Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

एमालेबाट निर्वाचित वडाध्यक्ष नागरिकता किनबेचमा, एक लाख भारुमा भारतीयलाई दिलाइयो नेपाली नागरिकता

खबरडबली संवाददाता

काठमाडौं । सिरहाका एक वडाध्यक्षले भारतीयलाई नागरिकता दिएको खुलेको छ । सिरहा क्षेत्र नम्बर २ का सांसद एवं सोही स्थानीय तहका राजकिशोर यादवले मंगलबार प्रतिनिधिसभा बैठकमा यस्तो विषय उठाएपछि यो विषय थाहा भएको हो । 

सिरहाको नरहा गाउँपालिका–३ का वडाअध्यक्ष रुस्तम अन्सारीको सिफारिसमा भारत बिहार मधुबनी जिल्ला, जयनगर ग्राम पञ्चायतस्थित देउधाका मोस्ताक मियाँले नागरिकता प्राप्त थिए । 

उनले वडाबाट सिफारिस लिएर २०८० असारमा जिल्ला प्रशासन कार्यालय सिरहाबाट नागरिकता प्राप्त गरेका थिए । नागरिकताका लागि नरहा–३ खोरियाका अमानत मियाँ र उनकी पत्नी रजिना खातुनलाई बुबाआमा देखाएर वडाध्यक्ष अन्सारीले सनाखत गर्न लगाएका विभिन्न उजुरीमा उल्लेख छ 

वडाध्यक्ष अन्सारीको सिफारिसमा मोस्ताक मियाँले नागरिकता लिएको भन्दै नरहा–३ के इनुस अन्सारीले जिल्ला प्रशासन कार्यालयदेखि गृहमन्त्रालय, जिल्ला प्रहरी कार्यालय र अख्तियार दुरुपयोग आयोगसम्म उजुरी गरेका छन् । तर हालसम्म यसबारे कुनै प्रक्रिया बढाइएको छैन । 

जनता समाजवादी पार्टी नेपालका उपाध्यक्षसमेत रहेका सांसद यादवले आजनको संसद्मा नागरिकता खरिद–बिक्री गर्ने काम सत्ता पक्षबाट भएको आरोप लगाए । वडाअध्यक्ष अन्सारी एमालेका हुन् । सांसद यादवले वडाअध्यक्ष सत्ताधारी दलका भएका कारण उनीमाथि कारबाही नभएको दाबी गरे । गलत सिफारिस गरेको भन्दै वडाअध्यक्ष अन्सारीलाई कारबाही गर्नुपर्ने उनले माग गरे । 

स्थानीय इनुस अन्सारीले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएपछि प्रमुख जिल्ला अधिकारीले मोस्ताक मियाँलाई बोलाएर सोधपुछ गरेर छाडेका थिए । तर हालसम्म अन्य कारबाही नभएको इनुसले बताएका छन् । 

‘मुस्ताक भारतीय हुनुहुन्छ भनी म पहिल्यैदेखि चिन्थेँ, सीडीओ कार्यालयबाट नागरिकता बनाएर निस्किँदा नै मलाई शंका लागेको थियो,’ इनुसले भने, ‘अनि मलाई उहाँले नै वडाअध्यक्षलाई एक लाख भारु दिएर नागरिकता सिफारिस गर्दिएको बताउनुभयो ।’

त्यसको भोलिपल्ट आफूले सीडीओ कार्यालयमा उजुरी दिएको र त्यहाँबाट कुनै सुनुवाइ नभएपछि अख्तियारमा उजुरी दिएको उनले बताए । इनुसले गृहमन्त्रालयमा पनि उजुरी दिएको तर हालसम्म कतैबाट कुनै सुनुवाइ नभएको गुनासो गरे । 

सिरहाका सीडीओ वासुदेव दाहालले वडाध्यक्ष अन्सारी, नागरिकता बनाउने, सनाखत बस्नेहरूसँग बयान लिएको र त्यसमा थप अनुसन्धान भइरहेको बताए । 

वडाध्यक्ष अन्सारीले पनि आफूले बयान दिइसकेको बताएका छन् । उनले भने, ‘मबाट भुलले फाइलमा हस्ताक्षर भएको हो, त्यो कुरा मैले स्वीकार गर्दै सीडीओ कार्यालयमा नागरिकता खारेजका लागि पत्र पनि पठाइसकेको छु, नागरिकता पनि जफत भइसकेको छ ।’ 

नागरिकताका थुप्रै फाइल टेबलमा रहँदा गल्ती भएको उनको भनाइ थियो । ‘पालिकाको कार्यक्रमको समय थियो, सिफारिसका लागि फाइल आएपछि केही नहेरी हस्ताक्षर गरिदिएँ,’ उनले भने, ‘विपक्षीहरूले आफूलाई यसमा जबर्जस्ती फसाउन खोजे ।’ 

अख्तियारसँग पनि आफूले यही बयान दिएको र उनले सुनाए । साथै उनले घुस मागेको आरोपमा प्रमाणित भए जस्तोसुकै सजाय भोग्न तयार रहेको पनि बताए । उक्त घटनालाई बारम्बार आफूबाट भुल भएको बताएका उनले अनावश्यक उचाल्ने काम भइरहेको दाबी गरे ।

तर, आमाबुबा बनेका अमानत मियाँ र रजिना खातुनले भने आफूले मोस्ताकलाई नचिनेको बताएका । अमानतले भने, ‘मोस्ताक को हुन् हामी चिन्दैनौँ, वडा कार्यालयमा आफ्नो कामका लागि गएको वेला अध्यक्षज्यूले यसमा हस्ताक्षर गर्दिनु भन्नुभयो, मैले केही खोजखबर नगरी हस्ताक्षर गरेँ । पछि थाह पाएँ, नागरिकता बनाएको रहेछ ।’

12345678

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अकबरे खुर्सानी कालीमाटीमै ४०० रुपैयाँ केजी, अन्य तरकारी–फलफूलको थोक मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...

को–को हुन् प्रतिनिधिसभा निर्वाचनका लागि अस्थायी मतदाता ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...

बढ्यो अमेरिकी डलरको मूल्य, अन्यकाे कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।  आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...

विप्लव समूहको कम्युनबाट भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद

अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...

निर्वाचनको गाँठो फुकाउन प्रधानमन्त्री कार्कीको पहल, आज तीन दलका शीर्ष नेतासँग निर्णायक छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...

आज काठमाडौंका यी क्षेत्रमा बिजुली कटौती

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...

प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...

आजको मौसम : तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...

नेकपा ओखलढुंगामा उम्मेदवारी सिफारिसमा विवाद, १५ जनामा कसले पाउला टिकट ?

ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending