वीरगन्ज । वीरगन्जस्थित जिल्ला प्रशासन कार्यालय पर्सामा सोमबार मिटरब्याजी पीडित एक पुरुषले आत्मदाह गर्ने प्रयास गरेका छन्। बाराको पचरौता नगरपालिका-४ स्थायी घर भई हाल वीरगन्ज-२४ रामगढवामा बस्दै आएका ६० वर्षीय बृजकिशोर प्रसाद साहले कार्यालय परिसरमै आत्मदाहको प्रयास गरेका हुन्।
सोमबार दिउँसो साढे १२ बजे साहले किरा मार्ने विषादी सेवन गर्दै शरीरमा पेट्रोल छर्केर आगो लगाउने कोसिस गरेका थिए। तर, त्यहाँ ड्युटीमा रहेका सशस्त्र प्रहरीले साहलाई आगो लगाउनबाट रोक्न सफल भएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए।
हल्का विष समेत सेवन गरिसकेका साहलाई त्यहाँबाट उद्धार गरेर उपचारका लागि नारायणी अस्पतालमा पुर्याइएको र उनको अवस्था खतरामुक्त रहेको चिकित्सकले बताएको अर्यालले बताए।
मिटरब्याजीबाट पीडित साहलाई प्रहरीले न्याय नदिएका कारण उनले आत्मदाहको प्रयास गरेको बताइएको छ। घटनास्थलबाट भेटिएको साह आफैंले लेखेको पत्रमा लेखिएको छ, ‘घटनास्थलबाट सीडीओलाई प्राप्त पत्रमा लेखिएको छ, ‘एक लाख ५० हजार रुपैयाँ ऋण लिएर ६ लाख मूल्य बराबरको जग्गा अरूका नाममा पास गरेको थिए। तर जग्गाको आफूले पैसा तिर्न खोज्दा पीडकले फिर्ता गर्न आनाकानी गरिरहेको छ। यो मुद्दामा प्रहरीले पनि साथ दिइरहेको छैन, त्यही कारण यो बाटो रोजेको हुँ।’
घटनास्थलबाट बरामद उक्त पत्रबारे पुष्टि गर्दै प्रमुख जिल्ला अधिकारी अर्यालले जिल्ला प्रहरी कार्यालय पर्सामा साहले निवेदन दिएको र त्यसबारे प्रहरी कार्यालयमा मिलापत्रका लागि छलफल भइरहेको अवस्था रहेको बताए। सोमबारको घटनाबारे थप अनुसन्धानका लागि आफूले प्रहरी प्रमुखलाई निर्देशन दिइसकेको अर्यालले बताए।
साहले आत्मदाहको प्रयास गरिरहेका समयमा जिल्ला प्रशासन कार्यालय पर्सामा जिल्लाका सुरक्षा निकायका प्रमुखहरूको बैठक बसिरहेको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २८ गते, २०८२ - २१:५३
भोजपुर । सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । हरिय...
चैत्र २८ गते, २०८२ - २१:४५
नुवाकोट । आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ । आफैँले काटेको रुखले लागेर सोही स्थानका ३५ वर्षीय प्रेम त...
चैत्र २८ गते, २०८२ - २१:४२
ललितपुर। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीको सदस्यता शुल्क एक सय रुपैयाँ भएको बताएका छन्।ललितपुरमा आयोजित पार्टीको भेलालाई सम...
चैत्र २८ गते, २०८२ - २१:३१
दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा...
चैत्र २८ गते, २०८२ - २१:२९
नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । ...
चैत्र २८ गते, २०८२ - २०:०६
निजी अस्पतालको शुल्क नियन्त्रण गर्न स्तरीकरणको व्यवस्था
चैत्र २८ गते, २०८२ - १९:५७
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले पूर्वप्रधानमन्त्री लगायत उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग गर्दै आफू त्यसक...
चैत्र २८ गते, २०८२ - १९:५५
काठमाडौं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ। नवलपरासी पश्चिम, सुनवल नगरपालिका-२ मुखिया टोलबाट अवैध लागूऔ...
चैत्र २८ गते, २०८२ - १९:५१
दाङ । यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि रुपन्देहीले हात पारेको छ। आज सम्पन्न फाइनल खेलमा पाल्प...
चैत्र २८ गते, २०८२ - १९:४५
प्रधानमन्त्रीको निर्देशनमा दुई दिन चले, फेरि विमानस्थलतिर मोडिए


प्रतिकृया लेख्नुहोस्: