Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

साँखुमा टिपरबाट मारिएकाहरुको अझै उठेन शव

खबरडबली संवाददाता

काठमाडौं ।  शंखरापुरमा टिपरको ठक्करबाट मृत्यु भएका तीन जनाको शव छ दिन बितिसक्दासमेत उठेकाे छैन । शुक्रबार राति शंखरापुर नगरपालिका ६ सलम्बुटारस्थित अनाथालयमा टिपर पस्दा मृत्युभएकाहरुको शव विवादका कारण मंगलबार रातिसम्म पोष्टमार्टमसम्म हुन नसकेको हो।

द्वन्द्वपीडित तथा अपांग समाज नेपाल (सीभीडीएस) का अध्यक्ष युवराज थापाका अनुसार टिपर सञ्चालकले क्षतिपूर्ति दिन नमान्दा पोष्टमार्टमसम्म हुन नसेको हो। समाजले प्रति मृतक दश लाखका दरले क्षतिपूर्ति माग गरे पनि दुर्घटना गराउने पक्षले दिन नमान्दा शव जलाउन नसकिएको थापाले जानकारी दिए।

उनले भने, ‘अहिलेसम्म शव उठ्न सकेको छैन। हामीले प्रतिजना दश लाखका दरले क्षतिपूर्ति माग गरेका हौँ। तर उहाँहरु सम्पर्कमा नै आउनुभएको छैन।’ शव महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको छ।

शव उठाउने विषयमा मंगलबार आश्रयस्थलमै प्रहरी पुगेर छलफल गरेको थियो। टिपर व्यवसायीसहित बुधबार बौद्धमा पुनः बसेर छलफल गर्ने भनिएको थापाले जानकारी दिए।

शुक्रबार बिहान ३ः४० बजे बा २ क ६५८० नम्बरको रित्तो टिपर काठमाडौंबाट मेलम्ची जानेक्रममा दश जना सुतिरहेको आश्रयस्थलमाथि बज्रन पुगेको थियो। टिपर चालक सिन्धुपाल्चोकका २५ वर्षीय सागर माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनामा परी ४५ वर्षीय हरिजन, २१ वर्षका आकाश र सुमनको ज्यान गएको थियो। उनीहरु तीनै जना सुन्न र बोल्न नसक्ने अपांगता भएका व्यक्ति थिए।

२०६२ सालमा थापाले स्थापना गरेको संस्थामा २२ महिला र ३२ पुरुष गरी ५४ जना बस्दै आएका थिए। थापा आफैँ पनि अपांगता भएका व्यक्ति हुन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अकबरे खुर्सानी कालीमाटीमै ४०० रुपैयाँ केजी, अन्य तरकारी–फलफूलको थोक मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...

को–को हुन् प्रतिनिधिसभा निर्वाचनका लागि अस्थायी मतदाता ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...

बढ्यो अमेरिकी डलरको मूल्य, अन्यकाे कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।  आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...

विप्लव समूहको कम्युनबाट भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद

अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...

निर्वाचनको गाँठो फुकाउन प्रधानमन्त्री कार्कीको पहल, आज तीन दलका शीर्ष नेतासँग निर्णायक छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...

आज काठमाडौंका यी क्षेत्रमा बिजुली कटौती

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...

प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...

आजको मौसम : तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...

नेकपा ओखलढुंगामा उम्मेदवारी सिफारिसमा विवाद, १५ जनामा कसले पाउला टिकट ?

ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending