Ntc summer Offer
Khabar Dabali १३ चैत्र २०८१ बुधबार | 26th March, 2025 Wed
Investment bank

विवादका कारण उदयपुरका दुई क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

खबरडबली संवाददाता

उदयपुर । उदयपुरका दुई क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको (स्ववियु) निर्वाचन स्थगित भएको छ । त्रियुगा जनता बहुमुखी क्याम्पस मोतीगडा र बरुवा क्याम्पस गाईघाटमा स्ववियु निर्वाचन स्थगित भएको हो । 

त्रियुगा जनता बहुमुखी क्याम्पसका स्ववियु निर्वाचन अधिकृत टीका पौडेलका अनुसार सूचना जारी गर्दै स्ववियु निर्वाचनअन्तर्गतका सबै प्रक्रिया अर्को सुूना जारी नहुन्जेलसम्मका लागि स्थगित गरिएको छ ।

नेपाल विद्यार्थी संघ र नेकपा एससम्बद्ध अनेरास्ववियुले विभिन्न माग राखी निर्वाचन कार्यालयमा तालाबन्दी गरेपछि निर्वाचन प्रक्रिया स्थगित भएको उनको भनाइ छ । निर्वाचन अधिकृत पौडेलले भने, ‘नेपाल विद्यार्थी संघ र नेकपा एसनिकट अनेरास्वियुले निर्वाचन आचारसंहिता, मतदाता नामावलीलगायतका विषयमा विवाद ल्याए । पटक–पटक छलफल गर्दा पनि निष्कर्ष ननिस्केपछि स्थगित गरेका हौँ ।’

उनले नेविसंघले र नेकपा एसनिकट अनेरास्ववियुले मतदाता नामावलीमा गरेको दाबी विरोधसमेत नपुगेको बताए। उनले भने, ‘केही मतदाता नामावली तत्काल हटाउनुपर्ने, क्याम्पस प्रशासनबाट गरिएका गतिविधि सच्याउन र भयरहित एवं निष्पक्ष वातावरणमा निर्वाचन गराउन जिम्मा लिनुपर्ने, निर्वाचन समिति नै खारेज गर्नुपर्ने माग राखेर तालाबन्दी गरेका छन् ।’

दुई संगठनले छुट्टाछुट्टै माग राखेर निर्वाचन कार्यालयमा दुईवटा ताला लगाएपछि निर्वाचन प्रक्रिया पूर्णतः स्थगित भएको छ । यता बरुवा क्याम्पस प्रमुख भीम खड्काले विद्यार्थी संगठनहरूले मतदाता नामावलीमै विवाद गरेकाले स्ववियु निर्वाचन स्थगित भएको जानकारी दिए । उनले भने, ‘हामीले पटक–पटक छलफलबाट निष्कर्ष  निकाल्न खोजेका थियौँ । तर, विद्यार्थी संगठनहरूले चासो नदेखाउँदा स्थगित भएको छ । विद्यार्थी संगठनबिच सहमति हुँदा नयाँ प्रक्रियामा गएर पनि गर्न सकिन्छ । अहिलेलाई रोकिएको छ ।’

नेपाल विद्यार्थी संघ उदयपुरका जिल्ला अध्यक्ष रोशन कार्कीले त्रियुगा जनता बहुमुखी क्याम्पसमा निर्वाचन समितिले आफूहरूको मागलाई बेवास्ता गरेको कारण स्ववियु निर्वाचन तत्काललाई रोकिएको बताउँदै तालाबन्दी गरेको बताए । उनले भने, ‘उदयपुरमा स्ववियु निर्वाचन हुने तीन क्याम्पसमा त्रियुगा जनता बहुमुखी क्याम्पस, बरुवा क्याम्पस र चौदण्डीगढी नगपालिका– ४ स्थित नारद आदर्श क्याम्पस हुन् । बरुवा र त्रियुगा बहुमुखी क्याम्पसमा तत्काल निर्वाचन रोकिएको छ भने नारद आदर्श क्याम्पसमा निर्वाचन प्रक्रिया अघि बढेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रामेछापमा डढेलाे बस्तीमा पस्दा दुई घर र तीन गोठ जले

रामेछाप । घर नजिकैको वनमा लागेको आगो बस्तीमा पस्दा रामेछाप नगरपालिका–५ को ठिङग्रे, चुकिया र स्वाङग्रा गाउँमा दुुई वटा घर र तीनवटा गोठ जलेर पूर्णरुपमा ...

राप्रपाले २६ गते काठमाडौंमा जनप्रदर्शन गर्ने, वैशाख ७ बाट निरन्तर आन्दोलन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पूर्णरुपमा आन्दोलनमा होमिने भएको छ । आज बसेको आन्दोलन मुल समितिको बैठकले वैशाख ७ बाट निरन्तर राजधानी...

पूँजीगत खर्चबारे मन्त्रालयहरूसँग छलफल, खर्च वृद्धिमा प्रो एक्टिभ हुन अर्थमन्त्री पौडेलको निर्देशन

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको पूँजीगत खर्चबारे विषयगत मन्त्रालयहरुसँग छलफल गरेको छ । अर्थ मन्त्रालयका अनुसार २०८१ साल चैत्र ११ गते...

विचारधीन विधेयक टुंगोमा लैजान सत्तारूढ दल सहमत

काठमाडौं । सत्तापक्षीय दलका शीर्ष नेताको आजको बैठकमा सङ्घीय संसद्मा विचारधीन विधेयकहरुलाई संसदीय प्रक्रियाबाट यथाशीघ्र टुङ्गोमा पुर्‍याउन पहल गर्ने वि...

प्रधानमन्त्री चैत १९ गते थाईल्याण्ड जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि थाइल्याण्डका राजदूत सुवापोङ सिरिसोर्नले आज शिष्टाचार भेटबार्ता भएको छ । थाइल्याण्डका प्रधान...

प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले गरे पदभार ग्रहण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन् । मंगलबार साँझ रत्नपार्कस्थित प्राधिकर...

सन् २०३० सम्ममा क्षयरोग अन्त्य गर्न विश्व स्वास्थ्य सङ्गठनको आह्वान

मनिला । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युुएचओ) ले सोमबार सदस्य राष्ट्रहरूलाई सन् २०३० सम्ममा क्षयरोग (टीबी) अन्त्यका लागि तत्काल ‘निर्णायक कदम’ चाल्न आह...

बङ्गलादेशी पूर्व कप्तान तमिम इकबाल हृदयाघातपछि निको हुँदै

ढाका । बङ्गलादेशका पूर्व कप्तान तमिम इकबाललाई घरेलु खेलका क्रममा हृदयघात भएपछि होसमा आएकाे र उनले परिवारका सदस्यहरूसँग कुरा गरिरहेकाे क्रिकेट अधिकारीह...

रुसद्वारा ‘अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइलसहितको’ सैन्य अभ्यास सुरु

मस्को । रुसी सेनाले अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइलहरू समावेश गरेको सैन्य अभ्यास सुरु गरेको रुसी रक्षा मन्त्रालयले घोषणा गरेको छ । अभ्यासमा रूसक...

सोमबार बसेको मन्त्रिपरिषद् बैठकका २७ निर्णय सार्वजनिक (सूचीसहित)

काठमाडौं । सरकारले मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय मंगलबार सरकारका प्रवक्ता एवम् सञ्च...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy