विराटनगर । नेकपा एमाले मोरङको १०औं अधिवेशनको बन्द सत्र सुरू भएको छ । शनिबारबाट जारी अधिवेशनमा ढिला गरी बन्द सत्र सुरू भएको हो ।
सर्वसम्मत नेतृत्व चयनका लागि नेतृत्वले दबाबकाबीच माहोल चुनावकै बनिरहेको छ । कोशी प्रदेशका १३ जिल्लामा अधिवेशन सकिएपछि मोरङ बाँकी थियो ।
बन्द सत्रमा संगठन कमिटीका अध्यक्ष बाबुराम कार्कीले प्रतिवेदन पेस गरिसकेका छन् । अध्यक्षका लागि राजकुमार ओझा र अजम्बर राईले भोट माग्न थालेका छन् । पदाधिकारीमा समेत प्यानल बनाएरै प्रतिस्पर्धा हुने देखिएको छ ।
ओझा प्यानलबाट उपाध्यक्षमा शान्ति लिम्बू र सचिवमा रविन थापाले उम्मेदवारी दिने तयारी गरेका छन् । उपसचिव उम्मेदवार यकिन भइसकेको छैन । ओझालाई स्थायी कमिटी सदस्यहरू शेरधन राई, हिक्मत कार्की, भानुभक्त ढकाल र प्रदेश अध्यक्ष घनश्याम खतिवडाको साथ छ ।
संस्थापन पक्षबाटै बाबुराम कार्की पनि उम्मेदवार बन्ने आशामा छन् । तर, उनको सम्भावना क्षण रहेको स्रोत बताउँछ ।
राई समूहबाट भने उपाध्यक्षमा सागर थापा र सचिवमा सोम थापाले उम्मेदवारी दिने तयारी गरेका छन् । उनीहरू पनि प्रतिनिधिसँग भोट माग्न थालेका छन् । यो प्यानलबाट सन्तोष वान्तवा र उषा झाले उपसचिवमा मनोनयन गर्ने तयारी गरेका छन् ।
राई समूहलाई विनोद ढकालको समूहका रूपमा हेरिएको छ । ढकाल एमाले प्रदेशको अध्यक्षमा पराजित भएसँगै असन्तुष्ट समूहको नेतृत्व गर्दै आएका छन् । कुनै बेला ओलीकै विश्वास पात्र रहेका ढकाल अहिले भने संस्थापन पक्षसँग रुष्ट छन् । उनको प्रभाव जिल्लामा बलियो रहेकाले निर्वाचन प्रतिस्पर्धात्मक हुने अनुमान छ ।
जिल्लामा आफ्नो प्रभाव कायमै रहेको सन्देश दिन पनि ढकाल पक्ष जसरी पनि निर्वाचनमा जाने योजनामा छ । यद्यपि संस्थापन पक्ष निर्वाचन रोकेर सर्वसम्मत नेतृत्व चयनको कसरतमा रहेको छ ।
एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले सर्वसम्मत नेतृत्व चयनको पहल भइरहेको बताए । अधिवेशनमा ९१४ जना प्रतिनिधि उपस्थित छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - १७:०९
ललितपुर । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...
पौष १३ गते, २०८२ - १७:०१
इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...
पौष १३ गते, २०८२ - १०:३८
सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...
पौष १३ गते, २०८२ - १०:३२
गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...




प्रतिकृया लेख्नुहोस्: