पाँचथर । नमो बुद्व फुटबल क्लब सप्तरी पाँचथर गोल्डकपको विजेता बनेको छ । प्रतिस्पर्धी मच्छिन्द्र फुटबल क्लब काठमाडौंलाई १–० गोल अन्तरले हराउँदै नमो बुद्वले पाँचौं संस्करणको पाँचथर गोल्डकपको उपाधि चुमेको हो ।
सप्तरीले नगद ११ लाख १ हजार १ सय ११ रुपियाँ नगद पुरस्कारसहित ट्रफी मेडल र प्रमाण पत्र पाएको छ । उपविजेता मच्छिन्द्रले पाँच लाख ५५ हजार ५ सय ५५ रुपियाँ नगदसहित ट्रफीमा चित्त बुझायो ।
शनिबार अपरान्ह फिदिम माविको खेल मैदानमा सम्पन्न फाइनल खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ७२ औँ मिनेटमा सप्तरीका तर्फबाट विदेशी खेलाडी एलेक्सले निर्णायक गोल गरेका हुन् ।
शनिबारको खेलमा सप्तरीका निर्मल छिरिङ म्यान अफ दि म्याच बने । उनले नगद ७ हजार पाँच सयसहित पुरस्कृत भए । यस्तै सप्तरीका दिपेश चाम्लिङ म्यान अफ दि टुनामेन्ट घोषित हुँदै नगद १५ हजार प्राप्त गर्न सफल भए ।
प्रतियोगितामा समान ३–३ गोल गरेका नमो बुद्वका एलेक्स र चर्च ब्वाइजका राज भुसाल सर्वाधिक गोलकर्ता, आयोजक पाँचथर क्लबका निरोश लिङदेन राइजिङ प्लेयर, नमो बुद्वका धनकुमार तामाङ वेष्ट कोच, नमोबुद्वकै विवेक राई वेष्ट मिड फिल्डर, मच्छिन्द्रका देवेन्द्र तामाङ वेष्ट डिफेन्डर, नमोबुद्वका जयरत्न सेख वेष्ट गोलकिपर घोषित हुँदै नगद १५ हजारसहित पुस्कृत भए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १ गते, २०८१ - २१:०४
काठमाडौं । भक्तपुर निकोशेरास्थित इम्पेरियल फुड्स प्रालिको छानामा गुन्द्रुकको बिस्कुन सुकाइएको छ । केही समयअघिसम्म त्यस उद्योग वरपरका बस्तीमा घ्यूसहित ...
चैत्र १ गते, २०८१ - २०:५३
पाेखरा । अघिल्लो वर्ष सरकार गठन, विश्वासको मत जस्ता प्रक्रियामै लामो समय खर्चिएको गण्डकी प्रदेशसभा यसपालि व्यवस्थित देखिएको छ । प्रदेशसभाले संसद बैठकक...
चैत्र १ गते, २०८१ - २०:४५
किएभ । रुस र युक्रेनले शनिबार रातभर भारी हवाई प्रहारहरू आदान–प्रदान गरेका छन् । दुवै पक्षले आ–आफ्नो क्षेत्रमा एक सयभन्दा बढी शत्रु ड्रोनहरू प्रहार भएक...
चैत्र १ गते, २०८१ - २०:३८
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ । निगमले आज रातिदेखि लागु हुनेगरी पेट्रोल, डिजल र मट्टीतेलको मुल्य घटाएको हो । शनिबार बसेको निगम...
चैत्र १ गते, २०८१ - १९:५६
पाँचथर । नमो बुद्व फुटबल क्लब सप्तरी पाँचथर गोल्डकपको विजेता बनेको छ । प्रतिस्पर्धी मच्छिन्द्र फुटबल क्लब काठमाडौंलाई १–० गोल अन्तरले हराउँदै नमो बुद्...
चैत्र १ गते, २०८१ - १९:४२
काठमाडौं । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाको आगामी १५ गतेसम्मको ‘क्यालेन्डर’ तयार गरेको छ । आज बसेको ‘कार्यव्यवस्था परामर्श समिति’ को बैठकको न...
चैत्र १ गते, २०८१ - १९:३९
बेलग्रेड । सर्बियाको राजधानी बेलग्रेडमा शनिबार दशौँ हजार भ्रष्टाचारविरोधी प्रदर्शनकारीहरू भेला भएका छन् । गत नोभेम्बरमा नोभी साड सहरमा रेलवे स्टेसनको ...
चैत्र १ गते, २०८१ - १९:३२
काठमाडौं । गैरसरकारी संस्था महासङ्घ नेपालको ११औँ महाधिवेशनले अर्जुनकुमार भट्टराईको अध्यक्षतामा ४८ सदस्यीय केन्द्रीय कार्य समितिको सर्वसम्मतिले निर्वाच...
चैत्र १ गते, २०८१ - १९:२४
दाङ । तुलसीपुरमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । छत्रेश्वरी गाउँपालिका –२ सल्यान घर भई तुलसीपुर उपमहानगरपालिका–९ गौरीशंकर टोलमा अन्ट...
चैत्र १ गते, २०८१ - १९:२०
म्याग्दी । यहाँको मालिका गाउँपालिका–२ रुमका स्थानीयवासीले आफ्नो जग्गामा भएका स्लेट तथा ढुङ्गा खानी उत्खनन् गर्न पाउने भएका छन् । गाउँपालिकाले गाउँ सभा...
प्रतिकृया लेख्नुहोस्: