काठमाडौं । आसन्न त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि सङ्गठन दर्ताको क्रम जारी छ । हिजोबाट सुरु भएको सङ्घ सङ्गठन दर्ताको प्रक्रिया आज समेत जारी छ । स्ववियु निर्वाचन कार्यतालिका अनुसार सोमबार मात्रै सङ्घ सङ्गठन दर्ता हुने थियो । तर, कतिपय ठाउँमा झडप तथा विवादका कारण निर्वाचन प्रक्रिया नै स्थगित भएको थियो । निर्वाचन प्रक्रिया स्थगित भएका र सुरु नै नभएका क्याम्पसहरूमा आज पनि सङ्घ सङ्गठन दर्ताको क्रम जारी छ ।
अहिलेसम्म अनेरास्ववियुको तर्फबाट देशभरका ३५२ क्याम्पसमा सङ्गठन दर्ता भएको छ । उपाध्यक्ष नारायण घर्तीका अनुसार चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि देशभरका ३५२ क्याम्पसमा अनेरास्ववियुको सङ्गठन दर्ता भएको हो ।
नेपाल विद्यार्थी संघको तर्फबाट अहिलेसम्मको रेकर्ड अनुसार ३१० क्याम्पसमा सङ्गठन दर्ता भएको छ । नेविसंघ प्रवक्ता सुरज सेजुवालले विभिन्न क्याम्पसहरूबाट विवरण प्राप्त नभइसकेको र हालसम्म ३१० क्याम्पसको रेकर्ड केन्द्रमा आइपुगेको बताए ।
कतिपय सामुदायिक क्याम्पसमा आज पनि दर्ता कार्य जारी रहेको छ । जसले गर्दा स्ववियु निर्वाचन हुने क्याम्पसहरूको सङ्ख्या बढ्नेछ । सङ्गठन दर्ताको लागि तोकिएको दिन मात्रै हुनुपर्छ भन्ने छ । त्यसका लागि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले क्याम्पसको निर्वाचन समितिले आवश्यकता आधारमा समय थप गर्ने सक्नेछ । सोही आधारमा कतिपय क्याम्पसहरूमा आज समेत सङ्घ सङ्गठन दर्ताको प्रक्रिया जारी छ ।
अखिल क्रान्तिकारी, अनेरास्ववियू, अखिल (क्रान्तिकारी) बहुमत, अखिल छैटौँ, समाजवादी विद्यार्थी युनियन, अखिल समाजवादी, अखिल (क्रान्तिकारी)वैद्य, प्राज्ञिक विद्यार्थी परिषद्, लोकतान्त्रिक विद्यार्थी सङ्घ, नयाँ शक्ति विद्यार्थी युनियन, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन, स्वतन्त्र क्रान्तिकारी विद्यार्थी समूह, स्वतन्त्र विद्यार्थी समूह लगायतका विद्यार्थी सङ्घ सङ्गठनको तर्फबाट दर्ता भएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...
पौष १३ गते, २०८२ - १०:३८
सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...
पौष १३ गते, २०८२ - १०:३२
गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...
पौष १२ गते, २०८२ - ०८:५२
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...
पौष १२ गते, २०८२ - ०८:२३
अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...




प्रतिकृया लेख्नुहोस्: