काठमाडौं । सिरहाका एक वडाध्यक्षले भारतीयलाई नागरिकता दिएको खुलेको छ । सिरहा क्षेत्र नम्बर २ का सांसद एवं सोही स्थानीय तहका राजकिशोर यादवले मंगलबार प्रतिनिधिसभा बैठकमा यस्तो विषय उठाएपछि यो विषय थाहा भएको हो ।
सिरहाको नरहा गाउँपालिका–३ का वडाअध्यक्ष रुस्तम अन्सारीको सिफारिसमा भारत बिहार मधुबनी जिल्ला, जयनगर ग्राम पञ्चायतस्थित देउधाका मोस्ताक मियाँले नागरिकता प्राप्त थिए ।
उनले वडाबाट सिफारिस लिएर २०८० असारमा जिल्ला प्रशासन कार्यालय सिरहाबाट नागरिकता प्राप्त गरेका थिए । नागरिकताका लागि नरहा–३ खोरियाका अमानत मियाँ र उनकी पत्नी रजिना खातुनलाई बुबाआमा देखाएर वडाध्यक्ष अन्सारीले सनाखत गर्न लगाएका विभिन्न उजुरीमा उल्लेख छ
वडाध्यक्ष अन्सारीको सिफारिसमा मोस्ताक मियाँले नागरिकता लिएको भन्दै नरहा–३ के इनुस अन्सारीले जिल्ला प्रशासन कार्यालयदेखि गृहमन्त्रालय, जिल्ला प्रहरी कार्यालय र अख्तियार दुरुपयोग आयोगसम्म उजुरी गरेका छन् । तर हालसम्म यसबारे कुनै प्रक्रिया बढाइएको छैन ।
जनता समाजवादी पार्टी नेपालका उपाध्यक्षसमेत रहेका सांसद यादवले आजनको संसद्मा नागरिकता खरिद–बिक्री गर्ने काम सत्ता पक्षबाट भएको आरोप लगाए । वडाअध्यक्ष अन्सारी एमालेका हुन् । सांसद यादवले वडाअध्यक्ष सत्ताधारी दलका भएका कारण उनीमाथि कारबाही नभएको दाबी गरे । गलत सिफारिस गरेको भन्दै वडाअध्यक्ष अन्सारीलाई कारबाही गर्नुपर्ने उनले माग गरे ।
स्थानीय इनुस अन्सारीले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएपछि प्रमुख जिल्ला अधिकारीले मोस्ताक मियाँलाई बोलाएर सोधपुछ गरेर छाडेका थिए । तर हालसम्म अन्य कारबाही नभएको इनुसले बताएका छन् ।
‘मुस्ताक भारतीय हुनुहुन्छ भनी म पहिल्यैदेखि चिन्थेँ, सीडीओ कार्यालयबाट नागरिकता बनाएर निस्किँदा नै मलाई शंका लागेको थियो,’ इनुसले भने, ‘अनि मलाई उहाँले नै वडाअध्यक्षलाई एक लाख भारु दिएर नागरिकता सिफारिस गर्दिएको बताउनुभयो ।’
त्यसको भोलिपल्ट आफूले सीडीओ कार्यालयमा उजुरी दिएको र त्यहाँबाट कुनै सुनुवाइ नभएपछि अख्तियारमा उजुरी दिएको उनले बताए । इनुसले गृहमन्त्रालयमा पनि उजुरी दिएको तर हालसम्म कतैबाट कुनै सुनुवाइ नभएको गुनासो गरे ।
सिरहाका सीडीओ वासुदेव दाहालले वडाध्यक्ष अन्सारी, नागरिकता बनाउने, सनाखत बस्नेहरूसँग बयान लिएको र त्यसमा थप अनुसन्धान भइरहेको बताए ।
वडाध्यक्ष अन्सारीले पनि आफूले बयान दिइसकेको बताएका छन् । उनले भने, ‘मबाट भुलले फाइलमा हस्ताक्षर भएको हो, त्यो कुरा मैले स्वीकार गर्दै सीडीओ कार्यालयमा नागरिकता खारेजका लागि पत्र पनि पठाइसकेको छु, नागरिकता पनि जफत भइसकेको छ ।’
नागरिकताका थुप्रै फाइल टेबलमा रहँदा गल्ती भएको उनको भनाइ थियो । ‘पालिकाको कार्यक्रमको समय थियो, सिफारिसका लागि फाइल आएपछि केही नहेरी हस्ताक्षर गरिदिएँ,’ उनले भने, ‘विपक्षीहरूले आफूलाई यसमा जबर्जस्ती फसाउन खोजे ।’
अख्तियारसँग पनि आफूले यही बयान दिएको र उनले सुनाए । साथै उनले घुस मागेको आरोपमा प्रमाणित भए जस्तोसुकै सजाय भोग्न तयार रहेको पनि बताए । उक्त घटनालाई बारम्बार आफूबाट भुल भएको बताएका उनले अनावश्यक उचाल्ने काम भइरहेको दाबी गरे ।
तर, आमाबुबा बनेका अमानत मियाँ र रजिना खातुनले भने आफूले मोस्ताकलाई नचिनेको बताएका । अमानतले भने, ‘मोस्ताक को हुन् हामी चिन्दैनौँ, वडा कार्यालयमा आफ्नो कामका लागि गएको वेला अध्यक्षज्यूले यसमा हस्ताक्षर गर्दिनु भन्नुभयो, मैले केही खोजखबर नगरी हस्ताक्षर गरेँ । पछि थाह पाएँ, नागरिकता बनाएको रहेछ ।’








यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २८ गते, २०८२ - २१:५३
भोजपुर । सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । हरिय...
चैत्र २८ गते, २०८२ - २१:४५
नुवाकोट । आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ । आफैँले काटेको रुखले लागेर सोही स्थानका ३५ वर्षीय प्रेम त...
चैत्र २८ गते, २०८२ - २१:४२
ललितपुर। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीको सदस्यता शुल्क एक सय रुपैयाँ भएको बताएका छन्।ललितपुरमा आयोजित पार्टीको भेलालाई सम...
चैत्र २८ गते, २०८२ - २१:३१
दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा...
चैत्र २८ गते, २०८२ - २१:२९
नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । ...
चैत्र २८ गते, २०८२ - २०:०६
निजी अस्पतालको शुल्क नियन्त्रण गर्न स्तरीकरणको व्यवस्था
चैत्र २८ गते, २०८२ - १९:५७
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले पूर्वप्रधानमन्त्री लगायत उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग गर्दै आफू त्यसक...
चैत्र २८ गते, २०८२ - १९:५५
काठमाडौं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ। नवलपरासी पश्चिम, सुनवल नगरपालिका-२ मुखिया टोलबाट अवैध लागूऔ...
चैत्र २८ गते, २०८२ - १९:५१
दाङ । यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि रुपन्देहीले हात पारेको छ। आज सम्पन्न फाइनल खेलमा पाल्प...
चैत्र २८ गते, २०८२ - १९:४५
प्रधानमन्त्रीको निर्देशनमा दुई दिन चले, फेरि विमानस्थलतिर मोडिए


प्रतिकृया लेख्नुहोस्: