पोखरा । पोखरामा आयोजना गर्न लागिएको धार्मिक अनुष्ठान ‘कोटीहोम’ रोक्न विश्व हिन्दु महासङ्घ राष्ट्रिय समितिले माग गरेको छ । महासङ्घले पोखरा महानगरपालिकालाई सम्बोधन गर्दै पठाएको पत्रमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, र एकताको रक्षा गर्न विवादित कार्यक्रम रोक्नुपर्ने माग गरिएको छ ।
महासङ्घले कोटीहोमका नाममा गरिने भनिएको उक्त अनुष्ठान हिन्दु धर्म र परम्परासँग मेल नखाने, समाजमा विद्वेष फैलाउने, तथा आरोप प्रत्यारोपको माध्यम बन्न सक्ने खालको रहेको जनाएको छ । साथै, यस कार्यक्रमले धार्मिक आस्थालाई विवादमा ल्याउन सक्ने भन्दै महासङ्घले चासो व्यक्त गरेको छ ।
पत्रमा उल्लेख भएअनुसार, पोखरामा यसअघि पनि विभिन्न धार्मिक गतिविधिहरूको आडमा समाजलाई विभाजित गर्ने प्रयासहरू हुँदै आएको भन्दै महासङ्घले यस्ता कार्यहरूलाई प्रश्रय दिन नहुने उल्लेख गरेको छ । धार्मिक कार्यको नाममा राजनीतिक स्वार्थ पूर्ति गर्ने, सामाजिक सद्भाव भड्काउने र हिन्दु धर्मलाई कमजोर बनाउने प्रयास भइरहेको महासङ्घको भनाइ छ ।
महासङ्घ राष्ट्रिय समिति, कास्कीका अध्यक्ष सुजनबाबु पाण्डेद्वारा हस्ताक्षरित विज्ञप्तिमा, धार्मिक आस्थाका नाममा गरिने हरेक क्रियाकलाप शुद्ध र पवित्र हुनुपर्नेमा जोड दिइएको छ। साथै, समाजमा द्वन्द्व सिर्जना गर्ने किसिमका गतिविधिहरू रोक्न स्थानीय प्रशासनसँग आग्रह गरिएको छ।
महासङ्घले पोखरामा धार्मिक आस्थाका नाममा गलत प्रवृत्तिहरू फैलन नदिन आम जनसमुदायलाई सचेत रहन पनि अपिल गरेको छ । साथै, स्थानीय प्रशासन, धार्मिक सङ्घ संस्था, तथा सर्वसाधारण नागरिकलाई सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न अनुरोध गरिएको छ ।
मानव सेवा फाउन्डेसनले पोखराको बाराहीघाट वैशाख १६ देखि जेठ २६ गतेसम्म गण्डकी कोटीहोम गर्ने भनेको छ । महानगरले भने कोटीहोम उक्त ठाउँमा हुन नसक्ने बताउँदै आएको छ ।
शुक्रबार बाराहीघाट मैदानमा भूमि पूजनका क्रममा महानगरका नगर प्रहरी र कोटीहोम समर्थकबीच झडप भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - १०:३८
सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...
पौष १३ गते, २०८२ - १०:३२
गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...
पौष १२ गते, २०८२ - ०८:५२
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...
पौष १२ गते, २०८२ - ०८:२३
अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...
पौष १२ गते, २०८२ - ०८:२३
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...
पौष १२ गते, २०८२ - ०७:५४
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...




प्रतिकृया लेख्नुहोस्: