Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

वडाध्यक्षमा पराजित जोशीको संसदीय यात्रा

खबरडबली संवाददाता

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगतप्रसाद जोशी कैलाली क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । बझाङको दुर्गम गाउँबाट सुरु भएको जीवनयात्रा अहिले संसद्सम्म पुगेको छ ।

विसं २०४३ असार २८ गते सुदूरपश्चिम प्रदेश बझाङको जयपृथिबी नगरपालिका–२ बाँझगाउँमा जन्मिएका जोशी शिक्षक परिवारका सदस्य हुन् । जोशीले प्रारम्भिक शिक्षा बाँझगाउँस्थित बालविकास प्राथमिक विद्यालयबाट प्राप्त गरे ।

पछि २०५३ पुस ५ गते परिवारसहित कैलालीको घोडाघोडी नगरपालिका–१० पहलमानपुर बसाइँ सरेपछि उहाँले कान्ति राज्यलक्ष्मी माध्यमिक विद्यालयबाट कक्षा ६ देखि १० सम्मको अध्ययन पूरा गरे ।

त्यसपछि सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरबाट आइएससी तथा कैलाली बहुमुखी क्याम्पस धनगढीबाट उच्च शिक्षा अध्ययन गरेका जोशीले घोडाघोडी बहुमुखी क्याम्पसबाट बीए र एमएसम्मको अध्ययन पूरा गरेका छन् ।

जोशीले २०५६ सालदेखि विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए । विभिन्न विद्यार्थी सङ्गठनका पदमा सक्रिय रहँदै सिद्धनाथ विज्ञान क्याम्पसको इकाइ समिति अध्यक्ष, केन्द्रीय पार्षदलगायतका जिम्मेवारी पाएका थिए । राष्ट्रिय जनमोर्चामा आबद्ध भई कैलाली जिल्लामा सदस्य, सहसचिव, सचिव र अध्यक्षसम्मको जिम्मेवारी निभाइसकेका थिए । । उनी पार्टीको केन्द्रीय पार्षद तथा प्रदेश सदस्य पनि थिए ।

विसं २०६२÷६३ को जनआन्दोलनका क्रममा जोशी घाइते भएका थिए । उहाँ त्यसबोला संयुक्त विद्यार्थी जनआन्दोलन परिचालन समितिका सदस्य थिए ।  शिक्षक जोशीलाई २०७० सालको संविधानसभा निर्वाचनमा राष्ट्रिय जनमोर्चाले उम्मेदवार बनाएको थियो, तर उनी पराजित भए ।

२०७४ को निर्वाचनमा सुदूरपश्चिम प्रदेशसभा सदस्यका लागि समानुपातिक उम्मेदवार पनि बनेका थिए, तर सांसद बन्न पाएनन् ।

२०७९ को स्थानीय तह निर्वाचनमा पनि राष्ट्रिय जनमोर्चाबाट घोडाघोडी नगरपालिका–१० को वडाध्यक्ष पदमा उम्मेदवारी दिए । त्यहाँ पनि सफल  भएनन् ।

गत साउन ३ गतेसम्म राष्ट्रिय जनमोर्चा कैलालीका जिल्ला अध्यक्ष  जोशीले आफ्नै अध्यक्षतामा बसेको बैठकबाट राजीनामा दिँदै पार्टी परित्याग गरेका थिए । साउन ४ गते घोडाघोडी नगरपालिका–१० को वडा अधिवेशनमार्फत राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका जोशीलाई रास्वपाले यसपटकको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाएको थियो ।

जोशीका अनुसार रास्वपाले उम्मेदवार चयन गर्दा लोकतन्त्रमा दिएको योगदान, व्यक्तिगत पृष्ठभूमि, भ्रष्टाचारमा मुछिएको वा नमुछिएको अवस्था, शिक्षा र अनुभवलाई मुख्य आधार बनाउने गरेको छ । सोही मापदण्डका आधारमा आफूलाई टिकट दिइएको उनी बताउँछन् ।

नेपाली राजनीतिमा नैतिकता र इमानदारिताको अभाव रहेको उल्लेख गर्दै आफू इमानदारिता र नैतिकताका आधारमा काम गर्ने जोशीले प्रतिबद्धता व्यक्त गरेका छन् । ‘म नैतिकताको तरबार लिएर अगाडि बढ्छु । अनैतिक र अराजनीतिक काम गर्दिनँ’, उनी भन्छन्, ‘नेपाल र नेपाली जनताको हितमा आफ्नो जिम्मेवारी पूरा गर्ने प्रयास गर्नेछु । ’

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending