Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, अर्का एक घाइते

खबरडबली संवाददाता

सर्लाही । आज हुलाकी सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

प्रदेश २–०३–०१८ प ३२०६ नम्बरको मोटरसाइकलमा सवार रौतहटको दुर्गा भगवतीपुर गाउँपालिका–५, बस्ने ४६ वर्षका नरेशप्रसाद जयसवालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका जयसवाललाई तत्काल उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको परिवारलाई उद्धृत गर्दै जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।

सोही मोटरसाइकलमा सवार राजदेवी नगरपालिका–३, पथरा बस्ने ४५ वर्षका सिकेन्द्र बैठा गम्भीर घाइते भएका छन् । बैठाको वीरगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको हो ।

दुर्घटनामा संलग्न अर्को प्रदेश २–००६ प ००६ नम्बरको मोटरसाइकलका चालक सर्लाहीको रामनगर गाउँपालिका–१, निवासी ३० वर्षका होसनारायण रायलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुवै मोटरसाइकलसमेत नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरू गरेको प्रहरी नायब उपरीक्षक राईले बताए । मृतक जयसवालको शव परीक्षणका लागि वीरगञ्जस्थित बयोधा अस्पतालमा राखिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गलत बाटाेमा कांग्रेस: संसद् पुनर्स्थापनाको रिट बोकेर सर्वोच्चमा

काठमाडौँ । प्रतिनिधिसभा विघटनको सवालमा देशभर राजनीतिक बहस चलिरहेकै बेला नेपाली कांग्रेस फेरि पनि विवादास्पद बाटोमा हिँड्न थालेको देखिएको छ ।  पार्ट...

इरानमा आर्थिक अपराधमा मृत्युदण्ड, विश्वभर आलोचना

तेहरान । इरानले आइतबार ठगी मामलामा दोषी ठहरिएका मोहम्मद रेजा गफ्फारीलाई फाँसी दिएको छ । गफ्फारी ‘रेजायात खोद्रो तारावत नोविन’ कम्पनीका मालिक थिए र कार...

स्रोत नखुलेको १२ लाख २९ हजार रुपैयाँसहित एक भारतीय पक्राउ

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगरस्थित प्रहरी चौकीको पछाडिबाट स्रोत नखुलेको ठुलो परिमाणको नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई...

१४३ दलमा १०७ दललाई चुनाव चिन्ह

काठमाडौं । आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणतिर पुगेसँगै निर्वाचन आयोगले राजनीतिक दलहरूलाई चुनाव चिन्ह वितरण...

काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन १० प्रतिशत बढ्ने प्रक्षेपण

काभ्रेपलाञ्चोक ।  यसवर्ष काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादनमा १० देखि १५ प्रतिशतसम्म बढ्नसक्ने प्रक्षेपण गरिएको छ । गत वर्ष भने बाढीपहिरोका कारण जिल्लाक...

अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढ्यो

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढेको छ । यसअघि ३७ मेगावाट रहेको आयोजनाको क्षमता बढाएर ४६ दशमल...

कालीगण्डकी करिडोरको मालढुङ्गा–बलेवा खण्ड कालोपत्र शुरु

बागलुङ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्डको मालढुङ्गा–बलेवा खण्डमा कालोपत्र सुरु भएको छ । कालीगण्डकी करिडोरको ...

झापामा तीन लाख ५४ हजार मेट्रिकटन धान उत्पादन

झापा । जिल्लामा यो वर्ष तीन लाख ५० हजार मेट्रिकटनभन्दा बढी बर्खे धान उत्पादन भएको छ । जिल्लामा ७२ हजार ७४२ दशमलव ६५ हेक्टरमा खेती हुँदा तीन लाख ५४ हजा...

बाँकेमा रासायनिक मलको जथाभावी प्रयोगले माटोको उर्वराशक्ति घट्दै

बाँके। रासायनिक मलको असन्तुलित प्रयोगले बाँकेमा माटोको अवस्था बिग्रिँदै गएको छ ।  उत्पादन बढाउने नाममा जथाभावी रासायनिक मल प्रयोग गरिँदा यहाँका माट...

महोत्तरीको बर्दिबास चुरे क्षेत्रमा प्राकृतिक पर्यटनको प्रचुर सम्भावना

महोत्तरी । महोत्तरीको पूर्वपश्चिम लम्बाइमा फैलिएको चुरे क्षेत्र ओगटेको बर्दिबास नगर क्षेत्रको प्राकृतिक पर्यावरण संरक्षण र संवर्द्धनबारे चासो बढेको छ।...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending