Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

मधेशमा प्रदेशस्तरीय हस्तलेखन प्रतियोगिता: कुन-कुन विद्यालय वने विजेता ?

खबरडबली संवाददाता

महोत्तरी । मधेश प्रदेशका एक हजार भन्दा बढी सहभागी संस्थागत र सामुदायिक विद्यालयका छात्र-छात्राहरुको प्रदेशस्तरिय  हस्तलेखन प्रतियोगिता सम्पन्न भएको छ । पर्सा देखि सप्तरीसम्मका ५ हजार भन्दा बढी प्रतियोगी सहभागी भएको उक्त प्रतियोगिताको नतिजा आइतबार एक समारोहका विच सार्वजनिक गरिएको हो ।

कनेक्ट एजुकेसन सेन्टर काठमाण्डौले मंसिरको पहिलो हप्तादेखी सुरु गरेको प्रतियोगितामा विजेतालाई  २० हजार नगद पुरुस्कार  र उपविजेतालाई १० हजार नगद पुरुस्कार समेत हस्तान्तरण गरिएको छ । एजुकेसन सेन्टरका निर्देशक विक्रम सिंह धामीका अनुसार प्रतियोगितालाई प्रथम, दोश्रो र तेश्रो तहमा विभाजन गरिएको थियो ।

प्रथम तहमा कक्षा -२ देखि ४ सम्म, दोश्रो तहमा कक्षा-५ देखि ७ सम्म, तेश्रो तहमा कक्षा-८ देखि १० कक्षासम्म विभाजन गरिएको निर्देशक धामीले जानकारी दिए । प्रथम तहको विजेता  ग्लोवल एकेडेमी बर्दिवास र उपविजेता हिमाली स्कुल जनकपुर वनेको छ । ग्लोवल एकेडेमीमा अध्यणरत रिया बम्जन विजेता र हिमाली स्कुलमा अध्यणरत रितिका चौधरी उपविजेता वनेको आयोजक पक्षले जनाएको छ ।

त्यस्तै दोश्रो तहको विजेता साउथ जोन विध्यालय बिरगंजमा अध्यणरत नितेश गौरव  वनेका छन । उपविजेता भने लालीगुरास स्कुल सर्लाहीमा अध्यणरत अनित साहले हात पारेको कनेक्ट एजुकेसन सेन्टरका कार्यक्रम संयोजक देवेन्द्र आचार्यले जानकारी दिए ।

तेस्रो तहको विजेता भने बाराको जितपुर पब्लिक स्कुल वनेको छ । पायल रौनियारको उत्कृष्ट हस्तलेखनले पब्लिक स्कुललाई तेस्रो तहको विजेता वनाएको छ । त्यस्तै अंशु खनालले उपविजेता भने बाल निकेतन चन्द्रपुर रौतहटलाई दिलाएका छन ।

छनोटको अन्तिम चरण सम्बन्धित पालिकामा गरिएको र पालिकावाट उत्कृष्ट वनेका प्रतियोगीहरुलाई चरण-चरणमा जिल्ला हुँदै प्रदेशमा लगिएको आयोजक पक्षले जनाएको छ । विजेता, उपविजेता र सहभागीहरुलाई प्रमाणपत्र, मेडल र नगद हस्तान्तरण गर्दै मधेश प्रदेशका संस्कृति तथा शिक्षा मन्त्री रानी सर्माले कम्प्युटर तथा प्रविधिले विद्यार्थीहरुलाई अल्छी वनाईरहेको वेला हस्तलेखन प्रतियोगिता मधेशमा फरक भएको वताईन ।

यस्ले लेखनमा अभिरुचि जगाउनुको साथै परीक्षा तथा अन्य लेखन क्रियाकलापहरुमा यस्ता प्रतियोगिता उपयोगी सावित वन्ने मन्त्री सर्माको भनाई छ । महोत्तरीको बर्दिवासमा भएको कार्यक्रममा महोत्तरी क्षेत्र क कि प्रदेशसभा सदस्य सारदादेवी थापा, बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रल्हाद कुमार क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आन्तरिक पर्यटकको रोजाइमा भोजपुर–बेहेर नागबेली सडक

भोजपुर । सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । हरिय...

आफैँले काटेको रुखले लागेर १ जनाको मृत्यु, २ जना घाइते

नुवाकोट । आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ । आफैँले काटेको रुखले लागेर सोही स्थानका ३५ वर्षीय प्रेम त...

जीवनमा मूल्य र महत्त्वको फरक छुटाउन सक्नुपर्छः हर्क साम्पाङ

ललितपुर। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीको सदस्यता शुल्क एक सय रुपैयाँ भएको बताएका छन्।ललितपुरमा आयोजित पार्टीको भेलालाई सम...

तनहुँको गाछेपानीमा गाडीको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा...

बाँकेमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । ...

स्वास्थ्य क्षेत्रमा आमूल सुधारको प्रस्ताव

निजी अस्पतालको शुल्क नियन्त्रण गर्न स्तरीकरणको व्यवस्था

सम्पत्ति छानबिनका लागि तयार छु, सरकारले काम गरेको देखेन: वामदेव गाैतम

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले पूर्वप्रधानमन्त्री लगायत उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग गर्दै आफू त्यसक...

विभिन्न स्थानबाट लागू‌औषधसहित १७ जना पक्राउ

काठमाडौं । देशका विभिन्न स्थानबाट लागू‌औषधसहित प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ। नवलपरासी पश्‍चिम, सुनवल नगरपालिका-२ मुखिया टोलबाट अवैध लागूऔ...

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रुपन्देहीलाई

दाङ । यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि रुपन्देहीले हात पारेको छ। आज सम्पन्न फाइनल खेलमा पाल्प...

लुम्बिनीका विद्युतीय बसमा स्वार्थको छायाँ

प्रधानमन्त्रीको निर्देशनमा दुई दिन चले, फेरि विमानस्थलतिर मोडिए

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending