Khabar Dabali २८ कार्तिक २०८२ बिहीबार | 13th November, 2025 Thu
Investment bank

स्ववियु निर्वाचनः को हो त्रिविमा नेविसंघको आधिकारिक उम्मेदवार ?

खबरडबली संवाददाता

 काठमाडौं । आसन्न स्ववियु निर्वाचन अन्तर्गत नेपाल विद्यार्थी संघबाट त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा अध्यक्षको आधिकारिक उम्मेदवार अझै यकिन हुन सकेको छैन ।

त्रिविस्थित निर्वाचन अधिकृतको कार्यालयले नेविसंघबाट उम्मेदवारी दिएका अनोज कार्की र दीपकराज जोशीको नाम सार्वजनिक गरेको छ । कार्की र जोशी अध्यक्षका उम्मेदवारका रुपमा नाम प्रकाशित हुँदा आधिकारिक उम्मेदवारको अन्योल रहेको छ ।

२७ फागुनमा तोकिएको उम्मेदवारी दर्ताको समयावधिमा कार्कीले मनोनयन दर्ता गरेका थिए । कार्कीको पक्षमा त्रिविको नेविसंघ नेतृत्वसहित केन्द्रीय तहका नेताहरू पनि थिए ।

महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, पार्टीबाट गठित निर्देशक समितिका संयोजक एवं सहमहामन्त्री किशोरसिंह राठोर लगायत कार्कीको पक्षमा रहेको विद्यार्थी नेताहरूले दाबी गरेका छन् । त्रिविका स्ववियु सभापति श्यामराज ओझा पनि कार्कीको पक्षमा खुलेका थिए ।

‘विधिसंगत तरिकाले आधिकारिक उम्मेदवार अनोज हो,’ त्रिवि स्ववियु सभापति ओझाले भने ।

कार्कीले नाम दर्ता गरिसकेपछि संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले दीपकराज जोशीलाई उम्मेदवार बन्न पत्र पठाएका थिए । नेविसंघको पत्र अनुसार नै २७ फागुनमा कार्कीको नाम हटाएर निर्वाचन अधिकृतको कार्यालयले जोशीको नाम सार्वजनिक गर्‍यो । त्यसविरुद्ध त्रिवि नेविसंघका अध्यक्ष विष्णु बडैलाले विज्ञप्ति निकालेर विरोध जनाए ।

निर्वाचन अधिकृतको कार्यालयमा बडैलाको नेतृत्वमा तालाबन्दी भएपछि बुधबार कार्कीको नाम पनि सार्वजनिक गरियो ।

जोशीको उम्मेदवारी विधिसंगत नगरेको भन्दै कार्की पक्ष विरोधमा उत्रिएका छन् । निर्वाचन अधिकृत कृष्णप्रसाद न्यौपानेले विद्यार्थी संगठनले तालाबन्दी गरेको जानकारी गराए ।

नेविसंघका प्रवक्ता सुरज सेजुवालले केन्द्रले दीपकराजलाई टिकट दिएको तर विवाद भएकाले छलफलकै क्रममा रहेको जानकारी गराए ।

त्रिविमा नेविसंघका अन्य पाँच जनाले स्वतन्त्र उम्मेवारी दिएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाकाे ६ महिनाभित्र एकता महाधिवेशन गर्ने सहमति

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र डा. भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान, नेपालबीच सात बुँदे सहमति भएको छ। सहमति पत्रमा नेकपा संयोजक...

धमाधम राजीनामा दिँदै सरकारले फिर्ता बोलाएका राजदूतहरू

काठमाडौँ । सरकारले फिर्ता बोलाएका राजदूतहरूले राजीनामा दिन थालेका छन्। जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले विभिन्न ११ देशमा कार्यरत...

नेकपा र भीम रावल नेतृत्वको अभियानबीच ७ बुँदे सहमति, रावल छैटौँ वरीयतामा

काठमाडौँ – मातृभूमि जागरण अभियान औपचारिक रूपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित भएको छ। पेरिसडाँडामा आयोजित कार्यक्रममा नेकपाका संयोजक पुष्प...

धरहरा सरकारले बनाएको भन्ने तर गोली कसले चलायो थाहा छैन : सुरेन्द्र पाण्डे

चितवन । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले जेन–जी आन्दोलनका क्रममा कार्तिक २३ गते भएको घटनाको जिम्मेवारी तत्कालीन सरकारकै भएको बताएका छन्। ...

गौमुखी गाउँपालिकाको लापरबाहीमा किसान आक्रोशित, तीन वर्षसम्मपनि पाएनन् किसानले भुक्तानी

प्यूठान  ।  प्यूठानको लिबाङका किसान पदमबहादुर केसी र दिपक वलीले लगाएका बिरुवाको मूल्य तीन वर्ष बितिसक्दा पनि गौमुखी गाउँपालिकाले १२ लाख रुपैयाँ भुक्ता...

नेतृत्व फेरेर चुनावमा गए कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्छः कांग्रेस नेता जीवन परियार

काठमाडौं ।  नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले आगामी निर्वाचनअघि पार्टीको महाधिवेशन गर्नुको विकल्प नरहेको बताएका छन्। पार्टी केन्द्रीय सम...

दुर्गा प्रसाईं समूहसँग गृह मन्त्रालयमा वार्ता जारी

काठमाडौं । सरकार र दुर्गा प्रसाईं समूहबीच गृह मन्त्रालयमा वार्ता जारी छ। वार्तामा प्रसाईं स्वयं सहभागी छैनन्, तर उनका प्रतिनिधि टोली सहभागी भएका छन...

मधेशमा एक्लियो एमाले, कांग्रेस–मधेशी दल नजिकिँदै

काठमाडौं । विवादास्पद ढंगले प्रदेश सरकारको नेतृत्व सम्हालेसँगै एमाले मधेश प्रदेशमा एक्लो भएको छ।  यसअघि सत्ता सहयात्री रहेको नेपाली कांग्रेस मधेशी दलह...

ललितपुरमा योजनाबद्ध ‘दुर्घटना’ गरेर ११ लाख बराबरको सिक्री लुटपाट, एकजना पक्राउ

ललितपुर । ललितपुरमा योजनाबद्ध रूपमा स्कुटर दुर्घटना गराई ११ लाख रुपैयाँ बराबरको सुनको सिक्री लुटिएको खुलेको छ।  घटना असोज ५ गते राति करिब १२ बजे, जावल...

चार दलीय समाजवादी मोर्चाको यात्रा २८ महिनामै समाप्त

काठमाडौं । करिब २८ महिनाअघि समाजवादी क्रान्तिको आधार तयार पार्ने, राष्ट्रिय एजेन्डामा समान धारणा बनाउने र भविष्यमा पार्टी एकता गर्ने उद्देश्यले बनेको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending