Khabar Dabali २४ फाल्गुन २०८२ आईतवार | 8th March, 2026 Sun
Investment bank

ज्ञानेन्द्रले अर्को मुर्खता गरे अस्तित्व नै समाप्त हुन्छ : प्रचण्ड

खबरडबली संवाददाता

रौतहट । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतमा ठूला-ठूला गलती गरेका पूर्वराजा ज्ञानेन्द्र शाहले अब फेरि अर्को मुर्खता गरे अस्तित्व नै समाप्त हुने चेतावनी दिएका छन्।

पहिले एकपटक मुर्खता गर्दा नेपाली जनताले कारबाहीको सट्टा उदारतापूर्वक आरामले बस्न दिएको भन्दै त्यसलाई कमजोरी ठानेर अर्को मुर्खता गरे उनको अस्तित्व नै समाप्त हुने प्रचण्डले चेतावनी दिएका हुन्।

हुलाकी मार्ग केन्द्रित जनतासँग माओवादी, तराई मधेस जागरण अभियानका क्रममा आज बिहार मर्निङ वाकपछि गरुडामा पत्रकारसँग संक्षिप्त कुरा गर्दै उनले यदि ज्ञानेन्द्रलाई राजनीति नै गर्नुछ भने पार्टी खोलेर चुनावमा आउन सुझाव दिएका छन्।

एक प्रश्नको जवाफमा उनले 'अब राजसंस्था फर्किन असम्भव छ, हल्लाखल्ला गरिएको छ तर इतिहाँसको जग पछाडि फर्काउन नसकिने' बताए। 

प्रचण्डले अर्को प्रश्नको जवाफमा कुलमान घिसिङले सँधैं घाटामा रहेको संस्था विद्युत प्राधिकरणलाई नाफामा ल्याएर देशमा लोडसेडिङको अन्त्य गरेको बताए। त्यस्ता मानिसलाई सरकारले हटाउन खोजे नेपाली जनता चुप लागेर नबस्ने प्रतिक्रिया उनले दिएका छन्।

विभिन्न दल परित्याग गरी ३०० जना माओवादीमा प्रवेश 

यअघि गएराति स्थानीय गढिमाई नगरपालिका-९ मलाही टोलमा आयोजित कार्यक्रममा विभिन्न दल परित्याग गरी ३०० जना नेता कार्यकर्ता माओवादी पार्टीमा प्रवेश गरेका छन्। नवप्रवेशीहरुलाई अध्यक्ष प्रचण्डले टिका र माला लगाएर पार्टीमा स्वागत गरेका थिए।

प्रवेश गर्नेहरूमा एमाले चन्द्रपुर नगर उपाध्यक्ष एवम् तामाङ लोकतान्त्रिक मोर्चाका जिल्ला अध्यक्ष लालबहादुर दोङ, आमजनता पार्टीका केन्द्रीय सदस्य अरुण पासवान, काङ्ग्रेसका बली सहनीलगायत रहेका छन्। 

तराई मधेस जागरण अभियानअन्तर्गत आज रौतहटको दक्षिणी भेग परोहा नगरपालिका लौकाहमा आयोजना भइरहेको सभालाई अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

झापा–५ बाट निर्वाचित बालेन शाहले बुझे प्रमाणपत्र

काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले आफ्नो निर्वाचन प्रम...

झापा-५ मा बालेनले ओलीलाई करिब ५० हजार मतान्तरले हराए

काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन्। अन्तिम मतपरिणाम अनुसार शाहले ...

मोरङ–२ मा कृष्ण कार्की ठूलो मतान्तरले निर्वाचित, मिनेन्द्र रिजाल तेस्रो

विराटनगर । मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कृष्ण कार्की प्रतिनिधिसभा सदस्यमा निर्वा...

नेपाली जनता र सरकारलाई मोदीको बधाइ - दिए ‘ऐतिहासिक कोशेढुंगा’को संज्ञा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा हालै सम्पन्न निर्वाचनको सफलताका लागि नेपाली जनता र सरकारलाई बधाई दिएका छन्। सामाजिक सञ्जाल ...

झापा-५ को अन्तिम परिणाम सार्वजनिक गरिदै, सुरक्षा व्यवस्था कडा

काठमाडौं । सर्वाधिक चासोको क्षेत्र मानिएको झापा–५ को मतगणना अन्तिम चरणमा पुगेको छ। पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ ...

तोसिमा कार्की ललितपुर–३ बाट भारी मतान्तरले निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी ललितपुर क्षेत्र नं. ३ की उम्मेदवार तोसिमा कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्। निर्वाचन परिणामअन...

सिन्धुली–१ मा रास्वपाका धनेन्द्र कार्की विजयी

काठमाडौं। प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार धनेन्द्र कार्की विजयी ...

लमजुङमा रास्वपाका धर्मराज केसी विजयी, पृथ्वी सुब्बा गुरुङ पराजित

गोरखा । लमजुङ मा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार धर्मराज केसी विजयी भएका छन्। उनले नेकपा एमाले का उम्मे...

गुल्मी–१ मा रास्वपाका सागर ढकाल विजयी

गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गुल्मी क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सागर ढकाल विजयी भएका छन्। उनल...

काठमाडौं ६ मा रास्वपा उम्मेदवार शिशिर खनाल विजयी

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल विजयी भएका छन्। ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE