Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

माझि समुदायले धुमधामका साथ मनाए कोशी पुजा

खबरडबली संवाददाता

उदयपुर । माझि समुदायले धुमधामका साथ मंगलवार कोशी (लदी) पुजा गरेको छ । उदयपुरको माझि समुदायले बिभिन्न खोला तथा नदि किनारामा कोशी (लदी) पुजा गरेका छन । अति सिमान्तकृत माझी समुदायको आफ्नो सबै भन्दा ठुलो पर्वको रुपमा कोशी (लदी)पुजा गरेका हुन ।

माझी समुदायले मनाउने कोशी ९लदी० पुजा सबै भन्दा ठूलो पर्व हो । माझी भाषामा लदी भन्नाले कोशी भन्ने बुझिन्छ । कोशी पुजालाई माझीहरुले लदी पुजा भन्ने गर्दछन् । माझि समुदायले हरेक वर्षको फागुन महिनाको तेश्रो मंगलबार माझीहरुले यो पर्व मनाउँदै आएका छन् । माझीहरुले तेश्रो मंगलबारलाई साईली मंगलबार भन्दछन् । माझी समुदायले साईली मंगलबारलाई शुभ दिनको रुपमा लिने गरेको माझी समुदायको जेष्ठ नागरिकहरु बताउँछन् ।

नदि किनारमा बसोबास गर्ने माझि समुदाय आफुहरु पानी भन्दा अगाडी जन्म भएको किम्बदन्ती रहेको बताईन्छ । माझी समुदायको पुर्खौली थलो कोशी किनारहरु हो । विशेष गरी पानीको पुजा गर्ने भएकाले पनि यो समुदायले कोशी पुजालाई ठूलो पर्वको रुपमा लिने गर्दछन् । लदी पुजाका दिन सामुहिक रुपमा माझीहरुले नजिकैको नदी किनारमा महादेव, मसान, बज्रको साथै ठूलो कोशीको पुजा गर्दछन् । बज्रको पुजा गर्दा घरमा चट्याङ्गले नहान्ने जनविश्वास रहँदै आएको माझी समुदायहरुको भनाई छ । पुजामा राँगा, बोका, सुँगुर, कुखुरा, अण्डा लगायतका फुल अक्षताले पुजा गरिने माझी समुदायका पुजारीहरु बताउँछन् ।

सामुहिक रुपमा चेलीबेटी, कुलकुटुम्ब भेला भई भोज खाँदै दुःख सुःख बाँड्ने प्रचलन रहेको छ । त्यसैगरी पुजामा समुदायको हित हुन सकोस भन्दै प्रकृतिलाई पुजा गर्ने चलन छ । किन्बदन्ती अनुसार माझीको जन्मपछि पानीको जन्म भएको र माछा मार्न दुवाली छेक्दा कोशी नछेकिएपछि रगतको बली दिई माछा मार्न सफल भएको लोक कथा रहेको माझी अगुवाहरुको भनाई छ ।

माझी समुदायले आफ्नो ठूलो पर्व लदी अर्थात कोशी पुजालाई राष्ट्रिय पर्वको मान्यता दिनु पर्ने माग राखेको भएता पनि सरकारले आफुहरुको माग सम्बोधन नगरेको नेपाल माझि उत्थान संघ उदयपुरका सचिब दिपक माझिले बताए । अति सिमान्तकृत समुदायको संस्कृतिको जगेर्नामा सरकारले चासो नदिएको नेपाल माझी उत्थान संघ जिल्ला कार्य समिति उदयपुरका सचिव माझी बताउँछन् । पूर्वको सुनसरीस्थित सप्तकोशी, सिरहा, सप्तरी, रामेछाप, सिन्धुली, उदयपुरका माझीहरुले विभिन्न नदीहरुमा नियमित कोशी (लदी) पुजा गर्ने गरेको छ ।

माझी समुदायको यो पर्वलाई राष्ट्रिय पर्वको मान्यता दिनु पर्ने उनीहरुको माग रहेका छन् । २०७८ को जनगणना अनुसार माझी जातिको जनसंख्या १,११,३५२ अर्थात ०.३८ प्रतिशत रहेको छ । जसमा ५४,७८३ पुरुष र ५६,५६९ महिला रहेका छन् । मातृभाषा बोल्ने मानिसको संख्या भने ३२,९१७ रहेको छ । नेपाल माझी उत्थान संघ उदयपुरका अनुसार माझी प्रकृति पुजक धर्म मान्ने जाति रहेको जनाएको छ ।

माझि समुदायले कोशी पुजा, बेलका नगरपालिका– ८, ७, त्रियुगा नगरपालिका– ७ चुहाडे झोलुङ्गे पुल, उदयपुरको कटारी नगरपालिका–२ स्थित कमला नदीमा कोशी लदी पुजा गर्दै माझी समुदायले विविध साँस्कृतिक कार्यक्रमका साथ यो पर्व मनाएको नेपाल माझी उत्थान संघ कटारीका संयोजक राजकुमार माझीले बताए ।

लदी पुजा माझी समुदायको महान चाड हो । यस दिन यो समूदायले आ–आङ्खनो भेषभुषा र पहिरनमा सजिएर कोशी महारानीको पुजा गर्दै विभिन्न माझी भाषाका गीतहरु गाउँदै नाच्ने गर्छन । सिमान्तकृत माझी जाति प्रति पनि राज्यको ध्यान जाओस भन्ने उदेश्यका साथ लदी पुजालाई औपचारिक रुपमा मनाउदै आइरहेको जनाएका छन ।

कोशी पूजा अर्थात लदि पूजा नेपालमा बसोबास गर्ने समस्त माझी जातिको प्रमुख चाड हो । कोसी पूजा भन्नाले खोला, नदी अथवा पानीलाई गरिने पूजालाई जनाउँछ । यो पर्व प्रत्येक वर्ष फागुन महिनाको तेश्रो मङ्गलबार मनाउने गरिन्छ । यो पर्वको दिन सबै मानिसहरूले नुहाउने, घर लिप–पोत गरी सफा राख्ने गरिन्छ । त्यसपछि आ–आफनो घरबाट नजिकको खोलामा सबै मानिसहरू भेला भई समूहमा यो पर्व मनाउने गरिन्छ । यो दिनमा नदिलाई विशेष रूपले पूजा गरिन्छ ।

पूजामा विशेष बिधिबाट तयार गरिएको थानमा सुँगुर, भैंसी, कुखुरा, हाँस र परेवा गरि पाँच प्रकार जीवको बलि चढाउने गरिन्छ । जसलाई पञ्चबलि पनि भनिन्छ । यो पञ्चबलिको साथ थानमा फुल–अक्षता र भेटी पनि चढाउने गरिन्छ । यो दिनमा आङ्खना आफन्तहरू बिच शुभकामना आदानप्रदान पनि गर्ने गरिन्छ । साथै यो दिन नाचेर, गाएर रमाइलो गर्ने प्रचलन रहेको नेपाल माझी उत्थान संघले जनाएको छ ।

माझी जातिहरू परापूर्वक कालदेखि नेै खोलाको किनारमा बसि माछा मार्ने, डुङ्गा (नाउ)मा राखि मानिसहरूलाई खोला तारि दिने कार्य गर्दथे । उनीहरू सँधै खोलाको नजिक हुने, खोलामै बस्ने, खोलामा नै आश्रीत हुने भएकाले खोलालाई र पानीलाई भगवान मान्दथे र पूजाआजा गर्दथे । त्यस कारण आज पनि माझी जातिहरूले त्यो परम्परालाई मनाउदै आएका छन् ।

माझी जातिहरूको उल्लेख्य बसोबास भएको क्षेत्रका नजिक रहेका खोलाहरु सप्तकोसी, दुधकोसी, तामाकोसी, अरुण, तमोर, कन्काई, त्रियुगा, कमला आदि जस्ता नदि–किनारमा यो पर्व मनाउने गरिन्छ । यो कोसी–पूजालाई लदिपूजा, पानी पूजा पनि भन्ने गरिन्छ । यसरी नदिपूजा गर्नाले बालीनाली राम्रो हुने, समयमा पानी पर्ने, घरपरिवारमा सुख शान्ति छाउनेमा माझी जातिको जनविश्वास रहि आएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आन्तरिक पर्यटकको रोजाइमा भोजपुर–बेहेर नागबेली सडक

भोजपुर । सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । हरिय...

आफैँले काटेको रुखले लागेर १ जनाको मृत्यु, २ जना घाइते

नुवाकोट । आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ । आफैँले काटेको रुखले लागेर सोही स्थानका ३५ वर्षीय प्रेम त...

जीवनमा मूल्य र महत्त्वको फरक छुटाउन सक्नुपर्छः हर्क साम्पाङ

ललितपुर। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीको सदस्यता शुल्क एक सय रुपैयाँ भएको बताएका छन्।ललितपुरमा आयोजित पार्टीको भेलालाई सम...

तनहुँको गाछेपानीमा गाडीको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा...

बाँकेमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । ...

स्वास्थ्य क्षेत्रमा आमूल सुधारको प्रस्ताव

निजी अस्पतालको शुल्क नियन्त्रण गर्न स्तरीकरणको व्यवस्था

सम्पत्ति छानबिनका लागि तयार छु, सरकारले काम गरेको देखेन: वामदेव गाैतम

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले पूर्वप्रधानमन्त्री लगायत उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग गर्दै आफू त्यसक...

विभिन्न स्थानबाट लागू‌औषधसहित १७ जना पक्राउ

काठमाडौं । देशका विभिन्न स्थानबाट लागू‌औषधसहित प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ। नवलपरासी पश्‍चिम, सुनवल नगरपालिका-२ मुखिया टोलबाट अवैध लागूऔ...

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रुपन्देहीलाई

दाङ । यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि रुपन्देहीले हात पारेको छ। आज सम्पन्न फाइनल खेलमा पाल्प...

लुम्बिनीका विद्युतीय बसमा स्वार्थको छायाँ

प्रधानमन्त्रीको निर्देशनमा दुई दिन चले, फेरि विमानस्थलतिर मोडिए

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending