काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राजनीतिक दलहरुलाई राजसंस्थासहितको प्रजातन्त्रका लागि नवीन समझदारी गर्ने प्रस्ताव गरेका छन् । यदि राजसंस्था पुनर्स्थापनको आवाजलाई दबाउन खोजेमा नसोचेको परिस्थिति उत्पन्न हुने उनले चेतावनी दिए ।
यो देशको भविष्य र अहिलेको दुरावस्थालाई हेरेर देशलाई नवीन समझदारीमा लैजानै पर्ने मिश्रको तर्क छ । उनी भन्छन्, ‘यो देशको भविष्य संकटमा छ । यो देश संसारकै भ्रष्टमा गनिएको छ, भने युवाहरूमा देशमा भविष्य नदेखेर विदेश उडिरहेका छन् । देशमा एउटा एकताको प्रतीक, अस्मिताको प्रतीक र सार्वभौमसत्ता, न्यायको प्रतिकका रूपमा राजनीतिभन्दा माथि राजसंस्था आवश्यक छ । त्यसैले म आह्वान गर्छु कि तपाईँहरू सबै जना सामाजिक सञ्जाल वा टिभी मात्रै हेरेर बस्ने होइन कि आफैँ सडकमा आउनुस् ।’
देश विभिन्न सहरहरूमा अहिले स्वतःस्फूर्त रूपमा जनता सडकमा उत्रिएको मिश्रले बताए । तर, ठूला पार्टीका ठूला नेताहरूले अझै पनि खिज्याउने गरेको उनको गुनासो छ ।
‘सरकारले दमन गर्न खोजिरहेको छ । उहाँहरूलाई निवेदन गर्न चाहन्छु, हालै सिरिया, श्रीलंका, बंगलादेशमा के भयो ? शासकले जनताको आवाजलाई दमन गर्न खोज्दा, केही होइन भन्दा आफैँ भाग्नुपर्ने अवस्था आयो कि आएन ? ठूलो जनधनको क्षति भयो । त्यसैले यस्तो आवाजलाई न्यूनीकरण नगरौँ ।’
विगतमा राजाहरूले सानो क्षति हुनासाथ छोडिदिएको मिश्रले स्मरण गरे । उनी भन्छन्, ‘दलहरूले इच्छा गरेको भरमा राजा वीरेन्द्रले व्यवस्था नै त्यागे । ज्ञानेन्द्रले गद्दी छोड्नुपर्यो । बढी क्षति नहोस्, आन्दोलन नियन्त्रणबाहिर नजाओस्, हिंसातिर नमोडियोस् भनेर उहाँहरूले चाँडो निर्णय लिनुभएको हो । अहिले जनताले राजसंस्थासहितको संवैधानिक प्रजातान्त्रिक चाहेका छन् भन्ने कुरा मनन गरेर शान्तिपूर्णरुपमा सङ्क्रमणलाई अगाडि बढाउन नवीन समझदारीमा जाऊँ । राजसंस्थाको पनि, दलहरूको पनि र राजसंस्थाविरुद्ध युद्ध गरेको माओवादी पनि अटाउने गरेर उहाँहरूले नै अग्रसरता लिने कामना म गर्छु । उहाँहरूले त्यो गर्नुभएन र दबाउने वा न्यूनीकरण गरिराख्नुभयो भने कुनै बेला विस्फोट भएर श्रीलंका, बंगलादेश र सिरियाको रूप धारण गर्न सक्छ, जुन अहिलेको ठूला नेता, पार्टी देश, जनता कसैका लागि अनुकूल र हितकर हुँदैन ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २८ गते, २०८२ - २१:५३
भोजपुर । सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । हरिय...
चैत्र २८ गते, २०८२ - २१:४५
नुवाकोट । आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ । आफैँले काटेको रुखले लागेर सोही स्थानका ३५ वर्षीय प्रेम त...
चैत्र २८ गते, २०८२ - २१:४२
ललितपुर। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीको सदस्यता शुल्क एक सय रुपैयाँ भएको बताएका छन्।ललितपुरमा आयोजित पार्टीको भेलालाई सम...
चैत्र २८ गते, २०८२ - २१:३१
दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा...
चैत्र २८ गते, २०८२ - २१:२९
नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । ...
चैत्र २८ गते, २०८२ - २०:०६
निजी अस्पतालको शुल्क नियन्त्रण गर्न स्तरीकरणको व्यवस्था
चैत्र २८ गते, २०८२ - १९:५७
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले पूर्वप्रधानमन्त्री लगायत उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग गर्दै आफू त्यसक...
चैत्र २८ गते, २०८२ - १९:५५
काठमाडौं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ। नवलपरासी पश्चिम, सुनवल नगरपालिका-२ मुखिया टोलबाट अवैध लागूऔ...
चैत्र २८ गते, २०८२ - १९:५१
दाङ । यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि रुपन्देहीले हात पारेको छ। आज सम्पन्न फाइनल खेलमा पाल्प...
चैत्र २८ गते, २०८२ - १९:४५
प्रधानमन्त्रीको निर्देशनमा दुई दिन चले, फेरि विमानस्थलतिर मोडिए


प्रतिकृया लेख्नुहोस्: