बेइजिङ । यमनको इरान समर्थित हुथी विद्रोहीले २४ घण्टाभित्र अमेरिकी विमानवाहक समूहमाथि दुई पटक आक्रमण गरेको दाबी गरेपछि चीनले सोमबार रेड सी क्षेत्रमा तनाव कम गर्न ‘वार्ता’ गर्न आह्वान गरेको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले नियमित पत्रकार भेटमा भने, “चीनले रेड सी क्षेत्रको स्थितिलाई बढाउने कुनै पनि कदमको विरोध गर्दछ । हुथी विद्रोहीले आफ्नो आक्रमण अमेरिकी आक्रमणको प्रतिशोध भएको बताएका छन् । आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध ‘निर्णायक र शक्तिशाली’ सैन्य कारबाहीको घोषणा गरेका थिए ।
अमेरिकाले हुथी विद्रोहीलाई विदेशी आतङ्कवादी सङ्गठनको रूपमा पुनः परिभाषित गरेको करिब १५ दिनपछि यो घोषणा भएको हो । “आज मैले अमेरिकी सेनालाई यमनमा हुथी आतङ्ककारीविरुद्ध निर्णायक र शक्तिशाली सैन्य कारबाही गर्न आदेश दिएको छु । उनीहरूले अमेरिकी र अन्य सहयोगी मुलुकका जहाज, विमान र ड्रोनविरुद्ध पाइरेसी, हिंसा र आतङ्कवादको अनवरत अभियान चलाएका छन्,” ट्रम्पले आफ्नो ट्रुथ सोसल मिडिया प्लेटफर्ममा लेखेका छन् ।
उनीहरूले स्वेज नहर,रेड सी र एडेनको खाडीबाट ढुवानीमा अवरोध पुर्याएको आरोप लगाउँदै अमेरिकाले हुथी विद्रोहीविरुद्ध ’अत्यधिक घातक बल’ प्रयोग गर्ने बताए । उनले भने, “अमेरिकी पानीजहाजमा हुथीको आक्रमण सह्य हुने छैन । जबसम्म हामीले आफ्नो उद्देश्य प्राप्त गर्दैनौं तबसम्म हामी अत्यधिक बल प्रयोग गर्नेछौँ ।”
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जनवरीमा सत्ता सम्हालेपछि यमनका हुथी विद्रोहीमाथि अमेरिकाले गरेको पहिलो आक्रमणमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको विद्रोहीले आइतबार बताएको थियो । गाजा युद्धका क्रममा इजरायल र रेड सीमा आक्रमण गरेका हुथी विद्रोहीले आक्रमणमा परी ज्यान गुमाउनेमा बालबालिका पनि रहेको बताएको छ ।
यमनी हुथी समूहले सुरुमा १८ वटा क्षेप्यास्त्र र एउटा ड्रोन रेड सीमा रहेको “एयरक्राफ्ट क्यारियर ‘युएसएस ह्यारी ट्रुम्यान’ र त्यससँग जोडिएका युद्धपोत” मा प्रहार गरेको बताएको थियो । बेइजिङले सोमबार तनाव समाधानका लागि कूटनीतिको आह्वान दोहोर्याएको छ । माओले भने, “रेड सी र यमन मुद्दाको अवस्थाका कारणहरू जटिल छन् र यसलाई वार्ता र संवादको माध्यमबाट उचित समाधान गरिनुपर्छ ।”
अरब प्रायद्वीपको सबैभन्दा गरिब देशको इरान समर्थित समूह हुथी विद्रोहीले गाजा युद्धका क्रममा इजरायल र लाल सागरको पानी जहाजमाथि आक्रमण गर्दै प्यालेस्टिनीहरूप्रति ऐक्यबद्धता जनाउँदै आएको दाबी गरेका छन् । बेइजिङले गत वर्ष जलक्षेत्रमा गैरसैनिक जहाजमाथिको आक्रमण अन्त्य गर्न आह्वान गरेको थियो । यसबाट चीनको युरोपेली सङ्घसँगको अधिकांश व्यापार प्रवाहित हुन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: