काठमाडौं । मोरङ प्रहरीले लागुऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मोरङ लेटाङ नगरपालिका-३ का ४० वर्षीय नवीन तामाङ, भारत बिहार अररिया थाना फारबिसगन्ज-७ का २८ वर्षीय अर्जुन मल्लिक र विराटनगर महानगरपालिका-१७ का १९ वर्षीय साइनम गुरुङ रहेका छन्।
उनीहरूलाई इलाका प्रहरी कार्यालय रानी, इलाका प्रहरी कार्यालय रानी (सीमा) र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले विराटनगर-१५ चाइना मार्केटबाट सोमबार अपराह्न साढे ४ बजे पक्राउ गरेको हो।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नारायण चिमरियाका अनुसार उनीहरूको साथबाट ४०.१४ ग्राम ब्राउनसुगर बरामद भएको छ।
उनीहरूको साथबाट दुई थान मोबाइल प्रहरीले बरामद गरेको छ। तीनै जनालाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखेर अनुसन्धान थालिएको चिमरियाले बताए।
ब्राउनसुगर उच्चकोटीको लागुऔषधमध्ये पर्छ। पछिल्लो समय नेपालमा अफिम र गाँजा खेती मौलाएको छ। सो गाँजा र अफिम भारत तस्करी हुने गरेको छ।
‘भारतीय बजार नजिक पर्ने र ब्राउनसुगरको कारोबार उच्च हुने सम्भावनालाई मध्यनजर गर्दै हामीले लागुऔषध नियन्त्रण विशेष अभियान नै चलाएका छौं,’ प्रहरी उपरीक्षक चिमरियाले भने।
लागुऔषध प्रयोग, उत्पादन र बिक्री वितरणले आजको समाजलाई नराम्रोसँग बिथोलेको छ। विशेषगरी युवा-पिँढी यसबाट बढी आक्रान्त भएको देखिन्छ।
शैक्षिक असफलता, पारिवारिक बिखण्डन, आर्थिक अभाव, साथीहरूको लहलहैमा लागेर वा डिप्रेसनको कारणले लागुऔषधको प्रयोग गर्ने र बिक्री वितरणमा संलग्न हुने गरेको पाइएको छ।
'लागुऔषध तस्करी, ओसार-पसार तथा नियन्त्रणमा मोरङ प्रहरीले आक्रामक कारबाही गरिरहेको छ, लागुऔषध कारोबार तथा नियन्त्रणमा अभियान नै चलाएका छौं,' प्रहरी उपरीक्षक चिमरियाले भने, 'सोही अभियान अन्तर्गतको कारबाहीमा भारतीय र नेपाली पक्राउ परेका छन्, हामी अनुसन्धान गरिरहेका छौं।'
ब्राउनसुगर भारतीय बजार हुँदै नेपाल तस्करी हुने गरेको छ। नेपालबाट अवैध रुपमा निकासी गरिने गाँजा, चरेस र अफिम प्रशोधन गरी भारतमा ब्राउनसुगर बन्ने गरेको छ।
त्यही ब्राउनसुगर नेपाली बजारमा पुन: ल्याएर महंगो मूल्यमा बिक्री गर्ने समूह सक्रिय छ। यसमा भरियाहरू बढी संख्यामा पक्राउ परिरहेका छन्।
नेपाली कारोबारीहरू भारतीय बजारमा गई ब्राउनसुगर किनेर नेपाल फर्किने गरेका छन्। उनीहरूले महंगो मूल्यमा ब्राउनसुगर नेपालमा बेच्ने गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - १७:०१
इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...
पौष १३ गते, २०८२ - १०:३८
सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...
पौष १३ गते, २०८२ - १०:३२
गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...
पौष १२ गते, २०८२ - ०८:५२
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...




प्रतिकृया लेख्नुहोस्: