Khabar Dabali २८ कार्तिक २०८२ बिहीबार | 13th November, 2025 Thu
Investment bank

प्रेम र यौनको प्रतीकका रूपमा भक्तपुरमा होली पर्व

खबरडबली संवाददाता

काठमाडौं । ‘भिसीं द्यो या लग खङ लो वान ला, बिस्यु वाने मायक स्व वया ला’ अर्थात् ‘भीमसेनको लिङ्गले मन लोभियोकी, भाग्नु पर्ने गरी हेर्न आको हो कि’ भक्तपुर नगरपालिका तचपालस्थित दत्तात्रय मन्दिर अगाडिको भीमसेन मन्दिरको पाटीमा होली पर्वमा गुञ्जने यस्ता गीत अहिले लोपोन्मुख छन् ।

भीमसेन मन्दिरको पाटीमा बसेर फागुन शुक्ल अष्टमीको दिनदेखि पूर्णिमासम्म भीमसेन गुठीका गायजुले यस्ता गीत गाएर होलीको आगमनसँगै बिदाइ गर्ने प्रचलन थियो । तर अहिले कतिपय स्थानीयलाई फागुसँग सम्बन्धित दाफा भजन छ भन्ने हेक्का नै छैन ।

फागुन शुक्ल अष्टमीका दिन मन्दिरमा राखिएको तीन हात लामो ३० इन्च मोटो काठबाट बनेको लिङ्गलाई ब्रम्हायणी खोलामा लगेर स्नान गराई काँधमा बोकेर ब्रम्हायणी, च्यामासिंह, जेँला, इनाचो, बाचुटोल हुँदै, तचपालस्थित दत्तात्रय मन्दिर वरिपरि रहेको घर र पसलमा घुमाउने प्रचलन छ । यसरी घुमाउँदा भक्तजनले स्पर्श गरी ढोग्ने, दान दक्षिणा दिने र साँझ मन्दिरको पाटीमा झुण्ड्याउने परम्परा रहे पनि लिङ्गलाई टोलटोलमा घुमाउने प्रचलन हराउँदै गएको छ ।

नेवारी परम्पराअनुसार यसलाई चिर स्वायगू अथार्त लिङ्ग घुमाएपछि यहाँ फागु सुरु हुने परम्परा छ । ‘झ्यालय् च्वंगु तुकं मा, वहे ल्यासे जितः माः, व ल्यासे मदयकं जा हे मनया’ अर्थात झ्यालभरि तोरीको माला छ, त्यही तरुनी मलाई चाहिन्छ, त्यो तरुनी नपाएसम्म भातै खान्नँ भन्ने अर्थ बोकेको गीत गाएर प्रेमको पर्वको रूपमा यो पर्वलाई लिने गरिन्छ ।

यस पर्वमा गाइने ‘अबिरया होली तंचाया ला ल्यासे, अबिरं छगुं ख्वाः हिसि दयेका बी’ अर्थात अबिरको होली, रिसायौ कि तरुनी, अबीरले तिम्रो मुहार हिस्सी बनाइदिउँ कि’ जस्ता अर्थ बोकेको नेपाल भाषाका दाफा भजनले प्रेम दर्शाएको पाइन्छ । होलीको दिन आफूलाई मन परेको युवतीलाई भजनबाटै प्रेम प्रस्ताव राख्ने प्रचलन लोप भइसकेको छ ।

भीमसेन गुठीले परम्परादेखि होलीलाई प्रेम र यौन पर्वसँग दाँजेर मनाउदै आएको छ । गुठीले हरेक वर्ष फागुन शुक्ल अष्टमीको दिनदेखि फागु पूर्णिमासम्म भिमसेन मन्दिरमा भीमसेनको लिङ्ग र द्रौपदीको योनिको प्रतीकलाई झुण्ड्याएर यौन समागमको प्रतिबिम्ब चित्रण गरेको छ । सात दिनसम्म लिङ्ग र योनिको पूजा एवं दर्शन स्थानीयले गर्ने गरेका छन् ।

भीमसेन र द्रौपदीको यौन सम्बन्धका प्रतीकलाई यहाँका बासिन्दाले विकृतिको रूपमा नभई सांस्कृतिक महत्त्वको रूपमा संरक्षण गर्दै आएका छन् ।

यहाँ दर्शन गर्न आउनेले भीमसेनको लिङ्ग हल्लाउने गर्छन् । एक सातासम्म स्थानीय बासिन्दा द्रौपदीको योनिमा भीमसेनको लिङ्ग घचेटेर ढोग्ने गर्छन् । काठको लिङ्गको टुप्पोमा कपास झुन्ड्याउने गरिन्छ । यहाँ दर्शन गर्न आउनेले लिङ्ग र योनिको समागम गराउँदा कपासलाई वीर्यको प्रतीकको रूपमा लिन्छन् । यसरी दर्शन गर्दा पारिवारिक सुख, दीर्घायु मिल्ने र व्यापार वृद्धि हुने जनविश्वास छ ।

यसलाई हेर्दा अश्लिलता प्रर्दशन गरे जस्तो देखिए पनि भक्तपुरका बासिन्दाले धार्मिक मान्यताका रूपमा लिँदै आएका छन् । आज बिहानै भिमसेन र काठको लिङ्ग दर्शन गर्दै स्थानीय ६९ वर्षका विष्णुभक्त श्रेष्ठले भीमसेनको लिङ्ग दर्शन गरेमा व्यापार बढ्ने विश्वास रहेको बताए । यो लिङ्गको दर्शन गर्न महिला तथा पुरुष पूर्णिमाको दिनसम्म हरेक दिन विहान आउने गर्दछन् । लिङ्गको दर्शन गरेर भेटी चढाउने गरेका छन् ।

भक्तपुरका इतिहास एवं संस्कृतिविद् डा पुरुषोत्तमलोचन श्रेष्ठ यो पर्वलाई धार्मिक, साँस्कृतिक र सामाजिक पर्वको रूपमा परापूर्वकालदेखि मनाइँदै आएको बताउँछन् । ‘यहाँ जीवन छ, त्यसैले उत्सव छ, अनि उत्सव छ र त जीवन छ,’ उनले भने, ‘वर्षौदेखि यहाँ प्रेम र यौनको प्रतीकका रूपमा होली पर्व मनाउँदै आइएको छ ।’

मन्दिरमा झुड्याइएको काठको लिङ्ग भीमसेनको प्रतिकको रूपमा रहेको बताउँदै उनले यसलाई प्रेम र यौनसँग जोडेर हेर्नुपर्ने बताए । यो पुरुष शक्तिको प्रतिकको रूपमा रहेको भन्दै उनले तान्त्रिक विधिअनुसार वर्षौँदेखि चल्दै आएको परम्परालाई अहिले भ्रम फैलाएर गलत अर्थ लगाउँदै इतिहास, धर्म र संस्कृति मास्न खोजिएको उनी बताउँछन् ।

चिर स्वायगू अथार्त लिङ्ग झुन्ड्याएपछि यहाँका नेवार समुदाय भिमसेन मन्दिरमा गई गुठी भोज खाने गर्दछन् । यसलाई भीमसेनको प्रतीक मानिएकाले व्यापारीले यसको दर्शन गर्ने परम्परा रहँदै आएको छ । व्यापारीले भीमसेनको पुजा गर्ने स्मरण गराउँदै उनले काठको लिङ्गलाई भीमसेनकै रूपमा दर्शन गर्ने र यसो गर्दा व्यापार बढ्ने पुरानो मान्यता रहेको बताए ।

फागुपूर्णिमाका दिन साँझ दत्तात्रय मन्दिर अगाडिको भीमसेनको मन्दिरबाट लिङ्ग निकाली काँधमा बोकेर ब्रम्हायणी मन्दिरस्थित खोलामा लगेर पखाल्ने र पुनः मन्दिरमा राख्ने परम्परा छ । त्यसपछि होली समाप्त हुने गर्दछ ।

यसरी मन्दिरबाट खोलासम्म लिङ्ग बोकेर लैजाने व्यक्तिको त्यसवर्ष छोरा जन्मन्छ भन्ने विश्वास गरिन्छ । नेसं ७८१ र ७९२ मा लेखिएका होलीसम्बन्धी गीत अझै गाउने गरिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाकाे ६ महिनाभित्र एकता महाधिवेशन गर्ने सहमति

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र डा. भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान, नेपालबीच सात बुँदे सहमति भएको छ। सहमति पत्रमा नेकपा संयोजक...

धमाधम राजीनामा दिँदै सरकारले फिर्ता बोलाएका राजदूतहरू

काठमाडौँ । सरकारले फिर्ता बोलाएका राजदूतहरूले राजीनामा दिन थालेका छन्। जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले विभिन्न ११ देशमा कार्यरत...

नेकपा र भीम रावल नेतृत्वको अभियानबीच ७ बुँदे सहमति, रावल छैटौँ वरीयतामा

काठमाडौँ – मातृभूमि जागरण अभियान औपचारिक रूपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित भएको छ। पेरिसडाँडामा आयोजित कार्यक्रममा नेकपाका संयोजक पुष्प...

धरहरा सरकारले बनाएको भन्ने तर गोली कसले चलायो थाहा छैन : सुरेन्द्र पाण्डे

चितवन । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले जेन–जी आन्दोलनका क्रममा कार्तिक २३ गते भएको घटनाको जिम्मेवारी तत्कालीन सरकारकै भएको बताएका छन्। ...

गौमुखी गाउँपालिकाको लापरबाहीमा किसान आक्रोशित, तीन वर्षसम्मपनि पाएनन् किसानले भुक्तानी

प्यूठान  ।  प्यूठानको लिबाङका किसान पदमबहादुर केसी र दिपक वलीले लगाएका बिरुवाको मूल्य तीन वर्ष बितिसक्दा पनि गौमुखी गाउँपालिकाले १२ लाख रुपैयाँ भुक्ता...

नेतृत्व फेरेर चुनावमा गए कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्छः कांग्रेस नेता जीवन परियार

काठमाडौं ।  नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले आगामी निर्वाचनअघि पार्टीको महाधिवेशन गर्नुको विकल्प नरहेको बताएका छन्। पार्टी केन्द्रीय सम...

दुर्गा प्रसाईं समूहसँग गृह मन्त्रालयमा वार्ता जारी

काठमाडौं । सरकार र दुर्गा प्रसाईं समूहबीच गृह मन्त्रालयमा वार्ता जारी छ। वार्तामा प्रसाईं स्वयं सहभागी छैनन्, तर उनका प्रतिनिधि टोली सहभागी भएका छन...

मधेशमा एक्लियो एमाले, कांग्रेस–मधेशी दल नजिकिँदै

काठमाडौं । विवादास्पद ढंगले प्रदेश सरकारको नेतृत्व सम्हालेसँगै एमाले मधेश प्रदेशमा एक्लो भएको छ।  यसअघि सत्ता सहयात्री रहेको नेपाली कांग्रेस मधेशी दलह...

ललितपुरमा योजनाबद्ध ‘दुर्घटना’ गरेर ११ लाख बराबरको सिक्री लुटपाट, एकजना पक्राउ

ललितपुर । ललितपुरमा योजनाबद्ध रूपमा स्कुटर दुर्घटना गराई ११ लाख रुपैयाँ बराबरको सुनको सिक्री लुटिएको खुलेको छ।  घटना असोज ५ गते राति करिब १२ बजे, जावल...

चार दलीय समाजवादी मोर्चाको यात्रा २८ महिनामै समाप्त

काठमाडौं । करिब २८ महिनाअघि समाजवादी क्रान्तिको आधार तयार पार्ने, राष्ट्रिय एजेन्डामा समान धारणा बनाउने र भविष्यमा पार्टी एकता गर्ने उद्देश्यले बनेको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending