म्याग्दी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत म्याग्दीमा जारी मतगणनामा स्वतन्त्र उम्मेदवार महाविर पुन विजयी नजिक पुगेपछि विजयी जुलुस नगर्ने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत बेनीमा कुनै पनि प्रकारको विजयी जुलुसमा सहभागी नहुन आग्रह गरेका हुन् ।
उनले लेखेका छन्– “जीत पक्का भयो । त्यसैले फेरि पनि भन्छु, बेनीमा विजयी जुलुस निकाल्न कोही पनि पैसा र समय खर्च गरेर नआउनु होला । किनभने विजयी जुलुस निकालेर चुनावमा हारेका प्रतिस्पर्धीहरूलाई उडाउनु हुँदैन । आउँदो दिनमा विपक्षीहरूसँग मिलेर म्याग्दीको विकासमा काम गर्नुपर्छ ।”
पुनले आफ्ना समर्थकलाई यस्तो खुसीयाली आफ्नै गाउँघरमै मनाउन आग्रह गरेका छन् ।
जारी मतगणनाअनुसार करिब चार हजार मत गणना बाँकी रहँदा पुन १२ हजार ६०० भन्दा बढी मतान्तरले अगाडि छन् । धौलागिरि, मालिका, मङ्गला गाउँपालिका, बेनी नगरपालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका ४१ वटै वडाको मतगणना सकिँदा उनले २० हजार २०८ मत प्राप्त गरेका छन् ।
पुनको गृहपालिका अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ५, ६, ७ र ८ का तीन हजार ९०६ मत गणना हुन बाँकी छ ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का हरिकृष्ण श्रेष्ठ ले हालसम्म ७ हजार ५२४ मत प्राप्त गरेका छन् । मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापा का अनुसार नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी ले ६ हजार २७५ र नेपाली कम्युनिस्ट पार्टीका अर्जुन थापा ले ३ हजार ४१२ मत प्राप्त गरेका छन् ।
बिहीबार भएको मतदानमा म्याग्दीमा ८६ हजार ३९७ मतदाता रहेकोमा ४६ हजार २१५ मत खसेको थियो । हालसम्म ४२ हजार ४४५ मत गणना सकिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २१ गते, २०८२ - १०:३१
विराटनगर । मोरङको उर्लाबारीमा प्रहरीले प्रतिबन्धित औषधि तथा लागुऔषध भण्डारण गरी कारोबार भइरहेको आशंकामा छापा मार्दा ठूलो परिमाणमा ट्याब्लेट, ब्राउन सु...
चैत्र २१ गते, २०८२ - १०:२९
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी लडाकु विमान खसालेको घटनाले इरानसँगको कुनै पनि वार्तामा कुनै असर नपर्ने बताएका छन्। एनबीसी न्...
चैत्र २१ गते, २०८२ - १०:२६
मकवानपुर । बागमती प्रदेशमा पछिल्लो तीन आर्थिक वर्ष र चालु आवको मंसिरसम्म १ हजार ८ सय ३० जना बालबालिका हराएको तथ्यांक सार्वजनिक भएको छ। प्रदेश प्रहरी क...
चैत्र २१ गते, २०८२ - १०:१७
काठमाडौं । इरानको दक्षिणी भागमा अमेरिकाको एउटा एफ-१५ लडाकू विमान खसालिएको खबर आएको छ। विमान खसालिएपछि त्यसमा रहेका चालक दलका सदस्यहरूलाई खोज्नका लागि ...
चैत्र २१ गते, २०८२ - १०:१५
काठमाडौं । नेपाली समाजमा बलात्कारजस्ता जघन्य अपराधप्रति देखिएको सामाजिक प्रतिक्रिया र न्यायिक प्रक्रियाको ढिलासुस्तीले न्याय प्रणालीमाथिको जनविश्वास क...
चैत्र २१ गते, २०८२ - ०९:४७
पोखरा । फेवाताल किनारमा मापदण्डविपरीत बनेका अस्थायी संरचनामा शनिबार बिहानैदेखि डोजर चलाइएको छ। गृह मन्त्रालयको निर्देशनपछि तालको ६५ मिटर सीमाभित्र पर्...
चैत्र २१ गते, २०८२ - ०९:४४
काठमाडौं । राजधानीको सार्वजनिक सुरक्षा सुदृढ गर्ने उद्देश्यले प्रहरीले सञ्चालन गरेको ‘अपरेशन सेफ्टी’ अन्तर्गत १८ जना पक्राउ परेका छन्। शुक्रबार रात...
चैत्र २१ गते, २०८२ - ०९:४०
काठमाडौँ । प्रहरीले कलाकार सागर लम्साल (बले)लाई बूढानीलकण्ठको कपन, बालुवाखानीबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी रमेश...
चैत्र २१ गते, २०८२ - ०९:३८
काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका लागि आजदेखि औपचारिक प्रक्रिया सुरू गरेको छ। केन्द्रीय कार्यसमितिको निर्णयअनुसार महाधिवेशन आगामी असोज १६ ...
चैत्र २१ गते, २०८२ - ०९:३७
रौतहट । रौतहटको सरकारी कार्यालयमा सेवाग्राहीलाई विभिन्न बहानामा दुःख दिने पाँच जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा यमुनमाई ...


प्रतिकृया लेख्नुहोस्: