पाल्पा । आगामी चैत ५ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनका लागि पाल्पाका चार क्याम्पसमा १३ वटा सङ्गठन दर्ता भएका छन् ।
आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचनका लागि सङ्घ, सङ्गठन र समूह दर्ता गर्ने समय निर्धारण गरिएको थियो ।
सबैभन्दा धेरै मतदाता रहेको त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा पाँच सङ्गठन र एउटा समूहले दर्ता गरेका छन् । यहाँ नेपाल विद्यार्थी सङ्घ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन, (क्रान्तिकारी), अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (समाजवादी), अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन, (छैटौं) र विएसी स्वतन्त्र विद्यार्थी समूहले दर्ता गरेको क्याम्पस प्रमुख टङ्कप्रसाद पन्थले जानकारी दिए । यहाँ दुई हजार मतदाता रहेका छन् ।
यहाँको सहिद बहुमुखी क्याम्पस रामपुरमा तीन वटा सङ्घरसङ्गठन दर्ता भएका छन् । यहाँ करिब सात सय मतदाता रहेका छन् ।
यसैगरी माण्डव्य बहुमुखी क्याम्पस दकमडामा दुई र उद्वुद्ध कलेज पूर्वखोलामा दुई सङ्गठन दर्ता भएका छन् ।
चुनाव आउन १५ दिन मात्र बाँकी रहँदा यहाँका क्याम्पसमा विभिन्न विद्यार्थी सङ्गठनले चुनाव केन्द्रित गतिविधि गरिरहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - १७:०१
इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...
पौष १३ गते, २०८२ - १०:३८
सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...
पौष १३ गते, २०८२ - १०:३२
गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...
पौष १२ गते, २०८२ - ०८:५२
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...




प्रतिकृया लेख्नुहोस्: