काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पार्टीको सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल नेपाल) का अध्यक्ष सुवोधराज सेर्पालीले तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुनेगरी भएको दरबार हत्याकाण्डको साक्षी ज्ञानेन्द्र रहेको बताएका छन् । वीरेन्द्र हत्यारा ज्ञानेन्द्रलाई थाहा रहेको नेता सेर्पालीको भनाइ छ । दाजुको स–परिवार सखाप हुँदा आफ्नो परिवारलाई ठेससमेत नलाग्नुले मात्रै पनि यस घटनाको साक्षी र मतियार ज्ञानेन्द्र हुन् भन्ने प्रष्ट रहेको नेता सेर्पालीले बताएका छन् ।
‘कडा सुरक्षा घेराभित्र राष्ट्रिय, अन्तर्राष्ट्रिय योजनामा नेपालको तत्कालीन नेपाली सेना प्रमुख, प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धान प्रमुखको मुख थुनेर सञ्चारगृह सबैलाई पेन डाउनझैँ गराएर आफैंले नक्कली आठ जना नक्कली दिपेन्द्र खडा गरेर गुटुङटुङटुङ गोली बर्षाएर राजपरिवारको कमाण्डरसहित सबैलाई छानीछानी मारेको घटना सबैलाई ताजा छ । अचम्मको कुरा दाजुको परिवार सखाप हुँदा भाइ ज्ञानेन्द्रको परिवालाई ठेससम्म लागेको सुनिएन । आफैं सदस्य रहेको राजसंस्था बचाउन नसक्नेले फेरि आएर देश बचाउने कुरा ? हत्यारा को हुन्, ज्ञानेन्द्रलाई थाहा छ ।’ नेता सेर्पालीले भनेका छन्, ‘हत्यारा को हुन् तत्कालीन सरकारमा रहेका त्यतिबेलाका शाषकरूलाई पक्कै थाहा छ । आफूले वंश सकाउने भीमकाय घटनाको साक्षी मतियार बन्ने, अनि आज बर्षौं पहिला जनताले सडाकमा पुर्याएका व्यक्ति आएर शासन गर्ने दिवास्वपना ? हुँदैन ज्ञानेन्द्र पारस अनि त्यो परिवारतन्त्र ? लोकतान्त्रिक मूल्य मान्यताका आधारमा कुर्सीबाट हटाएर श्रीपेचलाई संग्राहलयमा राखेको समयमा केको चुरिफुरी ? संसारको दर्जनौं उदाहरण हेर्ने हो भने शाषकहरूको अन्त्य साह्रै दुखद भएको छ । तर संघीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको रूपमा सामन्य जीवनमा छोडेको छ ।’
ज्ञानेन्द्रलाई नेपाली जनताले सच्चिनै मौका दिएको बेला यसलाई सहज स्वीकार गरेर बस्नुको अलवा लगत हर्कत गरेको खण्डमा परिणाम राम्रो नहुने उनको चेतावनी छ । जनयुद्ध र जनआन्दोलनमा हजारौं मान्छेमाथि गोली हान्न आदेश दिने, संकटकाल लगाउने ज्ञानेन्द्रलाई नागरिकले वीरेन्द्रको हत्यारा को हो ? भनेर सोध्ने दिन टाढा नरहेको पनि उनले बताए । ‘ नागरिकले सडकमा घिसारेर राजा वीरेन्द्र वीरबिक्रम शाह र उनको परिवारको हत्यारा को हो ? तिमीलाई थाहा छ, भन भन्ने दिन आउँछ,’– नेता सेर्पालीले भनेका छन् ।
नेता सेर्पालीले संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्पमा जाने दुस्साहस कसैले पनि नगर्दा नै राम्रो हुने बताएका छन् । उनले हिम्मत भए विधिअनुसार निर्वाचनमा सहभागी भएर प्रतिस्पर्धाको बाटो रोज्न सुझाव समेत दिएका छन् । छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...
पौष १३ गते, २०८२ - १०:३८
सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...
पौष १३ गते, २०८२ - १०:३२
गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...
पौष १२ गते, २०८२ - ०८:५२
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...
पौष १२ गते, २०८२ - ०८:२३
अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...




प्रतिकृया लेख्नुहोस्: