Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

खबरडबली संवाददाता

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा कोशी प्रदेशस्तरीय खुला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको प्रशासकीय केन्द्र थेचम्बुमा दोस्रो पाथीभरा याङ्वरक कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता मङ्गलबारदेखि सुरु भएको हो ।

पाथीभरा याङ्वरक गाउँपालिकाको आयोजना तथा पाथीभरा ब्याडमिन्टन सङ्घको प्राविधिक सहयोगमा सुरु भएको प्रतियोगितामा मेन्स डबल्स (सिनियर) र भेट्रान्स मेन्स डबलको प्रतिस्पर्धा कोशी प्रदेशस्तरीय रहेको छ ।

प्रदेशस्तरीय प्रतियोगितामा ताप्लेजुङबाहेक धनकुटा, तेह्रथुम, पाँचथर, झापा, इलाम र मोरङको सहभागिता रहेको प्रतियोगिताका व्यवस्थापक तेजबिर मेन्याङ्बोले जानकारी दिए । 

गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बाका स्वकीय सचिवसमेत रहेका मेन्याङ्बोका अनुसार भेट्रान्सतर्फ ताप्लेजुङ, पाँचथर र तेह्रथुमको सहभागिता रहेको छ । प्रतियोगितामा मेन्स डबल सिनियरतर्फ विजेताले ४० हजार र उपविजेताले ३० हजार रुपियाँ नगद पुरस्कार पाउने उनले जानकारी दिए । यस्तै प्रदेशस्तरकै भेट्रान्स मेन्स डबलका विजेताले ३० हजार र उपविजेताले २० हजार रुपियाँ नगद पुरस्कार पाउने छन् । 

यसैगरी ताप्लेजुङ जिल्लास्तरीय कर्मचारी डबल्स, मिक्स डबल्स, मेन्स डबल (जुनियर) र जनप्रतिनिधि डबल्सको प्रतिस्पर्धा हुने पनि गाउँपालिकाले जनाएको छ । जिल्लास्तरीय चारवटै प्रतिस्पर्धामा विजेता र उपविजेताले समान २० हजार र १५ हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्ने छन् ।

पाथीभरा याङ्वरक गाउँपालिकासतरीय जुनियर ‘सी’अन्तर्गत मेन्स डबल्सको प्रतियोगिता रहेको र गाउँपालिकास्तरीय प्रतिस्पर्धाका विजेताले १० हजार र उपविजेताले पाँच हजार रुपियाँ नगद पुरस्का पाउने प्रतियोगिताका संयोजक अर्जुन श्रेष्ठले जानकारी दिए । शुक्रबार सम्पन्न हुने प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बाले गरेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरूले प्रभावकारी काम गर्न सक्दैनन्’

काठमाडौं । कानुनका जानकार तथा विज्ञहरूले कमजोर आत्मबल, विभेदको भारी बोकेर र आत्मसम्मानमा ठेस लाग्ने अवस्थामा रहेका ‘क्याविन क्रु मेम्बर’ले प्रभावकारी ...

रिपुम गुम्बामा आगालागी

काठमाडौं । गोरखाको रिपुम गुम्बामा आगलागी भएको छ । आज दिउँसो आगलागी हुँदा तीनतले आवास भवन जलेर नष्ट भएको भएको स्थानीय छेवाङग्याल्जेन लामाले जानकारी दिए...

नव गठित मधेश प्रदेश सरकारको पाँच निर्णय

जनकपुरधाम । मधेश प्रदेश सरकारको नवगठित मन्त्रिपरिषदको आइतबार बसेको वैठकले नेकपा (एमाले) का सरोजकुमार यादव नेतृत्वका सरकारले गरेका केही निर्णयहरु बदर ग...

एनपिएलकाे दाेस्राे संस्करणमा कर्णाली याक्सको सुखद अन्त्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले लिग चरणको अन्तिम खेल जितसँगै प्रतियोगितामा सुखद अन्त्य गरेको छ ।  आइतबार कीर्तिपुरस्थित त...

चीनमा सडक दुर्घटनाः ९ जनाको मृत्यु

उरुम्ची । उत्तरपश्चिम चीनको शिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा शनिबार राति भएको गम्भीर सडक दुर्घटनामा ९ जनाको मृत्यु र ७ जना घाइते भएको स्थानीय अधिकार...

चीनद्वारा इन्टरनेट उपग्रहहरूको नयाँ समूह प्रक्षेपण

वेनचाङ । चीनले शनिबार हैनान प्रान्तबाट लङ मार्च–८ए रकेट प्रक्षेपण गर्दै १४औँ समूहका इन्टरनेट उपग्रहहरू कक्षमा पठाएको छ । रकेट दिउँसो ३ः५३ बजे उड्यो र ...

अमेरिकी दबाबबीच भेनेजुएलाद्वारा ५,६०० सैनिक थप परिचालन

काराकास । संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि सैन्य दबाब बढाइरहेका बेला राष्ट्रपति निकोलस मदुरोको प्रशासनले शनिबार पाँच हजार ६०० सैनिकलाई औपचारिक रू...

गलत बाटाेमा कांग्रेस: संसद् पुनर्स्थापनाको रिट बोकेर सर्वोच्चमा

काठमाडौँ । प्रतिनिधिसभा विघटनको सवालमा देशभर राजनीतिक बहस चलिरहेकै बेला नेपाली कांग्रेस फेरि पनि विवादास्पद बाटोमा हिँड्न थालेको देखिएको छ ।  पार्ट...

इरानमा आर्थिक अपराधमा मृत्युदण्ड, विश्वभर आलोचना

तेहरान । इरानले आइतबार ठगी मामलामा दोषी ठहरिएका मोहम्मद रेजा गफ्फारीलाई फाँसी दिएको छ । गफ्फारी ‘रेजायात खोद्रो तारावत नोविन’ कम्पनीका मालिक थिए र कार...

स्रोत नखुलेको १२ लाख २९ हजार रुपैयाँसहित एक भारतीय पक्राउ

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगरस्थित प्रहरी चौकीको पछाडिबाट स्रोत नखुलेको ठुलो परिमाणको नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending