काठमाडौं । अस्ट्रेलिया महादेश भित्रपनि छुट्टै टापुका रुपमा अलग पहिचान बनाएको तास्मानिया राज्यको राजधानी होर्वाटमा यही आउदो २९ मार्चमा नेपाल महोत्सव आयोजनाको तयारी जोडतोडका साथ अगाडि बढेको कुरा आयोजक एनआरएन तास्मािनया राज्य समितीले जानकारी दिएको छ ।
स्थायित्वको सवालमा केहि लचिलो भएका कारण पनि यतिबेला दश हजार भन्दाबढि नेपाली तास्मािनया राज्यमा बसोबास गर्दै आएका छन । यसै भिडमा नेपालीभाषी भुटानीको संख्यापनि जोडीदा तास्मानिया राज्यको चलनचल्तीको दोस्रो भाषा समेत नेपाली बन्न पुगेको छ ।
अस्ट्रेलियामा नेपाल चिनाउने मेलामा रुपमा परिचय पाएको नेपाल महोत्सव हरेक राज्यमा आयोजना हुदैँगर्दा मार्च महिनाको अन्तिम शनिबार तास्मानियामा भब्य र सभ्य रुपमा यसको आयोजनाको तयारी भएको एनआरएन तास्मानियाका संयोजक जगदिश खड्काले बताए ।
तास्मानिया राज्यका सबै राजनितीक दलका नेता र राज्य प्रमुखको समेत सहभागिता रहने यस महोत्सव नेपाल चिनाउने अभियानमा भने अरु भन्दा केहि अलग र फरक रहँदै आएको खड्का बताउँछन् ।
विशुद्ध तास्मान अस्ट्रेलियनहरुको महत्वपुर्ण सहभागिता रहने यस महोत्सव राज्यको प्राथमिकतामा समेत पर्दै आएको खड्काले सुनाए । नेपालीपन र नेपाली मनको संगममात्र नभइ विदेशमा मुलक चिनाउने अभियानका रुपमा हामीले यसलाई अगाडि बढाएका छौ, संयोजक खड्काले भने ।
खड्काकाअनुसार यसपटक महोत्सवमा नेपाली खाना, नेपाली गाना मात्र नभइ कला संस्कृति र मुलुक चिनाउने थुप्रै आकर्षणहरु रहनेछन्, हाम्रो उद्देस्य भनेको यस मेलापछि कम्तीमा दश जना भएपनि तास्मानीयाबाट अस्ट्रेलियन नेपाल पुगुन् भन्ने हो ।
होवार्टको केन्द्रबिन्दुमा रहेका पार्लियामेन्ट हाउस लनमा आयोजना हुने महोत्सवको प्रमुख अथितीका रुपमा तास्मानीयाका प्रीमियर जेरेमी रकलीफ रहनेछन् । विशेष अतिथीमा अस्ट्रेलियाका लागि नेपाली राजदुत चित्रलेखा यादव हुनेछन् ।
यस्तै महोत्सवमा लेबर सांसद् एला हेडेड, लिबरल सांसद् म्याडेलिन ओगील्भी र ग्रीन पार्टीका सांसद् हेलेन बर्नेटको टुङ्गो लागिसकेको एनआरएन ताीस्मानियाका उपसंयोजक उत्तम अधिकारीले जानकारी दिए ।
अजी होम लोन एन्ड फाइनान्सको प्रस्तुतीका रुपमा रहेको महोत्सवलाई अस्ट्रेलियन फेडरेल गभरमेन्ट, सीटी अफ होर्वाट काउन्सिल र मल्टीकल्चर तास्मानियाले समेत सहयोग गरेको कुरा उपसंयोजक अधिकारीले सुनाए । महोत्सवमा नेपाली कलाकारहरु कन्दरा ब्यान्ड, समिक्षा अधिकारी, उदेश श्रेष्ठ र युवराज चौलागाइ लगायतको प्रस्तुती रहनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २९ गते, २०८२ - १९:१४
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले बुद्धका शिक्षामध्ये अहिंसा र शान्ति अहिले पनि उत्तिकै सान्दर्भि...
बैशाख २९ गते, २०८२ - १९:१०
नयाँ दिल्ली । भारतको मध्यक्षेत्रमा अवस्थित छत्तीसगढ राज्यमा बस र ट्रक एकापसमा ठोक्किँदा नौ महिला, एक शिशुसहित कम्तीमा १३ जनाको मृत्यु भएको छ । घटनामा...
बैशाख २९ गते, २०८२ - १९:०३
कैलाली । कैलालीमा चार्जिङमा राखेको विद्युतीय स्कुटरमा आगलागी भएको छ । धनगढीको शुक्ला पुस्तकका सञ्चालक दीपक शुक्लाको विद्युतीय स्कुटरमा आज आगलागी भएको ...
बैशाख २९ गते, २०८२ - १९:००
रुकुमपश्चिम । रुकुमपश्चिमको सानीभेरी गाउँपालिका –१० तिमीलेमा स्कार्पियो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सोमबार दिउँसो दाङबाट कुलपूजा गर्न रुक...
बैशाख २९ गते, २०८२ - १८:५५
सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकारले नीति तथा कार्यक्रममा कर्णाली प्रदेश माथि देखाएको व्यवहारप्रति असन...
बैशाख २९ गते, २०८२ - १८:४८
धुलिखेल । दुई हजार ५६९ औँ बुद्धजयन्तीको अवसरमा आज काभ्रेपलान्चोकको पनौतीदेखि नमोबुद्ध स्तूपासम्मको शान्ति पदयात्रा गरिएको छ । ‘काभ्रेपलान्चोकका लागि क...
बैशाख २९ गते, २०८२ - १८:४४
चितवन । चितवनको चौकीडाडमामा सुरु गरिएको ‘प्याराग्लाइडिङ स्टेसन’सम्म पुग्ने सडकबाटो बिग्रिएपछि चालुअवस्थामा रहेको ‘प्याराग्लाइडिङ’ बन्द भएको छ । चितवन...
बैशाख २९ गते, २०८२ - १८:३८
काठमाडौं । बङ्गलादेश सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले जलविद्युत्का क्षेत्रमा सहकार्य आवश्यक भएको बताएका छन् । बङ्गलादेशमा रहेकी प्रतिनिधिस...
बैशाख २९ गते, २०८२ - १८:२५
काठमाडाैं । किराँत समुदायको प्रमुख चाड साकेला (उँभौली) आजदेखि औपचारिक रूपमा सुरुवात भएको छ । तीन चुल्हा तथा भूमिको पूजा गर्दै ‘खेतीपाती सप्रियोस्, रोग...
बैशाख २९ गते, २०८२ - १८:१८
कैलाली । नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल)को सुदूरपश्चिम प्रदेश सम्मेलन धनगढीमा हुने भएको छ । यही ३० र ३१ वैशाखम...
प्रतिकृया लेख्नुहोस्: