Khabar Dabali २१ बैशाख २०८३ सोमबार | 4th May, 2026 Mon

बङ्गलादेशका नेता युनुसको चीनको भ्रमणको घोषणा

खबरडबली संवाददाता

ढाका । बङ्गलादेशको सङ्क्रमणकालीन सरकारका प्रमुख नेता मोहम्मद युनुस यसै महिना कूटनीतिक सद्भावना भ्रमणका लागि बेइजिङ जाने भएका छन् । छिमेकी मुलुक भारतसँगको चिसो सम्बन्ध देखिएका समय उनको चीन भ्रमण हुन लागेको हो ।

नोबेल शान्ति पुरस्कार विजेता युनुसले गत अगष्टमा भएको विद्यार्थी आन्दोलनबाट पदच्युत भएका पूर्वप्रधानमन्त्री शेख हसिनाको स्थानमा बङ्गलादेशको बागडोर सम्हालेका हुन् । भारत हसिनाको सरकारको सबैभन्दा ठूलो हितैषी थियो र उनको बहिर्गमनले भारतसँगको सीमापार सम्बन्धलाई सङ्कटमा पारेको समय युनुस नेतृत्वको कामचलाउ सरकारले एसियाली उपमहाद्वीपमा सत्ता र प्रभावका लागि नयाँ दिल्लीको प्रमुख प्रतिद्वन्द्वी बेइजिङसँगको पूरानो मित्रतालाई प्रगाढ बनाउन लागेको विश्लेषकहरूले बताएका छन् ।

युनुसका सञ्चार सचिव शफिकुल आलमले आइतबार पत्रकारसँग भने, “बङ्गलादेशले द्विपक्षीय सम्बन्धलाई नयाँ उचाईमा पुर्याउने लक्ष्य राखेको छ ।” “युनुस र चिनियाँ उच्च अधिकारीबीच दुवै मुलुकसँग सम्बन्धित विविध विषयमा छलफल हुनेछ,” उनले भने । युनुसले मार्च २६ देखि २९ सम्म हुने भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

चीनमा रहँदा उनलाई पेकिङ विश्वविद्यालयबाट मानार्थ विद्यावारिधिको उपाधि प्रदान गर्ने साथै लगानीका अवसरहरूको खोजी गर्न विभिन्न चिनियाँ फर्महरूसँग भेटघाट गर्ने पनि कार्यक्रम रहेको छ । “बङ्गलादेश निर्माण क्षेत्र (म्यानुफ्याक्चरिङ हब) बन्न चाहन्छ र यो प्रयासमा चीनसँग साझेदारी गर्न इच्छुक छ,” आलमले भने । 

सन् २०१७ मा छिमेकी मुलुक म्यानमामा भएको हिंसात्मक सैन्य कारबाहीबाट भागेर आएका रोहिङ्ग्या शरणार्थीको विशाल जनसङ्ख्याबारे पनि कूटनीतिक वार्ताबाट छलफल हुने अपेक्षा गरिएको छ । चीनले विगतमा बङ्गलादेश र म्यान्माबीच मध्यस्थताको भूमिका निर्वाह गर्दै आएको छ । यसले उत्पीडनमा परेका अल्पसङ्ख्यक समुदायलाई स्वदेश फर्काउन मध्यस्थता गरेको थियो यद्यपि, म्यान्माले उनीहरूलाई फिर्ता गर्न आनाकानी गरेका कारण शरणार्थीको फिर्ती प्रयासहरू अवरूद्ध बनेका छन् ।

बङ्गलादेशका अन्तरिम विदेशमन्त्री तौहिद हुसेनले गत जनवरीमा चीनको भ्रमण गरेका थिए । बङ्गलादेशका लागि चीनका राजदूत याओ वेनले गत महिना बङ्गलादेशको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र गरिमालाई अक्षुण्ण राख्न बेइजिङको दृढ समर्थन रहेको बताएका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending