काठमाडौं। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले न्यायाधीशहरुले फलको आश नगरी कर्म गर्नुपर्ने बताएको छन ।
सोमबार ललितपुरमा अन्तर्राष्ट्रिय महिला न्यायाधीश दिवसका अवसरमा आयोजित ‘महिला न्यायाधीश सम्मेलन–२०८१’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएको हो ।
उनले महिला न्यायाधीश भएर आउँदैमा सबैकुरा पूरा नहुने बताए । उनले महिला न्यायाधीशमा क्षमता र शाहस हुन जरुरी रहेको जानकारी दिए । उनले न्यायाधीश धेरै अध्ययन गर्न जरुरी रहेको बताए।
पूर्वप्रधानन्यायाधीश कार्कीले न्यायाधीशले कहिले पनि जस लिने आशा गरेर न्याय सम्पादन गर्न नहुने जिकिर गरे। उनले जस दिन्छन् कि दिँदैनन् भनेर न्याय गर्ने भन्दा पनि पीडितले न्याय पाउने गरी न्याय सम्पादन गर्न जरुरी रहेको बताए । आफ्नो क्षमतालै भ्याएसम्म न्याय सम्पादन गर्न आग्रह गरे।
‘‘महिला न्यायाधीश भएर आउँदैमा सबै कुरा हुँदैन । महिला न्यायाधीशमा क्षमता हुनुपर्छ । शाहस हुनैपर्छ । अध्ययन त दिनरात गर्नैपर्छ । हामीले कर्म गर्ने हो फलको आशा गर्नु हुँदैन । कृष्ण भगवानले पनि कर्म गर फलको आशा नगर भनेको छ । मलाई अहिले के महशुस भएको छ भने हामीले काम गर्ने हो पछाडि के भन्छन् भनेर सरोकार राख्नु हुँदैन ।,’’ पूर्वप्रधानन्यायाधीश कार्कीले ‘‘यो यस्तो क्षेत्र हो अदालतमा १० हजार मुद्दा छ भने २० हजार मानिस हुन्छ । १० हजारले जित्छ, १० हजारले हार्छ । हार्ने १० हजारले कहिल्यै जस दिँदैन अदालतलाई । त्यसैले मैले काम गरेँ तर किन जस दिएन भनेर सोच्दै नसोच्नुस् । आफ्नो क्षमताले भ्याएसम्म काम गर्नुस् ।’’
पूर्वप्रधानन्यायाधीश कार्कीले न्यायाधीशले पक्षपात नगरी न्याय दिनुपर्ने बताए । एउटा न्यायले सबैको विकास हुुने उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २३ गते, २०८२ - १८:४०
काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले आफ्नो निर्वाचन प्रम...
फाल्गुन २३ गते, २०८२ - १८:२४
काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन्। अन्तिम मतपरिणाम अनुसार शाहले ...
फाल्गुन २३ गते, २०८२ - १७:४४
विराटनगर । मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कृष्ण कार्की प्रतिनिधिसभा सदस्यमा निर्वा...
फाल्गुन २३ गते, २०८२ - १७:३४
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा हालै सम्पन्न निर्वाचनको सफलताका लागि नेपाली जनता र सरकारलाई बधाई दिएका छन्। सामाजिक सञ्जाल ...
फाल्गुन २३ गते, २०८२ - १७:२७
काठमाडौं । सर्वाधिक चासोको क्षेत्र मानिएको झापा–५ को मतगणना अन्तिम चरणमा पुगेको छ। पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ ...
फाल्गुन २३ गते, २०८२ - १७:१४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी ललितपुर क्षेत्र नं. ३ की उम्मेदवार तोसिमा कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्। निर्वाचन परिणामअन...
फाल्गुन २३ गते, २०८२ - १७:०५
काठमाडौं। प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार धनेन्द्र कार्की विजयी ...
फाल्गुन २३ गते, २०८२ - १६:२५
गोरखा । लमजुङ मा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार धर्मराज केसी विजयी भएका छन्। उनले नेकपा एमाले का उम्मे...
फाल्गुन २३ गते, २०८२ - १६:१६
गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गुल्मी क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सागर ढकाल विजयी भएका छन्। उनल...
फाल्गुन २२ गते, २०८२ - १७:३१
काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल विजयी भएका छन्। ...



प्रतिकृया लेख्नुहोस्: