Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

अमेरिका हिँडेका दाङका युवक घानामा अस्ताए

खबरडबली संवाददाता

काठमाडौं ।  अमेरिका हिँडेका दाङका ३८ वर्षीय पूर्णबहादुर डाँगीको घानाको राजधानी आक्रामा बुधबार निधन भएको छ । गैरआवासीय नेपाली संघ घानाका अध्यक्ष विकास सुवेदीका अनुसार डाँगीको होटलमा निधन भएको हो । 

‘उनका साथीले होटलमा हृदयाघात भएर मृत्यु भएको बताएका छन् । पोस्टमार्टम रिपोर्ट आइसकेको छैन,’ उनले भने, ‘मृत्यु भएको खास कारण मृत्यु प्रमाणपत्र आइसकेपछि मात्रै खुल्नेछ ।’उनको शव प्रहरी अस्पतालमा राखिएको छ ।

मलेसियाको रोजगारीबाट फर्केको केही समयपछि डाँगी अमेरिका जान ‘तल्लो बाटो’हिँडेका थिए । उनका आफन्त तोपेन्द्र डाँगीका अनुसार उनी अमेरिका जान घरबाट हिँडेको तीन वर्ष भएको थियो । ‘विभिन्न एजेन्ट हुँदै घाना पुगेको हुन्,’ उनले भने, ‘यसबीच करोडभन्दा बढी खर्च भइसकेको छ ।’

कहिलेदेखि घाना रोकिएको भन्ने विषय खुलिसकेको छैन । उनको शव पठाउन एनआरएनले घाना मामिला हेर्ने इजिप्टस्थित नेपाली दूतावाससँग समन्वय गरेको छ ।

इजिप्टका लागि नेपाली राजदूत सुशील लम्सालले शवलाई छिटो पठाउन सम्बन्धित पक्षसँग अनुरोध गरिएको बताए । ‘हामीले एनआरएन र डाँगीका साथीसँग मृत्युबारे थप सोधखोज भइरहेको छ,’ उनले भने, ‘शव पठाउन लाग्ने खर्च बेहोर्न सम्बन्धित पक्षलाई नै आग्रह गरेका छौं ।’

डाँगीका साथमा अरु नेपाली पनि अमेरिका हिँडेको बुझिएको छ । ‘डाँगीको टोलीमा अरु नेपाली पनि छन् तर, संख्या यकिन भएको छैन,’ गैरआवासीय नेपाली संघ घानाका अध्यक्ष विकास सुवेदीले बताए ।

डाँगीले बोकेको राहदानीको म्याद गत डिसेम्बरबाट नै सकिएको छ । ‘राहदानीको म्याद गुज्रेको दुई महिना भइसकेको छ । यो हेर्दा डाँगीसहितको टोली घानाको ट्रान्जिटमा बसेको धेरै समय भएको देखिन्छ,’ सुवेदीले भने ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आन्तरिक पर्यटकको रोजाइमा भोजपुर–बेहेर नागबेली सडक

भोजपुर । सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । हरिय...

आफैँले काटेको रुखले लागेर १ जनाको मृत्यु, २ जना घाइते

नुवाकोट । आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ । आफैँले काटेको रुखले लागेर सोही स्थानका ३५ वर्षीय प्रेम त...

जीवनमा मूल्य र महत्त्वको फरक छुटाउन सक्नुपर्छः हर्क साम्पाङ

ललितपुर। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीको सदस्यता शुल्क एक सय रुपैयाँ भएको बताएका छन्।ललितपुरमा आयोजित पार्टीको भेलालाई सम...

तनहुँको गाछेपानीमा गाडीको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा...

बाँकेमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । ...

स्वास्थ्य क्षेत्रमा आमूल सुधारको प्रस्ताव

निजी अस्पतालको शुल्क नियन्त्रण गर्न स्तरीकरणको व्यवस्था

सम्पत्ति छानबिनका लागि तयार छु, सरकारले काम गरेको देखेन: वामदेव गाैतम

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले पूर्वप्रधानमन्त्री लगायत उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग गर्दै आफू त्यसक...

विभिन्न स्थानबाट लागू‌औषधसहित १७ जना पक्राउ

काठमाडौं । देशका विभिन्न स्थानबाट लागू‌औषधसहित प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ। नवलपरासी पश्‍चिम, सुनवल नगरपालिका-२ मुखिया टोलबाट अवैध लागूऔ...

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रुपन्देहीलाई

दाङ । यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि रुपन्देहीले हात पारेको छ। आज सम्पन्न फाइनल खेलमा पाल्प...

लुम्बिनीका विद्युतीय बसमा स्वार्थको छायाँ

प्रधानमन्त्रीको निर्देशनमा दुई दिन चले, फेरि विमानस्थलतिर मोडिए

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending