पोखरा । तनहुँको भीमाद नगरपालिका वडा नम्बर २ धरमपानीबाट ३६ वर्षीय महेश सुवेदी बेपत्ता भएपछि खोजीका लागि परिवार तथा आफन्तले अपिल गरेका छन् । घरमा सुतिरहेका सुवेदी फागुन १७ गते बिहान एकाएक बेपत्ता भएका हुन् ।
उनको खोजीका लागि परिवार तथा आफन्तले जिल्ला प्रहरी कार्यालय तनहुँमा निवेदनसमेत दिएका छन् । राति ठूलोबुवाको घरमा सुतेका महेश बिहान कोठामा हेर्दा नदेखेपछि परिवारले खोजी थालेका थिए ।
उनी बिहान सवा ५ बजे सम्पर्कमा आएको र त्यतिबेला आफू ‘कहाँ छु भन्ने थाहा नभएको’ बताएलगत्तै मोबाइल अफ भएको महेशका दाजु तथा वडा नम्बर २ का सचिव गोपालकृष्ण सुवेदीले जानकारी दिए ।
‘राति सँगै सुतेका भाइ बिहान कोठामा हेर्दा थिएनन् र लगत्तै फोन गर्दा सवा ५ बजे भएको थियो । उनले म कहिले गगनगौंडा त कहिले हेमजामाथि जंगलमा भएको र पछि आफू कहाँ छु भन्ने थाहा नपाएको बताएका थिए,’ वडासचिवसमेत रहेका दाजु गोपालकृष्णले भने, ‘मोबाइल अफ भएलगत्तै खोजी कार्य थाल्यौं । प्रहरीलाई जानकारीसमेत गरायौं तर उनी अहिलेसम्म भेटिएका छैनन् ।’
महेश हाल कावासोती नगरपालिका वडा नम्बर ३ मध्यविन्दु टोल बस्दै आएका थिए । उनी भतिजहरुको व्रतबन्धमा धरमपानी पुगेका थिए । सोही बेला सुवेदी बेपत्ता भएको र पाँच दिन भइसक्दा पनि परिवार तथा आफन्तको सम्पर्कमा नआएपछि खोजीका लागि हारगुहार गरिएको भाइ दिनेश सुवेदीले बताए ।
प्रहरीले मोबाइलको लोकेसेन ट्रयाकिङ गर्दा तनहुँ, स्याङ्जा र पाल्पाको सीमा क्षेत्र स्याङ्जाको साँखर भन्ने ठाउँमा रहेको नेपाल टेलिकमको टावरको सम्पर्कमा देखिएको थियो । प्रहरीका अनुसार सो टावरका उत्तरपश्चिम क्षेत्रमा मोबाइल अफ भएको देखिएको छ ।
परिवार तथा आफन्तले सो क्षेत्रमासमेत खोजी गरिसकेका छन् भने सो क्षेत्रमा कसैले पनि उनलाई नदेखेको बताएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँले छिमेकी जिल्ला र अन्य प्रहरी कार्यालयमा पनि सुवेदीको विवरण पठाएर सर्कुलर गरेको छ ।
उनको कल डिटेल मगाएर लोकेसन विश्लेषण गर्ने काम भइरहेको र अहिले नै उनको एकीन गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
महेश र जेठी छोरी कावासोतीमा तथा स्वास्थ्यकर्मीसमेत रहेकी श्रीमती र कान्छी छोरी लमजुङ बस्दै आएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २८ गते, २०८२ - २१:५३
भोजपुर । सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । हरिय...
चैत्र २८ गते, २०८२ - २१:४५
नुवाकोट । आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ । आफैँले काटेको रुखले लागेर सोही स्थानका ३५ वर्षीय प्रेम त...
चैत्र २८ गते, २०८२ - २१:४२
ललितपुर। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीको सदस्यता शुल्क एक सय रुपैयाँ भएको बताएका छन्।ललितपुरमा आयोजित पार्टीको भेलालाई सम...
चैत्र २८ गते, २०८२ - २१:३१
दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा...
चैत्र २८ गते, २०८२ - २१:२९
नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । ...
चैत्र २८ गते, २०८२ - २०:०६
निजी अस्पतालको शुल्क नियन्त्रण गर्न स्तरीकरणको व्यवस्था
चैत्र २८ गते, २०८२ - १९:५७
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले पूर्वप्रधानमन्त्री लगायत उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग गर्दै आफू त्यसक...
चैत्र २८ गते, २०८२ - १९:५५
काठमाडौं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ। नवलपरासी पश्चिम, सुनवल नगरपालिका-२ मुखिया टोलबाट अवैध लागूऔ...
चैत्र २८ गते, २०८२ - १९:५१
दाङ । यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि रुपन्देहीले हात पारेको छ। आज सम्पन्न फाइनल खेलमा पाल्प...
चैत्र २८ गते, २०८२ - १९:४५
प्रधानमन्त्रीको निर्देशनमा दुई दिन चले, फेरि विमानस्थलतिर मोडिए


प्रतिकृया लेख्नुहोस्: