही दिनयता मौसम धुम्मिदै जाँदा वायु प्रदूषण पनि बढ्न थालको हो । वातावरण विभागका म...
फाल्गुन २४ गते, २०८२ - १३:४१
रौतहट। रौतहट क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रबिन्द्र पटेल भारी मतान्तरले विजयी भएको छन् । उनी आफ्ना निकटम प्रत...
फाल्गुन २४ गते, २०८२ - १३:२७
बर्दिया। बर्दियाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ मा भारी मतान्तरले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार श्रीधर पोखरेल अगाडि बढेको छन् । उन...
फाल्गुन २४ गते, २०८२ - १३:२२
हेटौँडा। मकवानपुर क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रकाश गौतम प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको छन्। प्रदेश नि...
फाल्गुन २४ गते, २०८२ - १२:४२
काठमाडौं। गत भदौमा नेपालमा भएको जेनजी आन्दोलनसँग सम्बन्धित घटनाहरू र सरकारी पक्षको दमनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन प्रधानमन्त्...
फाल्गुन २४ गते, २०८२ - १२:२२
बाजुरा। बाजुरा जिल्लामा नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरी विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार लालबहादुर थापालाई ५...
फाल्गुन २४ गते, २०८२ - १२:०३
ललितपुर। प्रतिनिधिसभा सदस्य निर्वाचनमा ललितपुर क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदावर जगदीश खरेल भारी मतका साथ विजयी भएको छन...



प्रतिकृया लेख्नुहोस्: