Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

वन क्षेत्र उत्पादनशील वनमा रुपान्तरण भइरहेको छ

खबरडबली संवाददाता

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन क्षेत्रलाई उत्पादनशील वनमा रुपान्तरण गर्न दिगो वन व्यवस्थापनका क्रियाकलाप सञ्चालन गरिएको बताएका छन् । 

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले राखेकाे मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिँदै उनले वन डढेलो व्यवस्थापनका लागि नेपाली सेनाको सहयोग र समन्वयमा सशस्त्र वन रक्षक एवम् स्थानीय समुदायसमेत परिचालन गरी वन डढेलो नियन्त्रण भइरहेको जानकारी दिए । 

मन्त्री ठकुरीले वन तथा वातावरणक्षेत्रसँग सम्बन्धित क्रियाकलापमार्फत चालु आर्थिक वर्षमा ४० हजार जनालाई रोजगारी सिर्जना हुने र त्यसबाट युवाशक्ति विदेश पलायन कम गर्न सहयोग मिल्ने अनुमान गरिएको पनि बताए । 

“राष्ट्रपति चुरे संरक्षण कार्यक्रम, जलवायु उत्थानशील चुरे कार्यक्रम, जलाधारमा आधारित जलवायु उत्थानशील जीविकोपार्जन आयोजना, गण्डकी जलाधार जलवायु उत्थानशील आयोजनालमार्फत भिरालो जग्गामा बहुवर्षीय (फलफूल) खेती, निजी जग्गामा कृषि वन प्रवद्र्धन, फलफूलका बिरुवा रोपण गरी फलफूलखेती विस्तार गरी कृषि उत्पादन तथा फलफूल खेती प्रवद्र्धन गर्ने तथा खाली जग्गामा बाँस,अम्रिसो,अन्य बिरुवा रोपण तथा व्यवस्थापन गरी मौजुदा बाँझो जग्गालाई उत्पादनसँग जोड्ने कार्यक्रम छ”, उनले भने । 

मन्त्री ठकुरीले जलवायु परिवर्तनसमेतका कारणले निम्त्याउने प्राकृतिक विपद् जोखिम न्यूनीकरणका लागि नदी तथा खोला किनारा स्थिरीकरण, व्यस्थापन, गल्छी/पहिरो/खहरे रोकथाम, क्षतिग्रस्त भूमिमा तारबारसहित वृक्षरोपण गरी जग्गा पुनःस्थापन, तटबन्ध निर्माणलगायतका कार्यक्रम कार्यान्वयनको चरणमा रहेको पनि बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending