रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले दाङको घोराही–रोल्पा–रुकुम हुँदै डोल्पा जोड्ने शहीद मार्गको बजेटमा सरकारले कैंची चलाएकामा आपत्ति जनाएका छन् ।
गृह जिल्ला रोल्पाको होलेरीमा बुधबार आयोजित शहीद मार्ग सरोकार कोणसभामा बिहीबार बोल्दै पुनले सरकारले राजनीतिक पूर्वाग्रह र प्रतिशोध साँधेर शहीद मार्ग कालोपत्रेका लागि चालु आर्थिक वर्षमा विनियोजित बजेट कतौटी गरिएको बताए ।
दाङ–रोल्पा–पूर्वी रुकुम, पश्चिम रुकुम–डोल्पा हुँदै उत्तर छिमेकी चीनको सीमा क्षेत्रसम्म जोड्ने सडकको रकम कटौती गरेर सरकारले ती जिल्लाका जनतालाई हेपेको टिप्पणी पुनले गरे ।
‘संयोगले हाम्रो अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा म आफैं अर्थमन्त्री भएँ । बजेटमा नामै तोकेर शहीद मार्गको घोराही–होलेरी ३१ किलोमटर कालोपत्रेका लागि १ अर्ब २५ कोड विनियोजन गरेको थिएँ । संसदले पास गरेको थियो’, पुनले भने, ‘केपी ओली नेतृत्वमा काँग्रेस र एमाले सरकार बनेपछि टेण्डरको प्रक्रिया अगाडि बढाइएन । ६८ करोड रुपैयाँ रकमान्तर गरेर अन्यत्रै आयोजनामा सारिएको छ । विकासको काममा भएको यो प्रतिशोध र रानजीतिक पूर्वाग्रहप्रति म निन्दा गर्न चाहन्छु ।’
पुनले बजेट विनियोजन हुनुअघि आफूसहित जनपतिनिधिमाथि प्रश्न गर्ने काँगे्रस र एमाले नेताहरु आफ्नै सरकारले बजेट कटौती गर्दा एक शब्द नबोलेको भन्दै आपत्ति जनाए ।
उनले दाङ, रोल्पा, रुकुम र डोल्पामा माओवादी मात्र नभई काँग्रेस, एमाले र राजनीतिमा संलग्नै नभएका जनतासमेत रहेको भन्दै कसैसँगको राजनीतिक प्रतिशोध विकासका काममा हुन नहुनेमा जोड दिए ।
‘शहीद मार्गले छुने जिल्लाहरुमा माओवादी मात्र छैन । कांग्रेस होलान्, एमाले होलान् । राजनीतिमा संलग्नै नभएका जनता पनि होलान् । सरकारले यस क्षेत्रका जनताप्रति प्रतिशोध साँधेको छ’, पुनले भने, ‘सडक निर्माण भएन भनेर मलगायत जनप्रनितिनिधिहरुका विषयमा प्रश्न गर्ने काँग्रेस र एमालेका यो क्षेत्रका नेताहरु आफ्नो सरकारले बजेट ककटौती गर्दा एक शब्द नबोलेको सुन्दा आश्चर्य लागेको छ ।’
पुनले घोराही–होलेरी–घर्ती गाऊँ–दुई खोली–थवाङबाट पहाडी लोकमार्ग हुँदै रुकुमको हुकाम–मैकोट र दीर्घकालिन रुमपा डोल्पाबाट छिमेकी चीनको सीमासम्म जोड्ने लक्ष्य रहेको उक्त सडक सो क्षेत्रका जनताको जीवन रेखा भएको बताए ।
शहीद मार्ग निर्माण भएसँगै ती क्षेत्रमा किसानले उत्पादन गरेका कृषि उपजले बजार पाउन थालेको, पर्यटन प्रवद्र्धनलाई टेवा पुगेको तथा सर्वसाधारण उपभोक्ताले बजारबाट उपभोग्य वस्तुको आयात गर्न सहज भएको औंल्याए ।
बजेट कटौती गरिएको विषयमा आफूले संसदमै विरोध गरेर ध्यानकर्षण गराउँदा पनि सरकारले नसुनेको पुनले बताए ।
उनले आगामी आर्थिक वर्षमा बहुवर्षीय योजनमा समावेश गरेर शहीद मार्गका लागि रकम विनियोजन गर्न प्रधानमन्त्री केपी ओली, अर्थमन्त्री विष्णु पौडेल र भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहालको ध्यानाकर्षण गराए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २८ गते, २०८२ - २१:५३
भोजपुर । सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । हरिय...
चैत्र २८ गते, २०८२ - २१:४५
नुवाकोट । आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ । आफैँले काटेको रुखले लागेर सोही स्थानका ३५ वर्षीय प्रेम त...
चैत्र २८ गते, २०८२ - २१:४२
ललितपुर। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीको सदस्यता शुल्क एक सय रुपैयाँ भएको बताएका छन्।ललितपुरमा आयोजित पार्टीको भेलालाई सम...
चैत्र २८ गते, २०८२ - २१:३१
दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा...
चैत्र २८ गते, २०८२ - २१:२९
नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । ...
चैत्र २८ गते, २०८२ - २०:०६
निजी अस्पतालको शुल्क नियन्त्रण गर्न स्तरीकरणको व्यवस्था
चैत्र २८ गते, २०८२ - १९:५७
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले पूर्वप्रधानमन्त्री लगायत उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग गर्दै आफू त्यसक...
चैत्र २८ गते, २०८२ - १९:५५
काठमाडौं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ। नवलपरासी पश्चिम, सुनवल नगरपालिका-२ मुखिया टोलबाट अवैध लागूऔ...
चैत्र २८ गते, २०८२ - १९:५१
दाङ । यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि रुपन्देहीले हात पारेको छ। आज सम्पन्न फाइनल खेलमा पाल्प...
चैत्र २८ गते, २०८२ - १९:४५
प्रधानमन्त्रीको निर्देशनमा दुई दिन चले, फेरि विमानस्थलतिर मोडिए


प्रतिकृया लेख्नुहोस्: