गाजा । बुधबार मध्यरातदेखि प्यालेस्टिनी भूभागमा भएको इजरायली हवाई आक्रमणमा परी कम्तीमा १३ जना सर्वसाधारणको मृत्यु भएको गाजाको नागरिक सुरक्षा निकायले जनाएको छ ।
निकायका प्रवक्ता महमुद बासलले एएफपीसँग भने, “इजरायलले बुधबार ‘धेरै हवाई आक्रमण’ गरेको छ । आक्रमणका कारण खान युनेस र गाजा शहरमा १३ जनाको मृत्यु हुनुका साथै महिला र बालबालिकासहित दर्जनौं घाइते भएका छन् ।”
गत जनवरी १९ मा प्यालेस्टिनी लडाकु हमास र प्यालेस्टनी लडाकू हमासबीच भएको युद्धविरामपछि इजरायलले गाजा पट्टीमा मङ्गलबार र बुधबार सबैभन्दा धेरै आक्रमण गरेको छ । युद्धविराम लम्ब्याउने विषयमा भएको वार्ता विफल भएपछि भएको हवाइ आक्रमणमा ४०० भन्दा बढी व्यक्तिको मृत्यु भएको हमासद्वारा सञ्चालित गाजा क्षेत्रको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले मङ्गलबार राति चेतावनी दिँदै आक्रमण ‘सुरुवात मात्र भएको’ र भविष्यमा हमाससँगको वार्ता ‘युद्ध कै बीचमा मात्र हुने’ चेतावनी दिएका छन् । “हमासले विगत २४ घण्टामा हाम्रो हाम्रो शक्ति महसुस गरिसकेको छ र म तपाईंहरूलाई वचन दिन चाहन्छु यो केवल सुरुवात मात्र हो,” उनले एक भिडियो वक्तव्यमा भने ।
नेतन्याहूको कार्यालयले बुधबार बिहानै इजरायली सरकारले अति दक्षिणपन्थी राजनीतिज्ञ इतामार बेन गिभरलाई राष्ट्रिय सुरक्षा मन्त्रीमा पुनः नियुक्त गर्ने उनको प्रस्तावलाई सर्वसम्मतिले अनुमोदन गरेको जनाएको छ ।
बेन गिभरले जनवरी १९ मा भएको युद्धविराम सम्झौताको विरोधमा राजीनामा दिएका थिए । यसलाई उनको यहूदी शक्ति पार्टीले ‘हमाससँगको आत्मसमर्पण’ भनेको थियो ।
इजरायलले सन् २०२३ को अक्टोबरमा इजरायलमाथि भएको आक्रमणका क्रममा प्यालेस्टाइनी लडाकूले कब्जामा लिएका सबै बन्धकलाई फिर्ता नगरेसम्म लडाइँ जारी राख्ने प्रतिबद्धता जनाएको छ ।
हमासले अहिलेसम्म सैन्य प्रतिक्रिया जनाएको छैन, तर एक वक्तव्यजारी गर्दै उसले मित्र राष्ट्रहरूलाई आफ्नो सहयोगी इजरायलको आक्रमण अन्त्य गर्न संयुक्त राज्य अमेरिकालाई ‘दबाब’ दिन आग्रह गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: