Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

राप्रपाको नेपालगञ्जमा बृहत मोटरसाइकल र्‍याली

खबरडबली संवाददाता

नेपालगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा आन्दोलन परिचालन समितिको संयोजक डा. धवल शम्शेर राणाले राजसंस्था र सनातन हिन्दु अधिराज्य स्थापनाको लक्ष्य प्राप्त नगरेसम्म जारी अभियान नरोकिने बताएका छन् ।

‘हामी सबैले प्रण गरौं, राजा सहितको प्रजातन्त्र र विश्वको एक मात्र हिन्दु राष्ट्रको रुपमा रहेको नेपाललाई सोही अवस्थामा नफर्काएसम्म हामी विश्राम लिने छैनौं,’ महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक राणाले राप्रपाले नेपालगंजमा आयोजना गरेको बृहत मोटरसाइकल र्‍यालीलाई सम्बोधन गर्दै सोमबार भने ।

‘विदेशीको पैसा र प्रभावमा नेपाललाई धर्म निरपेक्ष बनाइएको कुरा अब स्पष्ट भइसकेको छ । अमेरिकी राष्ट्रपतिबाट खुलासा भएको कुरा यस मानेमा सान्दर्भिक छ । अमेरिका र नेपाल दुबैतर्फ भ्रष्टाचार भएको कुरा राष्ट्रपति डोनाल्ड ट्रम्पबाट सार्वजनिक भइसकेको छ ।’

देश संकटमा परेको हुनाले देशलाई जोगाउन सबै राजसंस्थावादी, सनतान हिन्दु अधिराज्य पक्षधर, गणतन्त्र, संघीयता र भ्रष्टाचार विरोधी सबै एकजुट हुन महामन्त्री राणाले आह्वान गरे ।

पूर्वराजा ज्ञानेन्द्रले जनतालाई साथ दिन आह्वान भइसकेको सन्दर्भमा राष्ट्र बचाउन सबै नेपाली जनता अघि बढ्नु पर्ने राणाको जोड थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले भने, ‘तपाईको छोराछोरी, नाति नातिनी, भावी सन्ततिको त कुरै छाडिदिनुुस्, देशकै भविष्य झन् झन् संकटमा पर्ने अवस्था स्पष्ट भइसक्यो । त्यसैले व्यक्ति विशेष र व्यक्तिगत विचारका लागि नभएर, देशको हित र आवश्यकताका लागि राजसंस्था अपरिहार्य बनेको हो ।’ उनले भने, ‘नेपालको हकमा हामीले जसरी राजसंस्था फ्याक्यौं, त्यसले निम्त्याएको भाँडभैलो वयान गरेर साध्य छैन । यसबारेमा तपाई हामी सबै जानकार छौं ।’

राप्रपाले फागुन महिनाभरी सातै प्रदेशका प्रमुख शहरहरुमा मोटरसाइकल र्‍याली र सार्वजनिक सभाहरु संचालन गर्ने र चैत महिना काठमाडौं केन्द्रीत आन्दोलन गर्ने कार्ययोजना तय गरेको छ ।

राप्रपाका नेता दिपक सिंहले देश बर्बादीतर्फ उन्मुख हुनुमा कांग्रेस, एमाले, माओवादीका कार्यकर्ताको कुनै दोष छैन, दोष सबै ती पार्टीका नेताहरुको हो भने ।

राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही भने, गणतन्त्रको समयकालमा छिमेकी राष्ट्रहरुले विकासको फड्को मारेको देखिन्छ भने नेपाल पछौटेपनको शिकार भएको छ । रोजीरोटीका लागि नेपालीहरु विदेशिनु बाध्य छन्, त्यसैले यस किसीमको अवस्था परिवर्तन गर्न व्यवस्था बदल्नु आवश्यक भएको उनले बताए ।

राप्रपा नेपालका सहमहामन्त्री हिक्मत ढकालले देशमा राजसंस्था पूनःस्थापनाको विकल्प नभएको बताए । नेपाल शिव सेनाका अध्यक्ष किशोर लामाले जिल्ला जिल्लाबाट तयारी सुरु गरेर निर्णायक तहमा केन्द्र घेर्ने बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पम्फा भुसालको रणनीतिक निर्णय: युवा नेतृत्वलाई मौका दिन चुनावमा नउठ्ने

ललितपुर  । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...

जनयुद्ध, गणतन्त्र र जेन जेड: इतिहास, जिम्मेवारी र भविष्य

इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे

सुनको मुल्यले आजपनि बनायो कीर्तिमान, तोलामै २ लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा  दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...

प्रतिनिधिसभा निर्वाचनमा १ करोड ८९ लाखभन्दा बढी मतदाता, आयोगले अन्तिम नामावली सार्वजनिक गर्‍यो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...

बस्नेतको बाह्रबिसे कदम टिकट सुरक्षित गर्ने रणनीति कि दबाबको राजनीति ?

सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...

नेपाललाई भूराजनीतिक द्वन्द्वमा फसाउने दोस्रो चरणको तयारी हुँदैछः एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...

समानुपातिकतर्फको बन्द सूची आजदेखि पेस हुँदै, आयोगको तयारी पूरा

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...

आगोको रापबाट व्यवसायतर्फ : आरानमै जीवन बिताएका ताराबहादुरको संघर्ष कथा

गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...

अकबरे खुर्सानी कालीमाटीमै ४०० रुपैयाँ केजी, अन्य तरकारी–फलफूलको थोक मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...

को–को हुन् प्रतिनिधिसभा निर्वाचनका लागि अस्थायी मतदाता ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending