Khabar Dabali १९ श्रावण २०८३ मंगलवार | 4th August, 2026 Tue
Investment bank

विद्यालयमा थपिँदै ८ नयाँ पाठ्यक्रम, कानुनदेखि जनसङ्ख्या अध्ययनसम्म समेटिने

खबरडबली संवाददाता

काठमाडौं । विद्यालय तहको पाठ्यक्रममा आठ वटा नयाँ विषय थपिने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले तयार पारेका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा पठाइसकेको छ। अन्तिम स्वीकृतिपछि ती विषय क्रमशः विद्यालयमा लागू गरिनेछन्।

राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले हालै बसेको बैठकबाट नयाँ पाठ्यक्रमलाई स्वीकृतिका लागि सिफारिस गरेको हो। कानुनी व्यवस्थाअनुसार परिषद्को सिफारिसपछि शिक्षा तथा खेलकुद मन्त्रालयले अन्तिम स्वीकृति दिनुपर्ने व्यवस्था छ।

यसपटक आधारभूत तह (कक्षा ६–८) मा मातृभाषा समूहअन्तर्गत अवधि र मगर ढुट विषयका पाठ्यक्रम थप्ने प्रस्ताव गरिएको छ। त्यस्तै माध्यमिक तह (कक्षा ९–१०) का लागि जनसङ्ख्या अध्ययन र तन्त्रशास्त्र विषय समावेश गर्ने तयारी गरिएको छ।

कक्षा ११–१२ का विद्यार्थीका लागि भने कानुनसम्बन्धी पाँच नयाँ विषय थप्ने प्रस्ताव गरिएको छ। ती विषयमा संवैधानिक कानुन, देवानी तथा फौजदारी कानुन र न्याय, कार्यविधि कानुन, कानुनी मसौदा तथा विधिशास्त्र तथा नेपाली कानुनी प्रणाली रहेका छन्।

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलका अनुसार मन्त्रालयबाट स्वीकृति प्राप्त भएपछि कार्यान्वयनको प्रक्रिया अघि बढाइनेछ। नयाँ पाठ्यक्रम थपिएसँगै कक्षा १ देखि १२ सम्मका लागि तयार गरिएका पाठ्यक्रमको संख्या तीन सयभन्दा बढी पुग्नेछ।

केन्द्रका अनुसार नयाँ विषयहरू विज्ञ, शिक्षक, सरोकारवाला तथा स्थानीय तहबाट प्राप्त सुझाव र मागका आधारमा तयार गरिन्छ। तर तयार भएका सबै पाठ्यक्रम विद्यालयमा कार्यान्वयन हुन भने सकेका छैनन्। कतिपय विषयमा विद्यार्थीको चासो कम हुनु, आवश्यक शिक्षक अभाव हुनु र विद्यालयको तयारी नपुग्नुजस्ता कारणले केही पाठ्यक्रम कागजमै सीमित छन्।

केन्द्रले आफ्नो भूमिका पाठ्यक्रम निर्माणसम्म सीमित रहेको उल्लेख गर्दै कार्यान्वयनको जिम्मेवारी सम्बन्धित निकाय र विद्यालयको भएको जनाएको छ। एउटै विषयका लागि पनि विभिन्न तहअनुसार छुट्टाछुट्टै पाठ्यक्रम बनाउनुपर्ने भएकाले विद्यालय तहमा पाठ्यक्रमको संख्या स्वाभाविक रूपमा धेरै भएको केन्द्रको भनाइ छ।  

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुर्गमका १०३ गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार

काठमाडौँ । सरकारले गत आर्थिक वर्षमा दुर्गम तथा विकट क्षेत्रका १०३ गर्भवती र सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरेको छ। राष्ट्रपति महिला उत्थान ...

पाँच वर्षको म्यान्डेट, बीचमै टुट्यो : सुदूरपश्चिमका सांसदले जनताको विश्वास कत्तिको जोगाए ?

धनगढी । २०७९ सालको प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिमका मतदातासँग पाँच वर्ष प्रदेशसभामा रहेर विकास गर्ने, जनताको आवाज उठाउने र आफ्नै निर्वाचन क्षेत्रको ...

भैँसीसहित खोला तर्ने क्रममा म्याग्दीमा एक व्यक्ति बेपत्ता, बिहानदेखि खोजी जारी

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता भएका छन्। प्रहरीका अनुसार रघुगङ्गा...

प्यूठानको सामुदायिक वनबाट ३२ नाल अवैध भरुवा बन्दुक, कसले लुकायो जंगलमा ?

प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिका–२ पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनबाट प्रहरीले ३२ नाल अवैध भरुवा बन्दुकसहित विभिन्न हतियारका पार्टपुर्जा बरा...

एक घण्टामै ४१ जनावर र एक बालिकालाई टोकेको कुकुरमा रेविज पुष्टि, पाँचथरमा उच्च सतर्कता

फिदिम । पाँचथरको फिदिम बजार क्षेत्रमा आतंक मच्चाएको भुस्याहा कुकुरमा रेविज संक्रमण पुष्टि भएपछि जिल्लाभर उच्च सतर्कता अपनाइएको छ। करिब एक घण्टाको अवधि...

‘बुबा, आज मासु किन नपकाएको ?

महँगीले खोस्दै लगेको नेपाली परिवारको मुस्कान

विद्यालयमा थपिँदै ८ नयाँ पाठ्यक्रम, कानुनदेखि जनसङ्ख्या अध्ययनसम्म समेटिने

काठमाडौं । विद्यालय तहको पाठ्यक्रममा आठ वटा नयाँ विषय थपिने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले तयार पारेका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा ...

आज प्रतिनिधिसभा बैठक बस्दै, पाँच संसदीय समितिमा पनि महत्वपूर्ण छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्ने भएको छ। बैठकमा वार्षिक प्रतिवेदन पेसदेखि भूमिहीन र सुकुमवासीको पुनःस्थापनासम...

बाढी–पहिरोले देशभरका मुख्य राजमार्ग प्रभावित, यात्रा अघि सडक अवस्था बुझ्न प्रहरीको आग्रह

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीको मंगलबार बिहान सार्व...

हिन्दु राष्ट्रको मागमा सरकार लचिलो? वार्तापछि आन्दोलन फिर्ता, तर सहमति गोप्य

जनकपुरधाम । सुनसरीको देवानगञ्ज घटनापछि तराई–मधेशका विभिन्न जिल्लामा बढेको साम्प्रदायिक तनाव समाधानका लागि गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा सरकार र हि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending