Khabar Dabali २४ फाल्गुन २०८२ आईतवार | 8th March, 2026 Sun
Investment bank

ज्ञानेन्द्र शाहीलाई विष्णु रिमालको जवाफ- यस्ता नालायकहरूसँग सवाल-जवाफ गर्नु छैन

खबरडबली संवाददाता

काठमाडौँ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीलाई जवाफ दिएका छन् ।

सामाजिक संजालमा ज्ञानेन्द्र शाहीले आइतबार पूर्वराजाको स्वागतमा योगी आदित्यनाथको तस्वीर बारे लगाएको आरोपको जवाफ दिदै गलत सूचनाको सहारामा दुर्घटनाबस मर्यादित स्थानमा पुगेका अयोग्य व्यक्तिको संज्ञा दिएका छन् ।

उनले भनेका छन्- डिसईन्फरमेसनको सहारामा एक्सिडेन्टली मर्यादित स्थानमा पुगेका अयोग्यहरूबाट फैलाईने भ्रम यस्तै हो। यी मानिस कति द्विविधामा भ्रमको खेती गर्दै थिए भन्ने कुरा एउटै स्ट्याटस ५/५ चोटी एडिट गरेको हिस्ट्रीले आफैं बताउँछ । मलाई यस्ता नालायकहरूसँग सवाल-जवाफ गर्नु छैन। कसले कहॉ के गर्दैछ- समाचार त आएकै छ नि !

साथै उनले यस्तो पनि भनेका छन्- 

कॉक्रा चोरहरू-
कॉक्रा चोर्छन्, खान्छन्,
पोल खुल्ने डरमा 
हत्तपत्त अर्काको गालामा बियॉ टॉसी
कुलेलम ठोक्छन्!
दलालहरू— 
पहिले दलाली गर्छन्
दलालीको पोल खुलेपछि 
खाल’ जोगाउन त्यस्तै हर्कत गर्छन्!

सांसदसमेत रहेका शाहीले सामाजिक सञ्जालमा लेख्दै पुर्वराजाको स्वागतमा भारतका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो  प्रधानमन्त्री केपि ओलीको निर्देशनमा प्रमुख राजनीतिक सल्लाहकार बिस्ष्णु रिमालले राख्न लगाएको आरोप लगाएका थिए । 

शाहीले सामाजिक सञ्जालमा लेख्दै रिमालले योगी आदित्यनाथको तस्बीर राख्न लगाएको पाइएको उल्लेख गरेका हुन् । साथै उनले नेपाली  राष्ट्रिय झन्डासहितको स्वागत कार्यक्रमलाई असर पार्न यस्तो कुकर्म गरेको समेत बताएका छन् । 

उनले भनेका थिए- 

हिजो राजाको स्वागतमा भारतका मुख्यमन्त्री योगि आदित्यनाथको फोटो  स्वयम् प्रधानमन्त्री केपि ओलि ज्युको निर्देशनमा प्रधानमन्त्री ज्युका प्रमुख राजनीतिक सल्लाहकार बिस्ष्णु रिमालले राख्न लगाईएको पाईएको छ । नेपाली  राष्ट्रिय झन्डा सहितको स्वागत कार्यक्रमलाई असर पार्नको लागि यस्ता कुकर्म गर्न थालेछन छि छि । बिदेशीको एजेन्डामा र सिद्धान्तनमा  पार्टी चलाउनेहरुले ठूलो कुरा गरेको देख्दा अचम्म लाग्छ ?  माक्स, लेलिन, माओ कुन देशका हुन ?
 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

झापा–५ बाट निर्वाचित बालेन शाहले बुझे प्रमाणपत्र

काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले आफ्नो निर्वाचन प्रम...

झापा-५ मा बालेनले ओलीलाई करिब ५० हजार मतान्तरले हराए

काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन्। अन्तिम मतपरिणाम अनुसार शाहले ...

मोरङ–२ मा कृष्ण कार्की ठूलो मतान्तरले निर्वाचित, मिनेन्द्र रिजाल तेस्रो

विराटनगर । मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कृष्ण कार्की प्रतिनिधिसभा सदस्यमा निर्वा...

नेपाली जनता र सरकारलाई मोदीको बधाइ - दिए ‘ऐतिहासिक कोशेढुंगा’को संज्ञा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा हालै सम्पन्न निर्वाचनको सफलताका लागि नेपाली जनता र सरकारलाई बधाई दिएका छन्। सामाजिक सञ्जाल ...

झापा-५ को अन्तिम परिणाम सार्वजनिक गरिदै, सुरक्षा व्यवस्था कडा

काठमाडौं । सर्वाधिक चासोको क्षेत्र मानिएको झापा–५ को मतगणना अन्तिम चरणमा पुगेको छ। पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ ...

तोसिमा कार्की ललितपुर–३ बाट भारी मतान्तरले निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी ललितपुर क्षेत्र नं. ३ की उम्मेदवार तोसिमा कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्। निर्वाचन परिणामअन...

सिन्धुली–१ मा रास्वपाका धनेन्द्र कार्की विजयी

काठमाडौं। प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार धनेन्द्र कार्की विजयी ...

लमजुङमा रास्वपाका धर्मराज केसी विजयी, पृथ्वी सुब्बा गुरुङ पराजित

गोरखा । लमजुङ मा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार धर्मराज केसी विजयी भएका छन्। उनले नेकपा एमाले का उम्मे...

गुल्मी–१ मा रास्वपाका सागर ढकाल विजयी

गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गुल्मी क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सागर ढकाल विजयी भएका छन्। उनल...

काठमाडौं ६ मा रास्वपा उम्मेदवार शिशिर खनाल विजयी

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल विजयी भएका छन्। ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE