सिन्धुपाल्चोक । त्रिभुवन विश्वविद्यालय अन्त्रगतका क्याम्पसहरूमा चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सिन्धुपाल्चोकमा नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ बिच गठबन्धन गरेर निर्वाचनमा जाने सहमति भएको छ ।
केन्द्रीय तहमा गठबन्धन नगर्ने भए पनि सिन्धुपाल्चोकमा भने सत्ता सहयात्री दुई दलका विद्यार्थी संगठन बिच तालमेल गरेर स्ववियुमा गठबन्धन गर्ने विद्यार्थी संगठन बिच सहमति भएको हो । सत्ता सहयात्री दुई दल बिच चुनावी सहकार्य हुने भएपछि माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी भने एक्लै चुनावी मैदानमा उत्रिएको छ ।
सिन्धुपाल्चोकमा १२ सामुदायिक क्याम्पसहरू रहेका छन् । दुवै संगठनले बराबरीको सिद्धान्त अनुसार ६/६ वटा क्याम्पसमा बराबरी लिने गरी स्ववियुमा गठबन्धन गर्न लागेका हुन् ।
सदरमुकाम चौतारामा रहेको चौतारा क्याम्पस ,सुनकोशी, इन्द्रावती, ठोकर्पा, अभयान्द र सिन्धु भ्याली क्याम्पस अनेरास्ववियुले लिने निर्णय भएको अखिलका जिल्ला अध्यक्ष रविन वाइबा तामाङले जानकारी दिए ।
त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको गृह पालिकामा रहेको अरनिको कलेज, ककलिङ , मेलम्ची, पाँचपोखरी, जलवीरे र जुगल क्याम्पस माओवादीले लिने सहमति भएको नेविसंघका जिल्ला अध्यक्ष पवन घोरासैनीले जानकारी दिए ।
दुई संगठन बिच समानुपातिक मतभार नहरी निर्वाचनमा सभापति लिइएको संगठनबाट सह–सचिव पदमा र सचिव,कोषाध्यक्ष लिएको संगठनबाट उपाध्यक्ष पदमा निर्वाचन पछि मनोनीत गर्ने सहमति पनि दुई संगठन बिच भएको छ । दुवै संगठनका मातृ पार्टीका नेताहरू सहितको बैठकबाट जिल्लाका सबै क्याम्पसहरू ‘कब्जा’ गर्ने रणनीति लिएर गठबन्धन गरिएको नेपाली कांग्रेसका एक नेताले जानकारी दिए ।
माओवादीको छुट्टै रणनीति
सत्ता सहकार्यमा रहेका दुई दलका विद्यार्थी संगठनहरु बिच स्ववियुमा गठबन्धन गरेर जाने भएपछि माओवादीलाई भने केही दबाब परेको छ । माओवादीले केही प्रमुख क्याम्पसहरूमा आफ्नो नेतृत्व स्थापित गर्नका लागि विशेष योजना अगाडि सारेको छ ।
माओवादी केन्द्रीय उपाध्यक्ष अग्निप्रसाद सापकोटा, सासंद माधव सापकोटा लगायत माओवादी केन्द्रमा प्रतिनिधित्व गर्ने धेरै केन्द्रीय स्तरका नेताहरू भएकाले पनि केही क्याम्पसहरूमा अखिल क्रान्तिकारीबाट जित्नुपर्ने दबाबमा छन् । सबैको ध्यान चौतारा क्याम्पसमा रहेका छन् ।
चौतारा क्याम्पसमा अखिल क्रान्तिकारीको बलियो उपस्थिति छ,दुई संगठनबिच गठबन्धन भए पनि चौतारा लगायत केही क्याम्पसहरूमा हामी प्यानल नै जित्छौ माओवादी केन्द्रीय सदस्य माधव सापकोटाले भने । माओवादीका केन्द्रीय नेतृत्व र जिल्ला नेतृत्व समेत चुनावी अभियानमा अहिले सिन्धुपाल्चोकमा नै रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...
पौष १२ गते, २०८२ - ०८:५२
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...
पौष १२ गते, २०८२ - ०८:२३
अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...
पौष १२ गते, २०८२ - ०८:२३
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...
पौष १२ गते, २०८२ - ०७:५४
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...
पौष १२ गते, २०८२ - ०७:५२
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...
पौष १२ गते, २०८२ - ०७:५१
काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...
पौष १२ गते, २०८२ - ०७:३८
काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...
पौष ११ गते, २०८२ - २२:०६
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...




प्रतिकृया लेख्नुहोस्: