Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

युरोपेली नेताहरू युक्रेनलाई समर्थन बढाउन तत्पर

खबरडबली संवाददाता

लन्डन । किएभ र वासिङ्टनबीचको आश्चर्यजनक झडपपछि युक्रेनका लागि सुरक्षा सहयोग र समर्थन बढाउन खोज्दै सङ्कट वार्ताका लागि आइतबार लन्डनमा एक दर्जनभन्दा बढी युरोपेली नेताहरू भेला हुँदैछन् ।

युक्रेनका सहयोगीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूससँगको वार्तामा किएभलाई कमजोर पार्न लागेको बढ्दो चिन्ताको सामना गर्न आफ्नो दृढ प्रतिबद्धतालाई जोड दिइरहेका छन् । ह्वाइट हाउसबाट निकालिएको भोलिपल्ट युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई शनिबार डाउनिङ स्ट्रिटमा न्यानो स्वागत गरिएको थियो ।

उनले क्यामेराको सामुन्ने बेलायती प्रधानमन्त्रीलाई दुई पटक अँगालो हाले र रूसको आक्रमणबाट तीन वर्षभन्दा बढी समयदेखि बचाउ गर्दै आएको रक्षा क्षमता बढाउन ऋण सुरक्षित गरे । “म युद्धको शुरुआतदेखि नै अत्यधिक समर्थनका लागि बेलायतका जनता र सरकारलाई धन्यवाद दिन्छु”, जेलेन्स्कीले भने, “हामी यस्ता रणनीतिक साझेदारहरू पाएर र सबैका लागि सुरक्षित भविष्य कस्तो हुनुपर्छ भन्नेबारे एउटै दृष्टिकोण साझा गर्न पाउँदा खुसी छौँ ।”

सुरक्षा शिखर सम्मेलनमा युरोपेली सहयोगीहरूको समूहमा सामेल हुनुअघि उनले आइतबार राजा चाल्र्स तृतीयलाई भेट गर्ने कार्यक्रम छ । यस बैठकले फ्रान्स, जर्मनी, डेनमार्क र इटालीका साथै टर्की, नाटो र युरोपेली सङ्घ (इयु) लगायत महादेशीय युरोपका नेताहरूलाई एकसाथ ल्याउँदैछ ।

बेलायती प्रधानमन्त्री किर स्टार्मरले भने, “अब युक्रेनका लागि सर्वोत्तम परिणाम सुनिश्चित गर्न, युरोपेली सुरक्षाको रक्षा गर्न र हाम्रो सामूहिक भविष्य सुरक्षित गर्न हामी एकजुट हुने समय हो ।”

डाउनिङ स्ट्रिटले आइतबारको शिखर सम्मेलनले फेरि ‘स्थायी शान्ति प्रदान गर्ने बलियो स्थायी सम्झौताको’ आवश्यकतालाई जोड दिने र ‘बलियो सुरक्षा ग्यारेन्टीका लागि योजना बनाउने अर्को कदमहरू’ बारे छलफल गर्ने बताएको छ ।

संयुक्त राज्य अमेरिकाले नाटोलाई निरन्तर समर्थन गर्नेछ कि छैन भन्ने बारे चिन्ता बढ्दै गर्दा बेलायतमा हुने यो भेलाले युरोपेली रक्षा सहकार्य बढाउने आवश्यकतालाई पनि सम्बोधन गर्नेछ ।

अत्यन्त स्वागत योग्य

शनिबार जेलेन्स्कीको काफिला लन्डनमा पुग्दा समर्थकहरूको भीडले जयजयकार गरेको थियो । स्टारमरले ७५ मिनेटको बन्द ढोका वार्ताअघि जेलेन्स्कीलाई भने, “तपाईंलाई यहाँ डाउनिङ स्ट्रिटमा धेरै धेरै स्वागत छ ।”

जेलेन्स्कीको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “दुवै जनाले युक्रेनको स्थिति र ‘स्थायी र न्यायपूर्ण शान्तिका साथ… जसले रूसलाई युद्धविरामको उपयोग गरेर पुनः हतियार सङ्ग्रह गर्न र फेरि आक्रमण गर्न अनुमति दिनेछैन’ द्वारा अन्त्य गर्ने तरिकाबारे छलफल गर्नुभयो ।”

उनीहरूले युक्रेनको रक्षा क्षमतालाई समर्थन गर्न दुई अर्ब २६ करोड पाउन्ड (दुई अर्ब ८४ करोड डलर) ऋण सम्झौताको पनि अनावरण गरे । यसलाई सार्वभौम रूसी सम्पत्तिको नाफाबाट फिर्ता तिर्नुपर्नेछ । “यो रकम युक्रेनमा हतियार उत्पादन गर्न निर्देशित गरिनेछ”, जेलेन्स्कीले भने, “यो साँचो न्याय हो–जसले युद्ध सुरु गर्‍यो उसले यसको मूल्य चुकाउनु पर्छ ।”

लन्डनमा रहँदा उनले ‘यस्ता रणनीतिक साझेदारहरू पाउन र सबैका लागि सुरक्षित भविष्य कस्तो हुनुपर्छ भन्ने समान दृष्टिकोण साझा गर्न पाउँदा’ खुसी भएको बताए । केही घण्टाअघि मात्र जेलेन्स्कीलाई ह्वाइट हाउसमा चिच्याएर बोल्न रोकिएको थियो ।

ओभल अफिसमा क्यामेराहरू घुमिरहँदा ट्रम्प र अमेरिकी उपराष्ट्रपति जेडी भान्सले रिसाएर जेलेन्स्कीलाई ‘कृतज्ञ’ नभएको र उनीहरूले प्रस्ताव गरेको युद्धविरामका शर्तहरू अस्वीकार गरेको आरोप लगाए ।

ट्रम्पले उनलाई कृतज्ञता नदेखाएको र तेस्रो विश्वयुद्धको सम्भावनामा जुवा खेलेको आरोप पनि लगाए । यसैबीच दलहरूले युद्ध अन्त्य गर्न वार्ता गरिरहेकाले जेलेन्स्कीले पुटिनसँग ‘कुनै सम्झौता’ हुन नहुने कुरामा जोड दिए ।

रणनीतिक साझेदारहरू

ट्रम्पले युक्रेनका लागि वासिङ्टनको वर्षौंदेखिको समर्थनमा अचानक परिवर्तन गरेर किएभ र युरोपेली सहयोगीहरूलाई चिन्तित बनाएका छन् । हालै पदभार सम्हालेका रिपब्लिकन राष्ट्रपति ट्रम्पले आफूलाई पुटिन र जेलेन्स्की बीचको मध्यस्थकर्ताका रूपमा प्रस्तुत गरेको छ र पुटिनसँग सम्बन्ध सुधार गर्ने क्रममा किएभ र युरोपलाई किनारा लगाएको छ ।

ओभल अफिसमा ट्रम्पले आफूले सार्वजनिक रूपमा रिपोर्ट गरिएको भन्दा बढी पुटिनसँग ‘धेरै अवसरमा कुराकानी गरेको’ बताए । गत हप्ता वासिङ्टनमा स्टार्मरसँगको भेटपछि ट्रम्पले युक्रेनमा द्वन्द्व अन्त्य गर्ने सम्झौतामा ‘धेरै प्रगति’ भएको र वार्ता महत्त्वपूर्ण चरणमा रहेको बताएको थियो ।

ह्वाइट हाउसको झगडापछि माफी माग्न अस्वीकार गरे पनि जेलेन्स्कीले ‘कठिन संवादका बावजुद’ युक्रेन र संयुक्त राज्य अमेरिका ‘रणनीतिक साझेदार रहनेछन्’ भनी जोड दिँदै उनी अझै पनि ट्रम्पले चाहेको युक्रेनको खनिज सम्पदामा सम्झौता गर्न तयार रहेको सङ्केत गरेको छ । “तर हामीले हाम्रा साझा लक्ष्यहरू साँच्चै बुझ्नका लागि एकअर्कासँग इमानदार र प्रत्यक्ष हुन आवश्यक छ”, युक्रेनी नेताले एक्समा लेखे ।

यसैबीच रुसका पूर्वराष्ट्रपति दिमित्री मेदभेदेभले ‘ओभल अफिसमा उचित थप्पड’ पाएका जेलेन्स्कीलाई ‘अभद्र सुँगुर’ भनेका छन् ।

मस्कोले जेलेन्स्कीको वासिङ्टन यात्रालाई ‘पूर्ण असफलता’ को रूपमा ब्रान्ड गरेको छ भने जर्मनीका विदेशमन्त्री एनालेना बेरबकले ट्रम्पलाई द्वन्द्वमा ‘पीडित र आक्रमणकारीको भूमिका परिवर्तन’ गरेको आरोप लगाए । “हिजोको साँझले बदनामीको नयाँ युग सुरु भएको छ भनेर रेखाङ्कित गर्‍यो”, उनले भने । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE