Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

बझाङमा एसईईका लागि २० परीक्षा केन्द्र

खबरडबली संवाददाता

बझाङ । बझाङमा एसईई परीक्षाका लागि जिल्लाभर २० वटा परीक्षा केन्द्र तोकिएको छ । परीक्षा समन्वय समितिले चैत ७ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि परीक्षा केन्द्र निर्धारण गरेको हो ।

यस वर्ष प्राविधिक धारतर्फ एक वटा परीक्षा केन्द्र थप गरिएको शिक्षा विकास तथा समन्वय इकाइ बझाङका सूचना अधिकारी बसन्तबहादुर सिंहले जानकारी दिए । प्राविधिक धारतर्फका सबै विद्यालयका परीक्षार्थीका लागि सत्यवादी माध्यमिक विद्यालय भोपुर (ख) केन्द्र कायम गरिएको उनले बताए । 

उनका अनुसार दुर्गा भवानी मावि तलकोट, सत्यवादी मावि भोपुर (क), सत्यवादी मावि भोपुर (ख), कुलमष्टोजन मावि भातेखोला, बालविकास मावि गोलाई, जालपा मावि देवल, खप्तड मावि कालुखेती, लामातोला मावि लामातोला, जनप्रिय मावि बगडगाउँ, थलारा मावि खोली, भैरव मावि झोता, चौधरी मावि जुजी, शान्ति मावि चौघानपाटा, बान्निचौर मावि बान्निचौर, चन्द्रोदय मावि भाटशैन, शिक्षोदय मावि बागथला, सुनकुडा मावि चिर, सरस्वती मावि विजगडा र महादेव मावि अठपालीमा परीक्षा केन्द्र तोकिएको छ ।

यस वर्ष बझाङमा ४ हजार ६ सय ४४ जना परीक्षार्थी सहभागी हुनेछन् । नियमित साधारणतर्फ १ हजार ८ सय ५ छात्रा र १ हजार ८ सय २१ छात्रगरी ३ हजार ७ सय ६ जना तथा एक्जाम्टेड (ग्रेडवृद्धि) तर्फ ३ सय ७२ छात्रा तथा ३ सय १२ छात्र गरी ६ सय ८४ जना परीक्षार्थी सहभागी हुनेछन् ।

यस्तै, प्राविधिक धारतर्फका एकसय ३३ छात्रा र एकसय २१ छात्र गरी जम्मा दुईसय ५४ जना विद्यार्थी सहभागी हुने सूचना अधिकारी सिंहले बताए । परीक्षा शान्त, मर्यादित र अनुशासित रूपमा सम्पन्न गर्न सबैको समन्वय र सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फागुन २१ को निर्वाचन निष्पक्ष र धाँधलीरहित गराउन राष्ट्रिय सभाका अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी ब...

चीनद्वारा ‘क्वाइचोउ–११’ रकेटमार्फत व्यावसायिक प्रयोगात्मक अन्तरिक्ष यान प्रक्षेपण

जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...

गोकर्णेश्वर नगरपालिकाका तत्कालीन प्रमुखविरुद्ध तीन करोड ६८ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...

तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...

बर्लिन वार्ताअघि संवादका लागि तयार छु : जेलेन्स्की

काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...

पाँचथरमा हजुरबाको छुरा प्रहारले नातिकाे मृत्यु

पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ ।  पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...

एमाले महाधिवेशनः निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...

यस्तो बन्ने छ केन्द्रीय कमिटीको संरचना (सूचीसहित)

काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ ।  जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...

खेतीयोग्य बारी बाँझिदै गएपछि बागलुङमा कोदो उत्पादन घट्यो

बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...

सिड्नीको बोन्डी बिचमा गोली चल्दा १० जनाको मृत्यु

सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।  सिड्नीको प्रहरीले एक अज्ञा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending