काठमाडौं । थापाथलीमा आज बिहान खानेपानीको पाइप फुट्दा करिब पाँच लाख लिटर पानी खेर गएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले जनाएको छ ।
यसअघि माघ ३० गते बबरमहलमा मेलम्चीको पानी वितरण गरिएको पाइप फुट्दा १० लाख लिटर पानी खेर गएको थियो । यसपटक भने समस्या समाधान छिटो गरिएको छ । बबरमहलमा नेपाल विद्युत् प्राधिकरणका कारण पाइप फुटेको लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिए ।
पाइप फुटेको थप कारणका बारेमा अध्ययन भइरहे पनि प्रारम्भिक रुपमा पानीको चाप धेरै भएकाले फुटेको हुनसक्ने उनले बताए । बिहान पाइप फुटेदेखि लिमिटेडको प्राविधिक समूहले थापाथली क्षेत्रमा अध्ययन गरिरहेको छ । त्यहीँबाट लगिएको फोहर पानीको पाइप पनि बिग्रिएको अवस्थामा भेटिएको प्रवक्ता राईले बताए ।
पाइप खरिद गर्दा ‘थर्ड पार्टी इन्स्पेक्सन’ गरेर ल्याएको लिमिटेडले जनाएको छ । मानवीय कारणले केही समस्या भएको भए त्यसलाई सच्याइने जनाइएको छ ।
थापाथलीमा फुटेको पाइपलाई अहिले लिमिटेडले व्यवस्थापन गरिसकेको छ । त्यस क्षेत्रमा केही दिनमा पूर्ववत् अवस्थामाझैँ पानी वितरण गरिने प्रवक्ता राईले बताए । यसका लागि लिमिटेडको प्राविधिक समूहले अहिले पाइप फुटेको थापाथली क्षेत्रमा काम गरिरहेको छ ।
खानेपानीसँग सम्बन्धित बाहेकका सरकारी निकायले सडक खन्दा समन्वय नगर्दा धेरै ठाउँका पाइपमा समस्या हुने गरेको छ । कहिलेकाहीँ पानीको चापले पनि पाइपमा समस्या हुने गरेको लिमिटेडले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २८ गते, २०८२ - २१:५३
भोजपुर । सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । हरिय...
चैत्र २८ गते, २०८२ - २१:४५
नुवाकोट । आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ । आफैँले काटेको रुखले लागेर सोही स्थानका ३५ वर्षीय प्रेम त...
चैत्र २८ गते, २०८२ - २१:४२
ललितपुर। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीको सदस्यता शुल्क एक सय रुपैयाँ भएको बताएका छन्।ललितपुरमा आयोजित पार्टीको भेलालाई सम...
चैत्र २८ गते, २०८२ - २१:३१
दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा...
चैत्र २८ गते, २०८२ - २१:२९
नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । ...
चैत्र २८ गते, २०८२ - २०:०६
निजी अस्पतालको शुल्क नियन्त्रण गर्न स्तरीकरणको व्यवस्था
चैत्र २८ गते, २०८२ - १९:५७
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले पूर्वप्रधानमन्त्री लगायत उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग गर्दै आफू त्यसक...
चैत्र २८ गते, २०८२ - १९:५५
काठमाडौं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ। नवलपरासी पश्चिम, सुनवल नगरपालिका-२ मुखिया टोलबाट अवैध लागूऔ...
चैत्र २८ गते, २०८२ - १९:५१
दाङ । यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि रुपन्देहीले हात पारेको छ। आज सम्पन्न फाइनल खेलमा पाल्प...
चैत्र २८ गते, २०८२ - १९:४५
प्रधानमन्त्रीको निर्देशनमा दुई दिन चले, फेरि विमानस्थलतिर मोडिए


प्रतिकृया लेख्नुहोस्: