Khabar Dabali २४ फाल्गुन २०८२ आईतवार | 8th March, 2026 Sun
Investment bank

तानाशाहबाट देश र समाजको विकास हुन सक्दैन : उपप्रधानमन्त्री सिंह

खबरडबली संवाददाता

काठमाडौं । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्वाचित हुँदैमा कोही पनि जनप्रतिनिधि विधि र नियमभन्दा माथि नहुने बताएको छन । सोमबार आफ्नै निर्वाचन क्षेत्र काठमाडौं १ नयाँ बानेश्वरमा रहेको श्री शिद्धेश्वर महादेव मन्दिरको शिलान्यास गर्नुहुँदै उनले जनप्रतिनिधि विधि र नियमअनुसार चल्नुपर्ने बताए ।

त्यस्तै उनले संघ, प्रदेश र स्थानीय तीनै तहका जनप्रतिनिधि र स्थानीय मिलेर काम गरे विकास निर्माणका काम सहज हुने पनि बताए। उनले तिनै तहको सरकार विधि र नियमअनुसार चल्नुपर्नेमा जोड दिए।

‘‘निर्वाचित हुँदैमा विधि र कानुनभन्दा माथि कोही पनि हुँदैन । जनप्रतिनिधि भइसकेपछि म विधिभन्दा माथि छु भन्ने ठानेपछि अलोकतान्त्रिक र तानाशाही भएको गन्ध आउँछ,’’ उपप्रधानमन्त्री सिंहले भने, ‘‘स्थानीय नागरिकको चाहना र जनप्रतिनिधिबिच कम्युनिकेशन सही रुपमा नहुँदा समस्या आउने गरेको छ । जनचाहना बुझेर जनप्रतिनिधिले विधि र नियमअनुसार काम गर्नुपर्छ ।’’

त्यस्तै, उपप्रधानमन्त्री सिंहले तानाशाहबाट देश र समाज विकास हुन नसक्ने पनि बताए। आफ्नै भोगाइले त्यस्तो निष्कर्षमा पुगेपछि समाजेसवाका लागि सशक्त माध्यम भएकाले राजनीतिमा आएको पनि उनको भनाइ छ । ‘‘राजनीतिमा आएको ठुलो मान्छे बन्न होइन । पदमा भए पनि नभएपनि केही छैन । प्राप्त अधिकार सुरक्षित र संस्थागत गर्दै नेपाली जनताको जीवन र जिविकोपार्जन सहज बनाउन दलहरु मिलेर काम गर्नुपर्छ,’’ उनले भने। 

नदि प्रणाली सुधार्न सेफ्टी ट्याङ्की
त्यस्तै, उपप्रधानमन्त्री सिंहले उपत्याकाको नदि प्रणाली सुधार गर्नुपर्ने भन्दै त्यसका लागि सबैको साथको आवश्यक्ता रहेको बताए। ‘‘यहाँको नदि प्रणाली सुधार गर्नुपर्‍यो । सिंहदरबार जाँदा धोबीखोला गन्हाउँछ । विष्णुमति, धोबिखोला किनारमा पनि अवस्था उस्तै छ । यसको सुधार सरकारले मात्र गरेर हुन्छ ? सबैले चासो राख्नुपर्‍यो,’’ उहाँले भने, ‘‘बाग्मती, विष्णुमति, धोबिखोलालगायतका नदिनाला ढलमा परिणत भइरहेको छ । यसलाई रोक्न आफ्नो घरको ढल नदि नालामा नपपठाउन गर्नुपर्ने काममा सजग हुनुपर्यो ।’’

उनले हरेक घरमा र नभए सम्भव हुने ठाउँमा बनाउनुपर्ने बताए । त्यस्तै, उपप्रधानमन्त्री सिंहले नदि किनारमा अतिक्रमित जग्गा फिर्ता ल्याउनुपर्ने बताउँदै उनले त्यसका लागि सरकारले काम अघि बढाउँदा नागरिकले साथ दिनुपर्नेमा जोड दिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

झापा–५ बाट निर्वाचित बालेन शाहले बुझे प्रमाणपत्र

काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले आफ्नो निर्वाचन प्रम...

झापा-५ मा बालेनले ओलीलाई करिब ५० हजार मतान्तरले हराए

काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन्। अन्तिम मतपरिणाम अनुसार शाहले ...

मोरङ–२ मा कृष्ण कार्की ठूलो मतान्तरले निर्वाचित, मिनेन्द्र रिजाल तेस्रो

विराटनगर । मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कृष्ण कार्की प्रतिनिधिसभा सदस्यमा निर्वा...

नेपाली जनता र सरकारलाई मोदीको बधाइ - दिए ‘ऐतिहासिक कोशेढुंगा’को संज्ञा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा हालै सम्पन्न निर्वाचनको सफलताका लागि नेपाली जनता र सरकारलाई बधाई दिएका छन्। सामाजिक सञ्जाल ...

झापा-५ को अन्तिम परिणाम सार्वजनिक गरिदै, सुरक्षा व्यवस्था कडा

काठमाडौं । सर्वाधिक चासोको क्षेत्र मानिएको झापा–५ को मतगणना अन्तिम चरणमा पुगेको छ। पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ ...

तोसिमा कार्की ललितपुर–३ बाट भारी मतान्तरले निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी ललितपुर क्षेत्र नं. ३ की उम्मेदवार तोसिमा कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्। निर्वाचन परिणामअन...

सिन्धुली–१ मा रास्वपाका धनेन्द्र कार्की विजयी

काठमाडौं। प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार धनेन्द्र कार्की विजयी ...

लमजुङमा रास्वपाका धर्मराज केसी विजयी, पृथ्वी सुब्बा गुरुङ पराजित

गोरखा । लमजुङ मा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार धर्मराज केसी विजयी भएका छन्। उनले नेकपा एमाले का उम्मे...

गुल्मी–१ मा रास्वपाका सागर ढकाल विजयी

गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गुल्मी क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सागर ढकाल विजयी भएका छन्। उनल...

काठमाडौं ६ मा रास्वपा उम्मेदवार शिशिर खनाल विजयी

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल विजयी भएका छन्। ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE