Khabar Dabali ७ फाल्गुन २०८२ बिहीबार | 19th February, 2026 Thu
Investment bank

नेपाल महोत्सव भब्य बनाउने होवार्टको तयारी

खबरडबली संवाददाता

काठमाडौं । अस्ट्रेलिया महादेश भित्रपनि छुट्टै टापुका रुपमा अलग पहिचान बनाएको तास्मानिया राज्यको राजधानी होर्वाटमा यही आउदो २९ मार्चमा नेपाल महोत्सव आयोजनाको तयारी जोडतोडका साथ अगाडि बढेको कुरा आयोजक एनआरएन तास्मािनया राज्य समितीले जानकारी दिएको छ ।

स्थायित्वको सवालमा केहि लचिलो भएका कारण पनि यतिबेला दश हजार भन्दाबढि नेपाली तास्मािनया राज्यमा बसोबास गर्दै आएका छन । यसै भिडमा नेपालीभाषी भुटानीको संख्यापनि जोडीदा तास्मानिया राज्यको चलनचल्तीको दोस्रो भाषा समेत नेपाली बन्न पुगेको छ ।

अस्ट्रेलियामा नेपाल चिनाउने मेलामा रुपमा परिचय पाएको नेपाल महोत्सव हरेक राज्यमा आयोजना हुदैँगर्दा मार्च महिनाको अन्तिम शनिबार तास्मानियामा भब्य र सभ्य रुपमा यसको आयोजनाको तयारी भएको एनआरएन तास्मानियाका संयोजक जगदिश खड्काले बताए । 

तास्मानिया राज्यका सबै राजनितीक दलका नेता र राज्य प्रमुखको समेत सहभागिता रहने यस महोत्सव नेपाल चिनाउने अभियानमा भने अरु भन्दा केहि अलग र फरक रहँदै आएको खड्का बताउँछन् । 

विशुद्ध तास्मान अस्ट्रेलियनहरुको महत्वपुर्ण सहभागिता रहने यस महोत्सव राज्यको प्राथमिकतामा समेत पर्दै आएको खड्काले सुनाए । नेपालीपन र नेपाली मनको संगममात्र नभइ विदेशमा मुलक चिनाउने अभियानका रुपमा हामीले यसलाई अगाडि बढाएका छौ, संयोजक खड्काले भने । 

खड्काकाअनुसार यसपटक महोत्सवमा नेपाली खाना, नेपाली गाना मात्र नभइ कला संस्कृति र मुलुक चिनाउने थुप्रै आकर्षणहरु रहनेछन्, हाम्रो उद्देस्य भनेको यस मेलापछि कम्तीमा दश जना भएपनि तास्मानीयाबाट अस्ट्रेलियन नेपाल पुगुन् भन्ने हो ।

होवार्टको केन्द्रबिन्दुमा रहेका पार्लियामेन्ट हाउस लनमा आयोजना हुने महोत्सवको प्रमुख अथितीका रुपमा तास्मानीयाका प्रीमियर जेरेमी रकलीफ रहनेछन् । विशेष अतिथीमा अस्ट्रेलियाका लागि नेपाली राजदुत चित्रलेखा यादव हुनेछन् । 

यस्तै महोत्सवमा लेबर सांसद् एला हेडेड, लिबरल सांसद् म्याडेलिन ओगील्भी र ग्रीन पार्टीका सांसद् हेलेन बर्नेटको टुङ्गो लागिसकेको  एनआरएन ताीस्मानियाका उपसंयोजक उत्तम अधिकारीले जानकारी दिए । 

अजी होम लोन एन्ड फाइनान्सको प्रस्तुतीका रुपमा रहेको  महोत्सवलाई अस्ट्रेलियन फेडरेल गभरमेन्ट, सीटी अफ होर्वाट काउन्सिल र मल्टीकल्चर तास्मानियाले समेत सहयोग गरेको कुरा उपसंयोजक अधिकारीले सुनाए । महोत्सवमा नेपाली कलाकारहरु कन्दरा ब्यान्ड, समिक्षा अधिकारी, उदेश श्रेष्ठ र युवराज चौलागाइ लगायतको प्रस्तुती रहनेछ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE