बुटवल । नेपाली काँग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले काँग्रेसको महाधिवेशन तोकिएको समयमा नै हुने बताएको छन । उनले काँग्रेसको विधान र संविधान अनुसार नै अबको २०/२२ महिनाभित्रमा महाधिवेशन हुने र अहिले पार्टीभित्र रहेका गुट उपगुट सकिने बताए।
रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले सोमबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता विश्वकर्माले अहिलेको गठबन्धन २०८४ सालको निर्वाचनसम्म कायम रहने दाबी गरे।
नेता विश्वकर्माले पछिल्लो समय नेपाली काँग्रेस पार्टी चलायमान बन्दै गइरहेको पनि दाबी गरे। उनले अहिलेको अवस्थामा ५५ वटा विभाग निर्माण गरी ७७ वटै जिल्लामा विभिन्न कार्यक्रम निरन्तर रूपमा भइरहेको बताए।
उनले सरकारले ल्याएको अध्यादेश यथास्थितिमा पारित हुने अवस्था भने नरहेको बताएको छन । अध्यादेश संसदमा लैजाँदा पार्टीहरूबिचमा असन्तुष्टि बढ्ने भएकोले सोचेर मात्रै निर्णय लिनुपर्ने बताए।
उनले भने– अध्यादेश ल्याउने विषयमा प्रधानमन्त्रीज्यूले नेपाली काँग्रेसका मन्त्रीहरुसँग छलफल गरेको थिए तर अहिले संसदमा लैजाने विषयमा सर्वसम्मत हुने अवस्था देखिएको छैन ।
उनले सरकारले अध्यादेश जारी गर्ने संवैधानिक अधिकार भए पनि आवश्यकता महसुस फरक ढङ्गले भएको बताउँदै हुबहु पारित नभए प्रतिस्थापन विधेयकमार्फत संसदीय प्रक्रियामा जाने र पारित हुने तर्क गरे।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कारणले अहिलेको काँग्रेस एमालेको गठबन्धन बनेको उनको भनाइ छ । उनले फरक प्रसङ्गमा हरेक परिस्थितिलाई नेपालीले राजनीतिसँग जोडेर गाली गर्ने परम्परा बढ्दै गएकोमा चिन्ता प्रकट गरे ।
उनले लोकतन्त्रमा वाक् स्वतन्त्रतालाई पूर्व राजाले उच्चतम प्रयोग गरेको बताउँदै राजसंस्था फर्काउने अभिव्यक्तिलाई राजनीतिक दलले प्राथमिकता नदिएको बताए।
रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २४ गते, २०८२ - १४:२२
काठमाडौं। जनमत पार्टीका अध्यक्ष सीके राउत संसदीय राजनीतिमा आएको छोटो समयमै रोकिन पुगेका छन्। राउतलाई रोक्दै रास्वपाका रामजी यादव सप्तरी–२ बाट निर्वाचि...
फाल्गुन २४ गते, २०८२ - १४:०८
इलाम। इलाम निर्वाचन क्षेत्र – १ मा जारी मतगणनामा नेकपा एमालेका काजीमान कागतेले अग्रता बढाउँदै गएको छन् । अहिले सम्मको मत परिणाममा इलाम–१ मा एमालेक...
फाल्गुन २४ गते, २०८२ - १४:०१
धरान। सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) फराकिलो मतान्तरले विजयी भएको छन्। राईले ३५ हजार ७ सय ...
फाल्गुन २४ गते, २०८२ - १३:५५
काठमाडौँ। काठमाडौँ उपत्यकाको वायु प्रदूषण बढ्न थालेको छ ।पछिल्ला केही दिनयता मौसम धुम्मिदै जाँदा वायु प्रदूषण पनि बढ्न थालको हो । वातावरण विभागका म...
फाल्गुन २४ गते, २०८२ - १३:४१
रौतहट। रौतहट क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रबिन्द्र पटेल भारी मतान्तरले विजयी भएको छन् । उनी आफ्ना निकटम प्रत...
फाल्गुन २४ गते, २०८२ - १३:२७
बर्दिया। बर्दियाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ मा भारी मतान्तरले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार श्रीधर पोखरेल अगाडि बढेको छन् । उन...
फाल्गुन २४ गते, २०८२ - १३:२२
हेटौँडा। मकवानपुर क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रकाश गौतम प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको छन्। प्रदेश नि...
फाल्गुन २४ गते, २०८२ - १२:४२
काठमाडौं। गत भदौमा नेपालमा भएको जेनजी आन्दोलनसँग सम्बन्धित घटनाहरू र सरकारी पक्षको दमनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन प्रधानमन्त्...
फाल्गुन २४ गते, २०८२ - १२:२२
बाजुरा। बाजुरा जिल्लामा नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरी विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार लालबहादुर थापालाई ५...
फाल्गुन २४ गते, २०८२ - १२:०३
ललितपुर। प्रतिनिधिसभा सदस्य निर्वाचनमा ललितपुर क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदावर जगदीश खरेल भारी मतका साथ विजयी भएको छन...



प्रतिकृया लेख्नुहोस्: