सर्लाही । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तराई–मधेश जागरण अभियानले जनतामा नयाँ आशाको सञ्चार जागेको बताएको छन ।
सर्लाहीको मलङ्गवामा शुक्रबार ‘हुलाकी मार्ग केन्द्रीत जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ कार्यक्रममा बोल्दै उहाँले झापादेखि सर्लाहीसम्म आइपुग्दा वुद्धिजिवी, किसान, मजदुर, मधेशी, दलित, आदिवासीलगायत सम्पूर्ण जनतामा नयाँ आशाको सञ्चार छाएको महशुस गरेको बताएको हो । प्रचण्डले अहिलेको बेथितीको अन्त्यका लागि सबै तह र तप्काका जनता आन्दोलित हुनुपर्ने देखिएको उल्लेख गरे ।
उनले माओवादी केन्द्रले अभियान सुरु गरेपछि सम्पूर्ण राज्यकै ध्यान मधेशतिरै केन्द्रीत भएको उनको दावी छ । माओवादीले तराई–मधेश केन्द्रीत अभियान थालेपछि प्रधानमन्त्री र अन्य ठूला पार्टीका सबै नेता मधेश झरेका प्रचण्डको भनाइ छ ।
बिहीबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओली महोत्तरीमा तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापालगायतका शिर्ष नेता महोत्तरी र रौतहट आइपुगेको थिए। हुलाकी मार्ग केन्द्रीत अभियान चलाएर माओवादीले पूरै मधेश नै प्रभावमा पारिसक्यो भन्ने चिन्ता अन्य दललाई पर्न थालेको प्रचण्डको भनाइ छ ।
मधेशको सबैभन्दा दक्षिणी भागमा रहेका गरिब, दलित, मजदुर, किसानमाथि राज्यले विभेद गरेका कुरा उजागर गर्ने, यहाँको आर्थिक, पर्यटन र कृषिको विकास गर्ने तथा सीमा क्षेत्रको अवस्था अध्ययन गरेर राष्ट्रियरुपमा स्थापित गर्ने उद्देश्यले हुलाकी मार्ग केन्द्रीत अभियान सञ्चालन गरिएको उनले बताए।
प्रचण्डले रोकिएर रहेको पूर्व–पश्चिम हुलाकी सडक आफू प्रधानमन्त्री हुदाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गरेर निर्माणको काम अघि बढाएको दावी गरे ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शुक्रबार सर्लाहीको एक दर्जन बढी स्थानमा पार्टीका नेता, कार्यकर्तालाई सम्वोधन गर्दै हुनुहुन्छ । उहाँले सदरमुकाम मलङ्गवामा आयोजित आमसभामा सर्लाही क्षेत्र नं. १ का निवर्तमान प्रतिनिधि सभा सदस्य एवं भर्खरै जनता समाजवादी पार्टी (जसपा) नेपाल परित्याग गरेका प्रमोद साहलगायतलाई माओवादी केन्द्रमा प्रवेश गराउने कार्यक्रम रहेको छ ।
माओवादीको तराई–मधेश केन्द्रीत अभियानअन्तर्गत सर्लाहीको कार्यक्रम सकेर शुक्रबार साँझ अध्यक्ष प्रचण्डसहित पार्टीका शिर्षस्त नेताहरु रौतहट प्रस्थान गर्ने जिल्ला इन्चार्ज अच्यूतम काफ्लेले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - १६:५३
काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...
पौष ४ गते, २०८२ - १६:४८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...
पौष ४ गते, २०८२ - १६:३१
काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । शुक्रबार घाइते पत्रकारलाई न...
पौष ४ गते, २०८२ - १६:१७
काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्। ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...
पौष ४ गते, २०८२ - १६:०४
काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...
पौष ४ गते, २०८२ - १५:४२
एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन
पौष ४ गते, २०८२ - १५:२४
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...
पौष ४ गते, २०८२ - १५:१०
चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...
पौष ४ गते, २०८२ - १४:५०
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...
पौष ४ गते, २०८२ - १४:४२
काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...




प्रतिकृया लेख्नुहोस्: