Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

वीरेन्द्रको हत्यारा ज्ञानेन्द्रलाई थाहा छ, नागरिकले सोध्ने दिन आउँदैछ: वाईसीएल अध्यक्ष सेर्पाली

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पार्टीको सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल नेपाल) का अध्यक्ष सुवोधराज सेर्पालीले तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुनेगरी भएको दरबार हत्याकाण्डको साक्षी ज्ञानेन्द्र रहेको बताएका छन् । वीरेन्द्र हत्यारा ज्ञानेन्द्रलाई थाहा रहेको नेता सेर्पालीको भनाइ छ । दाजुको स–परिवार सखाप हुँदा आफ्नो परिवारलाई ठेससमेत नलाग्नुले मात्रै पनि यस घटनाको साक्षी र मतियार ज्ञानेन्द्र हुन् भन्ने प्रष्ट रहेको नेता सेर्पालीले बताएका छन् ।

‘कडा सुरक्षा घेराभित्र राष्ट्रिय, अन्तर्राष्ट्रिय योजनामा नेपालको तत्कालीन नेपाली सेना प्रमुख, प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धान प्रमुखको मुख थुनेर सञ्चारगृह सबैलाई पेन डाउनझैँ गराएर आफैंले नक्कली आठ जना नक्कली दिपेन्द्र खडा गरेर गुटुङटुङटुङ गोली बर्षाएर राजपरिवारको कमाण्डरसहित सबैलाई छानीछानी मारेको घटना सबैलाई ताजा छ । अचम्मको कुरा दाजुको परिवार सखाप हुँदा भाइ ज्ञानेन्द्रको परिवालाई ठेससम्म लागेको सुनिएन । आफैं सदस्य रहेको राजसंस्था बचाउन नसक्नेले फेरि आएर देश बचाउने कुरा ? हत्यारा को हुन्, ज्ञानेन्द्रलाई थाहा छ ।’ नेता सेर्पालीले भनेका छन्, ‘हत्यारा को हुन् तत्कालीन सरकारमा रहेका त्यतिबेलाका शाषकरूलाई पक्कै थाहा छ । आफूले वंश सकाउने भीमकाय घटनाको साक्षी मतियार बन्ने, अनि आज बर्षौं पहिला जनताले सडाकमा पुर्‍याएका व्यक्ति आएर शासन गर्ने दिवास्वपना ? हुँदैन ज्ञानेन्द्र पारस अनि त्यो परिवारतन्त्र ? लोकतान्त्रिक मूल्य मान्यताका आधारमा कुर्सीबाट हटाएर श्रीपेचलाई संग्राहलयमा राखेको समयमा केको चुरिफुरी ? संसारको दर्जनौं उदाहरण हेर्ने हो भने शाषकहरूको अन्त्य साह्रै दुखद भएको छ । तर संघीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको रूपमा सामन्य जीवनमा छोडेको छ ।’

ज्ञानेन्द्रलाई नेपाली जनताले सच्चिनै मौका दिएको बेला यसलाई सहज स्वीकार गरेर बस्नुको अलवा लगत हर्कत गरेको खण्डमा परिणाम राम्रो नहुने उनको चेतावनी छ । जनयुद्ध र जनआन्दोलनमा हजारौं मान्छेमाथि गोली हान्न आदेश दिने, संकटकाल लगाउने ज्ञानेन्द्रलाई नागरिकले वीरेन्द्रको हत्यारा को हो ? भनेर सोध्ने दिन टाढा नरहेको पनि उनले बताए । ‘ नागरिकले सडकमा घिसारेर राजा वीरेन्द्र वीरबिक्रम शाह र उनको परिवारको हत्यारा को हो ? तिमीलाई थाहा छ, भन भन्ने दिन आउँछ,’– नेता सेर्पालीले भनेका छन् ।

नेता सेर्पालीले संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्पमा जाने दुस्साहस कसैले पनि नगर्दा नै राम्रो हुने बताएका छन् । उनले हिम्मत भए विधिअनुसार निर्वाचनमा सहभागी भएर प्रतिस्पर्धाको बाटो रोज्न सुझाव समेत दिएका छन् । छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आन्तरिक पर्यटकको रोजाइमा भोजपुर–बेहेर नागबेली सडक

भोजपुर । सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । हरिय...

आफैँले काटेको रुखले लागेर १ जनाको मृत्यु, २ जना घाइते

नुवाकोट । आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ । आफैँले काटेको रुखले लागेर सोही स्थानका ३५ वर्षीय प्रेम त...

जीवनमा मूल्य र महत्त्वको फरक छुटाउन सक्नुपर्छः हर्क साम्पाङ

ललितपुर। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीको सदस्यता शुल्क एक सय रुपैयाँ भएको बताएका छन्।ललितपुरमा आयोजित पार्टीको भेलालाई सम...

तनहुँको गाछेपानीमा गाडीको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा...

बाँकेमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । ...

स्वास्थ्य क्षेत्रमा आमूल सुधारको प्रस्ताव

निजी अस्पतालको शुल्क नियन्त्रण गर्न स्तरीकरणको व्यवस्था

सम्पत्ति छानबिनका लागि तयार छु, सरकारले काम गरेको देखेन: वामदेव गाैतम

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले पूर्वप्रधानमन्त्री लगायत उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग गर्दै आफू त्यसक...

विभिन्न स्थानबाट लागू‌औषधसहित १७ जना पक्राउ

काठमाडौं । देशका विभिन्न स्थानबाट लागू‌औषधसहित प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ। नवलपरासी पश्‍चिम, सुनवल नगरपालिका-२ मुखिया टोलबाट अवैध लागूऔ...

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रुपन्देहीलाई

दाङ । यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि रुपन्देहीले हात पारेको छ। आज सम्पन्न फाइनल खेलमा पाल्प...

लुम्बिनीका विद्युतीय बसमा स्वार्थको छायाँ

प्रधानमन्त्रीको निर्देशनमा दुई दिन चले, फेरि विमानस्थलतिर मोडिए

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending