Ntc summer Offer
Khabar Dabali ६ चैत्र २०८१ बिहीबार | 20th March, 2025 Thu
Investment bank

इजरायली आक्रमणमा परी गाजामा १३ सर्वसाधारणको मृत्यु

खबरडबली संवाददाता

गाजा । बुधबार मध्यरातदेखि प्यालेस्टिनी भूभागमा भएको इजरायली हवाई आक्रमणमा परी कम्तीमा १३ जना सर्वसाधारणको मृत्यु भएको गाजाको नागरिक सुरक्षा निकायले जनाएको छ ।

निकायका प्रवक्ता महमुद बासलले एएफपीसँग भने, “इजरायलले बुधबार ‘धेरै हवाई आक्रमण’ गरेको छ । आक्रमणका कारण खान युनेस र गाजा शहरमा १३ जनाको मृत्यु हुनुका साथै महिला र बालबालिकासहित दर्जनौं घाइते भएका छन् ।”

गत जनवरी १९ मा प्यालेस्टिनी लडाकु हमास र प्यालेस्टनी लडाकू हमासबीच भएको युद्धविरामपछि इजरायलले गाजा पट्टीमा मङ्गलबार र बुधबार सबैभन्दा धेरै आक्रमण गरेको छ । युद्धविराम लम्ब्याउने विषयमा भएको वार्ता विफल भएपछि भएको हवाइ आक्रमणमा ४०० भन्दा बढी व्यक्तिको मृत्यु भएको हमासद्वारा सञ्चालित गाजा क्षेत्रको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले मङ्गलबार राति चेतावनी दिँदै आक्रमण ‘सुरुवात मात्र भएको’ र भविष्यमा हमाससँगको वार्ता ‘युद्ध कै बीचमा मात्र हुने’ चेतावनी दिएका छन् । “हमासले विगत २४ घण्टामा हाम्रो हाम्रो शक्ति महसुस गरिसकेको छ र म तपाईंहरूलाई वचन दिन चाहन्छु यो केवल सुरुवात मात्र हो,” उनले एक भिडियो वक्तव्यमा भने ।

नेतन्याहूको कार्यालयले बुधबार बिहानै इजरायली सरकारले अति दक्षिणपन्थी राजनीतिज्ञ इतामार बेन गिभरलाई राष्ट्रिय सुरक्षा मन्त्रीमा पुनः नियुक्त गर्ने उनको प्रस्तावलाई सर्वसम्मतिले अनुमोदन गरेको जनाएको छ ।

बेन गिभरले जनवरी १९ मा भएको युद्धविराम सम्झौताको विरोधमा राजीनामा दिएका थिए । यसलाई उनको यहूदी शक्ति पार्टीले ‘हमाससँगको आत्मसमर्पण’ भनेको थियो ।
इजरायलले सन् २०२३ को अक्टोबरमा इजरायलमाथि भएको आक्रमणका क्रममा प्यालेस्टाइनी लडाकूले कब्जामा लिएका सबै बन्धकलाई फिर्ता नगरेसम्म लडाइँ जारी राख्ने प्रतिबद्धता जनाएको छ ।

हमासले अहिलेसम्म सैन्य प्रतिक्रिया जनाएको छैन, तर एक वक्तव्यजारी गर्दै उसले मित्र राष्ट्रहरूलाई आफ्नो सहयोगी इजरायलको आक्रमण अन्त्य गर्न संयुक्त राज्य अमेरिकालाई ‘दबाब’ दिन आग्रह गरेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भारतीय सेनासँगको झडपमा २२ नक्सलवादी विद्रोही मारिए, एक सैनिकको मृत्यु

भारत । लामो समयदेखि चलेको विद्रोहलाई दबाउन सरकारले सुरक्षा कारबाही तीव्र पारेपछिको सबैभन्दा घातक झडपमा बिहीबार मध्य भारतको जङ्गलमा कम्तीमा २२ जना माओव...

रूस र युक्रेनबीच ३५० बन्दीको आदानप्रदान

युएई । संयुक्त अरब इमिरेट्स (युएई) ले रुस र युक्रेनबीच युद्धबन्दीहरूको नयाँ आदानप्रदानमा मध्यस्थता प्रयासको सफलताको घोषणा गरेको छ ।  पछिल्लो सहमति ...

दुई ठाउँमा कुकर पड्किँदा दुईजना घाइते

काठमाडाैं । काठमाडौंका फरक–फरक दुई ठाउँमा कुकर पड्किँदा दुईजना घाइते भएका छन्। घाइते हुनेमा नुवाकोटको विदुर नगरपालिका–९ का २३ वर्षीय विशाल तामाङ र सिन...

सरकारको गलत क्रियाकलापले प्रतिगामीले टाउको उठाए: प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचनमा एक्लै चुनाव जित्ने आधार बलियो बन्दै गएको बताएका छन् । जनतास...

प्रहरीको नियन्त्रणमा रहेका नो केबलकार समूहका १८ जना रिहा

ताप्लेजुङ । ताप्लेजुङ प्रहरीको नियन्त्रणमा रहेका नो केबलकार समूहका अठार जना धरौटीमा रिहा भएका छन् । केबलकारविरुद्धको आन्दोलनका क्रममा पक्राउ परेकाहरुल...

एमालेले गणतन्त्रको पक्षमा देशभर अभियान चलाउने

काठमाडौं । नेकपा (एमाले) ले मुलुकमा हाल भइरहेको प्रतिगामी हर्कतविरूद्ध जनतालाई सचेत पार्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न देश...

रुपन्देही नेकपा एकीकृत समाजवादीकाे अधिवेशन चैत ९ र १० गते

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) रुपन्देहीको  यही चैत ९ र १० गते हुने १०औँ जिल्ला अधिवेशनको तयारी पूरा भएको छ । पार्टी जिल्ला कमिटीले बिहीबार बुटवल...

विपिन जोशीको सुरक्षित रिहाइका लागि टर्कीका राष्ट्रपतिसँग फोन वार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र टर्कीका राष्ट्रपति रेकेप तय्यिप इर्डोगनसँग  टेलिफोन संवाद गरेका छन् । राष्ट्रपति इर्डोगनसँग् उनले ह...

एसइईमा चिट चोराउने २६ कर्मचारीलाई कारबाही

सप्तरी । एसइई परीक्षामा सुनियोजित ढंगले चिट चोरी गराएको भन्दै सप्तरीमा २६ जना कर्मचारीलाई कारबाही गरिएको छ । दुई परीक्षा केन्द्रका २६ जना कर्मचारीलाई ...

खोटाङका वनमा भेटियो दुर्लभ रेडपाण्डा

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– १० पाथेकाका सामुदायिक वन क्षेत्रमा विश्वमा दुर्लभ मानिएको रेडपाण्डा भेटिएका छन् । रेडपाण्डाको फोटो तथा भिड...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy