Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८२ बिहीबार | 24th April, 2025 Thu
Investment bank

१५५ जना विपन्नलाई निःशुल्क उपचार

खबरडबली संवाददाता

काठमाडौं । लक्षित वर्ग निःशुल्क उपचार कार्यक्रममा काठमाडौँ महानगरपालिकाभित्र भएका अस्पतालहरुले १ वर्षमा २६ जनाको शल्यक्रियासहित १५५ जना विपन्न र वेवारिसेलाई निःशुल्क उपचार गरेका छन् ।

सोमबार बसेको ‘निःशुल्क उपचार निर्देशक समिति’को बैठकमा स्वास्थ्य विभागले यस विषयमा जानकारी गराएको हो । लक्षित वर्ग निःशुल्क उपचार गराउनु पर्ने कानुनी व्यवस्था भए पनि कार्यान्वयनमा थिएन । यसलाई कार्यान्वयन गराउन महानगरपालिकाले ‘अस्पतालमा निःशुल्क उपचार गराउने सम्बन्धी कार्यविधि, २०८०’ जारी गरेको छ ।

यसमा भएको व्यवस्था कार्यान्वयन गराउन सबै निजी अस्पतालहरुलाई पत्राचार गरेर अनलाइन प्रणालीमार्फत २०८० फागुन १ गतेदेखि सेवा सुरु गराइएको हो । प्रणाली सञ्चालन गर्न अस्पतालबाट मेडिकल रेकर्ड डिपार्टमेन्ट र प्रशासन विभागबाट कर्मचारी माग गरेर तालिम दिएको थियो । यस प्रणालीमा महानगरपालिकाभित्रका ५२ वटा अस्पताल आवद्ध छन् । यसमा ३७४ शय्या निःशुल्क उपचारका लागि उपलब्ध छन् ।

अहिले यो प्रणाली कार्यान्वयनमा छ । प्रणालीबाट उपचार दिने र पाउने तथा कुन ठाउँमा कसको कसरी उपचार भएको छ, कुन अस्पतालमा कति शय्या छ, हेर्न सकिन्छ । यसलाई महानगरपालिकाको स्वास्थ्य विभागले सहजीकरण गरिरहेको छ ।

सेवा लिनेले आकस्मिक सेवा, फेमिली मेडिसिन, आँखा नाक कान, नशाको रोग, क्यान्सर, दम, क्षयरोग जस्ता छाती सम्बन्धी (पल्मोलोजी), सर्जरी (शल्यक्रिया), स्त्री तथा प्रसुति रोग सेवा, पेट सम्बन्धी सेवा, आँखाको उपचार सेवा लिएका हुन । यसरी सेवा लिनेमध्ये सबैभन्दा धेरै ३५ जनाले फेमिली मेडिसिन र २६ जनाले शल्यक्रिया सेवा प्राप्त गरेका छन् ।

यो सेवा ३२ वटा अस्पतालबाट प्रदान गरिएको हो । यसमा सबैभन्दा धेरै अन्नपूर्ण न्यूरोलोजिकल अस्पतालले २९ जनालाई, काठमाडौँ मेडिकल कलेजले १७ जनालाई, काठमाडौँ मोडेल अस्पतालले १४ जनालाई, नेपाल आँखा अस्पतालले १२ जनालाई सेवा दिएका छन् । अन्य अस्पतालहरुले बढीमा ७ जनालाई र कम्तीमा १ जनालाई सेवा दिएका छन् ।

वैठकका शिक्षा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनले नियत ठिक भएन भने नीति मात्र राम्रो भएन नहुने धारणा राखेका थिए ।  ‘पैसा नहुनेसँग पहुँच हुँदैन । आत्मविश्वास हुँदैन । कतिसँग त निःशुल्क सेवा लिनका लागि आवश्यक पर्ने कागजात पनि नहुने अवस्था छ । यसकारण, विपन्न र वेवारिसेका लागि बोल्ने अरु नै आवश्यक परेको छ,’ महर्जनले भने ।
 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजावादी आन्दाेलनमा मारिएका परिवारले जनही १० लाख पाउने

काठमाडौं । सरकारले गत चैत १५ गते तीनकुनेमा भएको घटनामा परी मृत्यु भएका सविन महर्जन तथा सुरेश रजकका परिवारलाई प्रतिपरिवार रु १० लाखका दरले राहत रकम उपल...

मकवानपुरमा बेवारिसे अवस्थामा एक क्विन्टलबढी गाँजा बरामद

मकवानपुर । मकवानपुर प्रहरीले बेवारिसे अवस्थामा रहेको एक क्विन्टलभन्दा बढी लागुऔषध गाँजा बरामद गरेको छ । प्रहरीले जिल्लाको मकवानपुरगढी गाउँपालिका– २, ध...

कम्बोडिया लगेर साइबर दास बनाउने गिरोहका एजेन्ट पक्राउ

काठमाडाैं । आकर्षक रोजगारीको प्रलोभनमा कम्बोडिया लगेर साइबर दास बनाउने गिरोहका एजेन्ट पक्राउ परेका छन् । कैलालीको टीकापुर– २ स्थायी घर भई काठमाडौं रात...

सिन्धुपाल्चोकमा पहिरोले पुरिएर एक्स्काभेटर चालकको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा एक्स्काभेटर प्रयोग गरेर ढुंगा झिक्ने क्रममा पहिरोले पुरिँदा चालकको मृत्यु भएको छ । नवलपरासी जिल्ला घर भएका अन्दाजी २५ ...

ताप्लेजुङको निघुरादिन र पाँचथरको अमरपुर जोड्ने तमोर नदीकाे पुल निर्माण तीब्र

ताप्लेजुङ । स्थानीय सरकारको निरन्तरको दबाबपछि तमोर कोरिडोर सडकअन्तर्गत ताप्लेजुङको निघुरादिन र पाँचथरको अमरपुर जोड्ने तमोर नदीमा निर्माण गर्न लागिएको ...

वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलन जेठमा हुने

पार्टी अध्यक्ष प्रचण्डले उद्घाटन गर्ने

स्याङ्जाका तीन सामुदायिक विद्यालय सुचारु गर्न तीन पालिकाको आग्रह

स्याङ्जा । शिक्षक आन्दोलनका कारण नयाँ शैक्षिक सत्र सुरु हुन नसकेको कारण तीन पालिकाले पठनपाठन सुचारु गर्न विद्यालयहरूलाई आग्रह गरेको छ । बिरुवा, हरि...

चीनको डिजिटल क्षेत्रमा तीव्र वृद्धि : १३ प्रतिशत नयाँ निजी व्यवसाय डिजिटल क्षेत्रमा

बेइजिङ । चीनमा निजी क्षेत्रको विस्तार उल्लेखनीय रूपमा बढेको छ । सन् २०२५ मार्चसम्म चीनमा पाँच करोड सत्तरी लाखभन्दा बढी निजी व्यवसायहरू दर्ता भएका छन्,...

तारकेश्वरमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

काठमाडाैं । तारकेश्वरमा भएको दुर्घटनामा एकको मृत्यु भएको छ । तारकेश्वर नगरपालिका–५ मुड्खु चेकपाेस्टनटजिक सडकमा बा.५७ प ६१६६ नम्बरको मोटरसाइकल अनियन...

कश्मीरमा २६ जनाको हत्या गर्ने बन्दुकधारीको खोजीमा भारत

भारत । सन् २००० पछि कश्मीरका सर्वसाधारणमाथि भएको सबैभन्दा घातक आक्रमणमा बन्दुकधारीहरूले पर्यटकहरूमाथि गोली चलाएर कम्तीमा २६ जनाको हत्या गरेको एक दिनपछ...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending