Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

गाैरमा अमेरश सिंहकाे पक्ष र बिपक्षमा नाराबाजी जारी

खबरडबली संवाददाता

रौतहट । रौतहटको सदरमुकाम गौरमा गौर राइस मिलको बिषय लिएर दुई पक्षबिच तनावको अवस्था बन्दै गएको छ।

राइस मिलको जग्गा अधिग्रहण गर्ने पक्षका नेताहरु र भागबण्डाको सहमती गरेका गौर नगरपालिकाका मेयर शम्भु साह समर्थकहरू बीच जुहारी चलिरहेको छ। दुबैपक्ष बिहानै देखी सडक तताउनुका साथै एक अर्का विरुद्द अपशब्द ,चुनौती दिंदै सामाजिक सञ्जाल फेसबुक तताएका छन्।

आईतवार दिउँसो नेकपा एमालेका केन्द्रीय सदस्य अजय कुमार गुप्ता, नेपाली कांग्रेसका युवा नेता मेयर प्रत्याशी मोहन प्रसाद यादवसहित दर्जनौं मानिस गौर नगरपालिका अगाडी टायर बालेर प्रदर्शन गरेका छन्। प्रदर्शनको क्रममा 'गौरका तस्कर मेयर मुर्दाबाद अमरेश सिंह जिन्दाबाद, राइस मिल बेच्न पाईंदैन' भन्दै चर्को नाराबाजी गरेका थिए।

नगरपालिका अगाडी केहीबेर प्रदर्शन गरेर मेयर साह बिरुद्द चर्का नारा लगाउँदै प्रदर्शनकारीहरु गौर बजार परिक्रमा गरेका थिए। यस अघी गौर राइस मिलको जग्गा बचाउ अभियनताहरु आज बिहान जनजागरण अभियानको क्रममा वडाहरुमा पुगेर कुनै पनि हालतमा गौर राइस मिलको जग्गा बिक्रि गर्न नदिने मन्तब्य राखेका थिए।

गौर नगरका जनप्रतिनिधिहरु तथा मेयर साहका समर्थकहरूले शनिवार साँझ संघीय सांसद डाक्टर अमरेश कुमार सिंहको पुत्ला दहन गरी उनी बिरुद्द चर्का नारा लगाउँदै प्रदर्शन गरेका थिए। शुक्रवार सदनमा सांसद सिंहले मेयर शम्भु साह लाई नामुद तस्कर भनेकाले गौरबासी संग उनले माफी माग्नु पर्ने भन्दै सनिवार उनी विरुद्द प्रदर्शन भएको थियो। 

लगत्तै मेयर शम्भु साहले डाक्टर अमरेश सिंहले भनेको कुरा पुष्टि गर्न अन्यथा दिमागको उपचार गराउन राँची अस्पताल भर्ना गरिनु पर्ने भनेर चुनौती दिएका थिए। 

उनको चुनौती पछी आज गौर नगरपालिका कै अगाडी तस्कर मेयर मुर्दाबाद भनेर नारा जुलुस सहित प्रदर्शन भएको छ।साविक गौर गाविस  वडा नम्बर ७ को किता नम्बर १३९ को ०-१५ ,१४०को ०-१६-०,१६३को ४-१०-० र ८०३को ०-९-० जग्गा सम्बन्धमा गत मंगलवार साँझ गौरका मेयर शम्भु साहले उक्त जग्गा धनीले २ विगहा १५ कठा नगरपालिका लाई निःशुल्क दिएर बाँकी जग्गा छोड्ने सहमती कार्यपालिकाले निर्णय गरेको सार्वजनिक गरे संगै चौतर्फी बिरोध सुरु भएको छ

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बस्नेतको बाह्रबिसे कदम टिकट सुरक्षित गर्ने रणनीति कि दबाबको राजनीति ?

सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...

समानुपातिकतर्फको बन्द सूची आजदेखि पेस हुँदै, आयोगको तयारी पूरा

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...

समानुपातिकतर्फको बन्द सूची आजदेखि पेस हुँदै, आयोगको तयारी पूरा

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...

आगोको रापबाट व्यवसायतर्फ : आरानमै जीवन बिताएका ताराबहादुरको संघर्ष कथा

गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...

अकबरे खुर्सानी कालीमाटीमै ४०० रुपैयाँ केजी, अन्य तरकारी–फलफूलको थोक मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...

को–को हुन् प्रतिनिधिसभा निर्वाचनका लागि अस्थायी मतदाता ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...

बढ्यो अमेरिकी डलरको मूल्य, अन्यकाे कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।  आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...

विप्लव समूहको कम्युनबाट भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद

अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...

निर्वाचनको गाँठो फुकाउन प्रधानमन्त्री कार्कीको पहल, आज तीन दलका शीर्ष नेतासँग निर्णायक छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending