विराटनगर । विराटनगर भन्सार कार्यालयमा मालवस्तु बोकेर भारतबाट आएका दुई वटा मालवाहक ट्रकको एउटै नम्बर भेटिएपछि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ ।
भन्सार कार्यालयमा मालवस्तु जाँचपास गराएर उद्योगमा अनलोड गरेर फर्कंदै गरेको र मालवस्तु बोकेर जाँचपासका लागि पार्किङमा रोकिएको गाडीको नम्बर प्लेट समान भेटिएपछि अनुसन्धान सुरु गरिएको हो ।
विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठले घटनापछि दुवै ट्रकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जानकारी दिए । राजस्व छलीको सम्भावना देखिएपछि भारतीय नम्बर प्लेट आरजे १४ जिएच ०४३३६ नम्बरका दुई गाडी नियन्त्रणमा लिइएको हो ।
उद्योगबाट सामान अनलोड गरेर भन्सार प्रवेशमा इन्ट्री गराउने र भारतीय भन्सार परिसरबाट नेपालको भन्सार परिसरमा सामान बोकेर आउने ट्रकको समय एउटै परेपछि आशङ्का उब्जिएको हो । भारततर्फ फर्कंदै गरेको ट्रकको सामान भन्सार जाँचपासपछि नै अनलोड गरेर फर्किएको हो तर पार्किङमा भएको ट्रक भने भन्सार जाँचपास हुन बाँकी रहेको थियो । यस्तो अवस्थामा पहिलो ट्रकको सामानको प्रज्ञापनपत्र दुरुपयोग गरेर दोस्रो ट्रक भन्सारबाट निकाल्न सक्ने सम्भावना धेरै हुन्छ ।
भन्सार प्रमुख श्रेष्ठले यस्तो स्थिति कसरी आयो भन्नका लागि अनुसन्धान अधिकृत तोकेर घटनाको विषयमा बुझ्ने काम भइरहेको जानकारी दिए । दुवै ट्रकमा कटहरी गाउँपालिकास्थित काबरा ग्रुपले सञ्चालन गर्दै आएको क्वालिटी केम प्रालिको सामान रहेको पाइएको छ ।
विराटनगर भन्सारका अधिकृत एवं मुद्दा शाखाका प्रमुख फर्सबहादुर राईले एउटै नम्बर प्लेटका भारतीय गाडीमा कसरी सामान आयो भन्ने विषय अनुसन्धानको क्रममा रहेको जानकारी दिए । उनले अनलोड भएर फर्किएको गाडी गेटमा इन्ट्री गर्दा भन्सारपरिसरको पार्किङमा त्यही नम्बर गाडी रहेको देखिएको जानकारी दिए । एकै पटक आउँदै र जाँदै गरेको गाडीको नम्बर एकै हुँदा सिस्टमले लिन नमानेपछि यसको खोजी सुरु गरिएको थियो ।
विराटनगर भन्सार एजेन्ट सङ्घका अध्यक्ष देवकीनन्दन शर्माले भारतमा चोरीको गाडी धेरै प्रयोग हुने गरेको बताए । उनले नेपाल भन्सारमा प्रवेश गरेपछि त्यसको जाँचपास गर्ने प्रक्रियामा छलछाम गर्ने प्रयोजनमा प्रयोग भएरनभएको अहिलेसम्म नखुलेकाले यसै भन्न नसक्ने अवस्था रहेको बताए ।
एउटै नम्बर प्लेटको गाडी अनलोड गरेर भन्सार पुग्नु र त्यही नम्बर प्लेटको गाडी भन्सारको पार्किङमा हुनुले कहीँ न कहीँ फल्ट छ कि भन्ने शङ्का गर्नु सामान्य रहेको अध्यक्ष शर्माको बुझाइ छ । काबरा ग्रुपका विपिन काबराले कसरी त्यस्तो भयो भन्ने आफूलाई पनि यकिन नभएको बताए । “एउटा खाली छ रे, अर्कोमा सामान छ भन्ने आएको छ,” यसको विषय बुझ्नै बाँकी रह्यो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...
पौष १२ गते, २०८२ - ०८:५२
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...
पौष १२ गते, २०८२ - ०८:२३
अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...
पौष १२ गते, २०८२ - ०८:२३
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...
पौष १२ गते, २०८२ - ०७:५४
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...
पौष १२ गते, २०८२ - ०७:५२
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...
पौष १२ गते, २०८२ - ०७:५१
काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...
पौष १२ गते, २०८२ - ०७:३८
काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...
पौष ११ गते, २०८२ - २२:०६
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...




प्रतिकृया लेख्नुहोस्: