काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष गणेश थापाले वर्तमान एन्फा महासचिव किरण राईविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् । आफूविरुद्ध लगाएको झुटा र तथ्यहीन आरोप नसच्याएको भन्दै थापाले आइतबार भोटाहिटी पुगेर ब्युरोमा उजुरी दिएका हुन् ।
‘ममाथि अत्यन्तै गम्भीर आरोप लगाउनुभएको विषयमा मैले उहाँलाई ती झुटा र तथ्यहीन आरोप सच्याउन र आत्मालोचना गर्न अनुरोध गर्दा पनि नसच्याएपछि बाध्य भएर कानुनी कारबाहीको प्रक्रियामा गएको हो,’ थापाले भने ।
राईले शनिबार एक अन्तर्वार्तामा एन्फाको १७ करोड रुपैयाँ हिनामिना गरेको, पछि सम्पत्ति शुद्धीकरणको छानबिनपछि ८ करोड रुपैयाँ एन्फाको खातामा जम्मा गरेकोजस्ता आधारहीन आरोप लगाएर चरित्रहत्या गर्ने प्रयास गरेको थापाको जिकिर छ ।
थापाले आरोप प्रमाणित गरेर कानुनअनुसार कारबाही गर्न वा आत्मालोचना गर्न २४ घन्टे विकल्प दिएकोमा पूरा नभएपछि उजुरी गरेको बताए । ‘मैले उहाँको अन्तर्वार्ता आएलगत्तै सामाजिक सञ्जालमार्फत उहाँलाई ममाथि लगाएका आरोप प्रमाणित गरेर कानुनअनुसार कारबाही गर्न वा आफैँ आत्मालोचना गर्न भनेर दुई विकल्प दिएको थिएँ । मैले २४ घण्टाभित्र आत्मालोचना गर्न सार्वजनिक रूपमा अनुरोध गरे तापनि उहाँले त्यसलाई समेत बेवास्ता गरेपछि बाध्य भएर कारबाहीका लागि उजुरी दिएको हुँ ।’
हाल थापा भने फिफाको १० वर्षे प्रतिबन्धमा छन् । उनको प्रतिबन्ध फुकुवा हुन दुई वर्ष पनि बाँकी छैन । यसैबिच वर्तमान नेतृत्वको निकै आलोचना भइरहँदा महासचिव राईले यस्तो अभिव्यक्ति दिएका हुन् । पंकजविक्रम नेम्वाङ अध्यक्षमा निर्वाचित भएपछि राईलाई महासचिवमा नियुक्त गरिएको थियो । त्यसयता राईको कार्यकाल सधैँ विवादस्पद हुँदै आएको छ । कुनै समय राईलाई निकाल्न बहुमत १२ सदस्यले लिखित हस्ताक्षर बुझाए पनि अध्यक्ष नेम्वाङले बचाउँदै आएका छन् ।
थापाले कानुनी राज्यमाथि विश्वास गर्ने एउटा अनुशासित नागरिकको नाताले चरित्र हत्या गर्ने उद्देश्यबाट त्यस्ता कपोलकल्पित प्रपोगान्डा गर्नेमाथि कारबाही हुने विश्वास लिएको बताए ।
थापाले ८ करोड रुपैयाँ एन्फाको खातामा जम्मा गरेको विषयमा पनि छानबिन गर्न र आफू दोषी भए कानुनअनुसार कारबाही भोग्न तयार रहेको बताएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २५ गते, २०८२ - २०:१६
काठमाडौं । सरकारले सार्वजनिक संस्थामा दलीयकरण र भागबन्डा अनुसार नियुक्त भएका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने सहमति गरेको छ...
मंसिर २५ गते, २०८२ - २०:०७
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटरमा लुम्बिनी लायन्सले काठमाण्डु गोर्खाजलाई चार विकेटले हराउँदै दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । ...
मंसिर २५ गते, २०८२ - २०:०१
काठमाडौं । स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत अभाव देशभर गहिरिँदै गएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार ७५३ स...
मंसिर २५ गते, २०८२ - १९:२२
काठमाडौं । ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा नागरिक समाजका प्रतिनिधिहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई विस्तृत ध्यानाकर्षण पत्र हस्तान्...
मंसिर २५ गते, २०८२ - १९:०५
ताप्लेजुङ । सशस्त्र प्रहरीले करिब ६ क्विन्टल भारतीय माछा बरामद गरी नष्ट गरेको छ । ताप्लेजुङ फुङलिङका व्यवसायीले अर्डरअनुसार झिकाएको माछा बिलमा उल्लेख ...
मंसिर २५ गते, २०८२ - १८:५८
काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका बेला निर्वाचन आयोगलाई सम्भावित क्षतिबाट बचाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै सशस्त्र प्रहरी बल, नेपाल...
मंसिर २५ गते, २०८२ - १८:५४
काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिकाका तत्कालीन सव–इन्जिनियर शिव नारायण मण्डलविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवा प्राप्त गरेको ...
मंसिर २५ गते, २०८२ - १८:१९
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागले पृथ्वी राजमार्ग र महेन्द्र राजमार्गका महत्त्वपूर्ण खण्डहरूको स्तरोन्नति तथा वि...
मंसिर २५ गते, २०८२ - १८:१५
बाँके । नेपाली कम्युनिष्ट पार्टी बाँकेले आयोजना गर्न लागेको एकता सन्देश सभालाई पार्टीका सह–संयोजक तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सम्बोधन ग...
मंसिर २५ गते, २०८२ - १८:१०
काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अल अन्सारीले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्...




प्रतिकृया लेख्नुहोस्: