काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष गणेश थापाले वर्तमान एन्फा महासचिव किरण राईविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् । आफूविरुद्ध लगाएको झुटा र तथ्यहीन आरोप नसच्याएको भन्दै थापाले आइतबार भोटाहिटी पुगेर ब्युरोमा उजुरी दिएका हुन् ।
‘ममाथि अत्यन्तै गम्भीर आरोप लगाउनुभएको विषयमा मैले उहाँलाई ती झुटा र तथ्यहीन आरोप सच्याउन र आत्मालोचना गर्न अनुरोध गर्दा पनि नसच्याएपछि बाध्य भएर कानुनी कारबाहीको प्रक्रियामा गएको हो,’ थापाले भने ।
राईले शनिबार एक अन्तर्वार्तामा एन्फाको १७ करोड रुपैयाँ हिनामिना गरेको, पछि सम्पत्ति शुद्धीकरणको छानबिनपछि ८ करोड रुपैयाँ एन्फाको खातामा जम्मा गरेकोजस्ता आधारहीन आरोप लगाएर चरित्रहत्या गर्ने प्रयास गरेको थापाको जिकिर छ ।
थापाले आरोप प्रमाणित गरेर कानुनअनुसार कारबाही गर्न वा आत्मालोचना गर्न २४ घन्टे विकल्प दिएकोमा पूरा नभएपछि उजुरी गरेको बताए । ‘मैले उहाँको अन्तर्वार्ता आएलगत्तै सामाजिक सञ्जालमार्फत उहाँलाई ममाथि लगाएका आरोप प्रमाणित गरेर कानुनअनुसार कारबाही गर्न वा आफैँ आत्मालोचना गर्न भनेर दुई विकल्प दिएको थिएँ । मैले २४ घण्टाभित्र आत्मालोचना गर्न सार्वजनिक रूपमा अनुरोध गरे तापनि उहाँले त्यसलाई समेत बेवास्ता गरेपछि बाध्य भएर कारबाहीका लागि उजुरी दिएको हुँ ।’
हाल थापा भने फिफाको १० वर्षे प्रतिबन्धमा छन् । उनको प्रतिबन्ध फुकुवा हुन दुई वर्ष पनि बाँकी छैन । यसैबिच वर्तमान नेतृत्वको निकै आलोचना भइरहँदा महासचिव राईले यस्तो अभिव्यक्ति दिएका हुन् । पंकजविक्रम नेम्वाङ अध्यक्षमा निर्वाचित भएपछि राईलाई महासचिवमा नियुक्त गरिएको थियो । त्यसयता राईको कार्यकाल सधैँ विवादस्पद हुँदै आएको छ । कुनै समय राईलाई निकाल्न बहुमत १२ सदस्यले लिखित हस्ताक्षर बुझाए पनि अध्यक्ष नेम्वाङले बचाउँदै आएका छन् ।
थापाले कानुनी राज्यमाथि विश्वास गर्ने एउटा अनुशासित नागरिकको नाताले चरित्र हत्या गर्ने उद्देश्यबाट त्यस्ता कपोलकल्पित प्रपोगान्डा गर्नेमाथि कारबाही हुने विश्वास लिएको बताए ।
थापाले ८ करोड रुपैयाँ एन्फाको खातामा जम्मा गरेको विषयमा पनि छानबिन गर्न र आफू दोषी भए कानुनअनुसार कारबाही भोग्न तयार रहेको बताएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: