Ntc summer Offer
Khabar Dabali ९ चैत्र २०८१ शनिबार | 22nd March, 2025 Sat
Investment bank

३६ वर्षपछि सिङ्गापुरसँग नेपालको परिक्षा

खबरडबली संवाददाता

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले शुक्रबार सिङ्गापुरसँग खेल्दैछ । दुई साता तयारी गरेर सिङ्गापुर पुगेको नेपाली टोलीले एएफसी एसिएन कप–२०२७ छनोट खेलको तयारीका लागि सिङ्गापुरसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

एएफसी एसिएन कप–२०२७ छनोटअन्तर्गत नेपालले मलेसियासँग मार्च २५ तारिख खेल्नेछ । नेपालले सिङ्गापुरसँग ३६ वर्षपछि अन्तर्राष्ट्रिय फुटबल खेल्न लागेको हो । नेपाल र सिङ्गापुरबिचको खेल नेपाली समयअनुसार साँझ ६:१५ बजे हुनेछ । नेपाली टोलीका अष्ट्रेलियन प्रशिक्षक म्याट रोसका लागि पनि यो पहिलो खेल हो । प्रशिक्षक रोसले सिङ्गापुर जानुअघि नेपालले नतिजामा भन्दा आफ्नो प्रदर्शनमा सुधार गर्ने बताए । 

सिङ्गापुरसँग लामो समयपछि खेल्न लागेको नेपालका लागि शुक्रबारको खेल बास्तविक परिक्षा हुनेछ । यसअघि यी दुई टोलीबिच सन् १९८९ मा फिफा विश्वकप छनोट खेलमा भिडन्त भएको थियो । त्यतिवेला नेपाल दुवै खेलमा पराजित भएको थियो । फिफा वरीयतामा समेत सिङ्गापुर नेपालभन्दा माथि छ । सिङ्गापुर एक सय ६०औँ र नेपाल एक सय ७५औँ स्थानमा छ । त्यसैले नेपाल सिङ्गापुरसँग उत्कृष्ट प्रदर्शन गर्दै मलेसियासँगको खेललाई आत्मविश्वास भर्ने तयारीमा छ ।

प्रशिक्षक रोसले सिङ्गापुर जानुअघि २३ सदस्यीय खेलाडी टोलीको घोषणा गरेका थिए । 

नेपाली टोली  
गोलरक्षक :  किरणकुमार लिम्बू, दीप कार्की र अन्जल श्रेष्ठ
रक्षक : अनन्त तामाङ, विमल पाण्डे, सनिश श्रेष्ठ, रणदीप पौडेल, सुमित श्रेष्ठ, अभिषेक लिम्बू र सुमन श्रेष्ठ
मिडफिल्डर :  रोहित चन्द, लाकेन लिम्बू, रोहन कार्की, मणि लामा, भरत खवास, एरिक विष्ट, मनिष डाँगी र कृतिशरत्न छिन्जु
स्ट्राइकर : जिलेस्पीजंग कार्की, अन्जन विष्ट, सुवास बम ठकुरी र रेजिन सुब्बा

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अरनिको राजमार्ग : धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति कार्य अन्योलमा

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति कार्य अन्योलमा परेको छ । चार किलोमिटर सडक तोकिएको समयमा...

साइकल दौडमा निमा सेर्पा पहिलो

झापा । वढ्दो सवारी दुर्घटना र वायु प्रदुषर्णलाई रोक्न सुरुङ्गा सहकार्य युवा क्लबले शनिबार आयोजना गरेको साइकल दौडमा निमा सेर्पा पहिलो भएका छन् ।  १५...

देश र संसार बुझ्न कविता प्रभावशाली माध्यम होस् : पूर्व राष्ट्रपति भण्डारी

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले समाज विकासमा भाषा, कला र साहित्यको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्दै यसको संरक्षण एवं प्रवर्द्धनका ...

दाेलखाकाे उच्च भेगमा हिमपात

दाेलखा । दोलखाको कालिञ्चोक र कुरी उपत्यकासहित माथिल्लो भेगमा शनिबार वर्षातसहित हिमपात भएको छ । कालिञ्चोक, कुरीलगायत उच्च भेगमा दिउँसोदेखि हिमपात भएको ...

पत्रकारलाई उचित पारिश्रमिक नदिएसम्म पत्रकारिता गुणस्तरीय हुँदैन: अध्यक्ष खड्का

कपिलवस्तु । न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगीता खड्काले पत्रकारिता पेशालाई व्यवस्थित बनाएर अगाडि लैजानु पर्ने बताएकी छिन् । कपिलवस्तुको...

देशलाई अस्थिरतातर्फ धकेल्ने षडयन्त्र भइरहेको छः महासचिव गुरुङ

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देव गुरुङले देशलाई अस्थिरतातर्फ धकेल्ने षडयन्त्र भइरहेको बताएका छन् । तमु मुक्तिमोर्चा ...

सबै मिलेर हिमनदी संरक्षण गर्नु जरुरीः मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले जलवायु परिवर्तनले हिमनदीका साथै मौसममा प्रतिकूल असर गरी खानेपानी, कृषि, जल विद्युतलगायत क्षेत्र पनि प्रभावित ...

सरकारले देशलाई आर्थिक भार थपिने कुनै काम गर्दैन : मन्त्री पौडेल

बाँके । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पूर्व विशिष्ट पदाधिकारीको सेवा सुविधा बढाउने गरी सरकारले काम नगर्ने बताएका छन् ।  नेपाली कांग...

संखुवासभाकाे सिद्धानेखर्कमा चट्याङ लागेर ४० भेडा मरे

संखुवासभा । यहाँको मकालु गाउँपालिका–३ सिद्धानेखर्कमा चट्याङ लागेर ४० भेडा मरेका छन् ।  शुक्रबार राति मकालु–३ सिम्माका टेकबहादुर मेघीको भेडीगोठमा चट...

मुलुकको परिस्थिति अत्यन्तै जटिल अवस्थामा छ: महरा

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले मुलुकको परिस्थिति अत्यन्तै जटिल अवस्थामा पुगेको बताएका छन् । शनिबार दाङ–काठमाडौं सम...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy